Advertisement

शुक्लाफाँटा घुम्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि

Advertisement

धनगढी – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुमघाम गर्ने आन्तरिक पर्यटकको सङ्ख्यामा बृद्धि भएको छ । चाडपर्वको अवसर पारेर आन्तरिक पर्यटक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिरहेकाले अवलोकन गर्नेको सङ्ख्यामा बढोत्तरी भएको हो ।

आन्तरिक पर्यटकमा पनि सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशकै व्यक्ति रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । विगत वर्षको तुलनामा यो बेला शुक्लाफाँटा घुमघाम गर्ने पर्यटकको बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए ।

उनले दैनिक सय, डेढ सयको हाराहारीमा पर्यटकले निकुञ्ज अवलोकन गरिरहेको उल्लेख गर्नुभयो । “अरु बेलाको तुलनामा अहिले शुक्लाफाँटा घुम्न आउने पर्यटकको भिडभाड छ” ऐरले भन्नुभयो, “जसमा ९० देखि ९५ प्रतिशत आन्तरिक र थोरै बाह्य पर्यटक रहेका छन् ।”

चाडपर्वको बेला पारिवारिक घुमघाम र विद्यार्थीको भ्रमण गन्तव्य शुक्लाफाँटा बनेको जनाइएको छ । शुक्लाफाँटाको फाँटमा रहेको बाटोमा हिलोका कारण गाडी गुड्न नसकेको बेला मात्रै निकुञ्जभित्र पर्यटक जाने गरेका छैनन् । निकुञ्ज प्रवेश भने सधैं खुल्ला रहनेगरेको सूचना अधिकारी ऐरले बताए।

यो निकुञ्ज बाह्रासिंगाको ठूलो झुन्ड, पाटेबाघ, कृष्णासार, एकसिंगे गैडा लगायतका वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध रहेको छ । यसैगरी, चरा अवलोकनका लागि मात्रै कतिपय विदेशी र भारतीय पर्यटक पनि आउनेगरेका छन् ।

गत आर्थिक वर्ष २०७९–८० मा तीन हजार ६७ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३२ सार्क राष्ट्रका, ११८ विदेशी र दुई हजार ८१७ आन्तरिक पर्यटक रहेका थिए । यसअघि, आर्थिक वर्ष २०७८–७९ मा दुई हजार ७२९ जना पर्यटकले शुक्लाफाँटाको अवलोकन गरेका थिए ।

चाडपर्वको बेला शुक्लाफाँटा घुम्ने पर्यटककोे सङ्ख्यामा बढोत्तरी भएपछि त्यहाँ काम गर्ने नेचर गाईडहरुको पनि व्यस्तता बढेको छ । चाडपर्वको बेला शुक्लाफाँटा घुम्नेहरु बढेको उल्लेख गर्नुहुँदै नेचर गाईड विष्णुप्रसाद पनेरुले पर्यटक आएपछि ठीकठीकै आम्दानी भइरहेको बताए ।

“अहिले बोर्डरमा समस्याले गर्दा विदेशी पर्यटक भने आउन चाहेर पनि आउन पाइहरहेका छैनन्” उनले भने । नेपाल–भारत गड्डाचौकी सीमा नाकामा भारतले विदेशी पर्यटकको आउजाउमा रोक लगाएको जनाइएको छ । भारतीयलाई आउजाउ गर्न कुनै समस्या नरहे पनि विदेशीलाई भने भारतले रोकिरहेको निकुञ्जका सूचना अधिकारी ऐरले बताए ।

– गोरखापत्रबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज