धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु गएकाे भूकम्प पीडितलाई एक करोड राहत उपलब्ध गराउने निर्णय गरेकाे छ ।यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीकाे टाेली पठाउने निर्णय पनि गरेकाे हो।
सामाजिक विकासमन्त्री झपटबहादुर साउदले शनिबार बिहान बसेकाे मन्त्रीपरिषद्काे आकस्मिक बैठकले भूकम्प पीडितका लागि राहत स्वरूप एक कराेड रूपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे जानकारी दिए ।

मन्त्री साउदका अनुसार स्वास्थ सामाग्रीसहित २० जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित क्षेत्रमा पठाइने छ । प्रदेश सरकारले भूकम्पमा परेर ज्यान गुमाउनेहरूप्रती श्रद्धाञ्जली व्यक्त गरेकाे छ भने घाइतेहरूकाे सिघ्र स्वास्थ लाभकाे कामना गरेकाे छ ।

