बर्दगोरियाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई
तपेन्द्र ढुङ्गाना, बर्दगोरिया - बर्दगोरिया गाउँपालिकाका सेवा निवृत्त भएका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्कीको बिदाई गरिएको छ ।
आईतवार गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र उपाध्यक्ष गणेश राज गिरिले मायाको चिनो र दोसल्ला ओढाएर प्रमुख प्रशासकीय अधिकृत कार्कीको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत कार्कीको कार्यकालको प्रसंशा गरेका छन् ।
उनले आगामी दिनमा सल्लाह सुझाव सहित सहयोग जारी राख्न आग्रह गर्दै करिब ५ बर्ष ७ महिना प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा कार्कीको महत्वपूर्ण भूमिका रहेको बताए ।
सेवा निवृत्त प्रमुख प्रशासकीय अधिकृत कार्कीले आगामी दिनमा पालिकालाई अझ विकासका दृष्टिकोणले नमूना भएको हेर्ने चाहना रहेको बताएका छन् ।
कार्क...



