Advertisement

राहतको पर्खाइमा भूकम्प पीडित

Advertisement

धनगढी – जाजरकोटमा भूकम्पपछि घरबासविहीन भएका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्न कुरिरहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितले पाउन सकेका छैनन् । कसैले एउटा त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई/दुई पटकसम्म दिएको पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले गुनासो गर्नुभएको छ ।

चिसो बढ्न थालेको छ । त्रिपालविना खुला चौरमा बसिरहेका पीडितलाई रुघाखोकी र ज्वरोले सताउन थालेको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताउनुभयो ।

प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरेको र आफूहरु थप पीडित भएको प्रभावितको गुनासो छ । भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ ।

आज बिहान परेको पानीले प्रभावितलाई थप समस्या भएको छ । भूकम्पले चिराचिरा पारेको घर ठूलो पानी परे भत्कने चिन्ता पनि थपिएको छ । गएको शुक्रवार राति जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गृह मन्त्रालय अन्तर्गतकाे राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रका अनुसार भूकम्पले जाजरकोट, रुकुमपश्चिमसहित १३ वटा जिल्लामा २६ हजार ५ सय ५७ घरमा पूर्णरुपमा र ३५ हजार ४ सय ५५ घरमा आंशिकरुपमा क्षति पुगेको छ । सरकारले तिहार लगत्तै भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम थाल्ने तयारी गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज