Advertisement

समाचार

दार्चुलामा चितुवा मृत फेला

समाचार
दार्चुला - दार्चुलामा चितुवा मृत अवस्थामा फेला परको छ। मालिकार्जुन गाउँपालिका-५ डाडाकोट स्थित घट्टेगाड खोला किनारमा शुक्रवार चितुवा मृत अवस्थामा फेला परेको हो।  अस्थायी प्रहरी पोष्ट डाडाकोट दार्चुलाबाट खटिएको प्रहरी टोलीले मृत चितुवालाई महाकाली सव डिभिजन वन कार्यालय जोलजिबिको जिम्मा लगाएको छ। ...

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार
कञ्चनपुर - कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।  बेलडाँडी गाउँपालिका-१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलिसमेत दुई जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ।  उनीहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थानसहित दुबै जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। ...

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

समाचार
बझाङ - बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो। शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्।  उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  ...

धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने

समाचार
धनगढी — सुदुरपश्चिममा क्रिकेटको सहर भनेर पहिचान बनाउँदै गएको धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।   धनगढी उपमहानगरपालिकासंगको साझेदारीमा ‘गो ड्रिमर्स‘ ले उप महानगरपालिका क्षेत्रमा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रम सञ्चालनका लागि शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे । दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी- १२ स्थित सिद्धनाथ मावि, जुगेडा र धनगढी- १८ स्थित चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम सञ्चालन हुने भएको छ । हस्ताक्षर कार्यक्रममा नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि महत्वपूर्ण हुने विश्व...

राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र

समाचार
काठमाडौँ - निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्र छपाइ गरी सातै प्रदेशका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेको छ । सो निर्वाचनका लागि ३८ प्रकारका कूल छ हजार नौ सय १० मतपत्र छपाइ गरी पठाइएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ । यसअनुसार प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन् । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार प्रदेशगतरुपमा र...

कञ्चनपुरबाट एक लाख बढीको तस्करीको सामान जफत

समाचार
कञ्चनपुर - कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ। भीमदत्त नगरपालिका–६ ऐठपुरबाट तस्करी गरी ल्याइएका अन्दाजी १ लाख २९ हजार २ सय मुल्य बराबरका साईकलका ट्युव, बाल्टी, पाईप, मोबिल,पलाष्टिक डोरी, सुट, कपडा बेवारिस अवस्थामा फेला पारी प्रहरीले जफत गरेको हो। नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।...

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरू

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ ।  सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि शुरु भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बसेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका छन् । पहिलो र दोस्रो अधिवेशनमा प्रदेशसभालाई विजनेश दिन नसकेको सुदूरपश्चिम प्रदेश सरकारले हिउँदे अधिवेशनको पहिलो बैठकमा समेत कुनै विद्येयक सभामा दर्ता गरेको छैन । प्रदेशसभा सचिवालयले सरकारले कुनै विद्येयक दर्ता नगरेका कारण पहिलो बैठकमा शुभकामना आदानप्रदान मात्रै भएको जनाएको छ । शुभकामना आदानप्रदानपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभाको बैठक माघ ९ गते बस्नेगरि स्थगित गरेका छन् ।...

भजनी र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा

समाचार
धनगढी - कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ ।  चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् ।  भजनी नगरपालिकाको कार्यपालिका बैठकले माघ ५ देखि ८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको हो । यस्तै, जोशीपुर गाउँपालिकाले माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो बिदा दिएको छ ।  सो पालिकाको आज बसेको कार्यपालिका बैठकले जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले जाडो बिदा दिने निर्णय गरेको छ ।...

बाजुराबाट दुई गर्भवतीको हेलिकोप्टरबाट उद्धार

समाचार
बाजुरा  - बाजुराबाट दुई गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रबार बुढीनन्दा नगरपालिका–१ जमसालकी २९ वर्षीया सम्झना खत्री र पिपलडालीकी २५ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरिएको हो।  राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टरमा दुबै महिलालाई सुर्खेत पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। उनीहरुको अवस्था गम्भीर रहेको र अप्रेसन गर्नुपर्ने देखिएको स्वास्थ्य संयोजक ओमजंग शाहीले बताए। जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने यन्त्र बिग्रेको, यन्त्र बनाउने मान्छे बाटोमा रहेको र शनिबार साझँसम्म बनाई सकिने अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए।...

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

समाचार
बाजुरा - जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ। प्रहरीका अनुसार शुक्रबार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी शिलगढी नगरपालिका–६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको हो।  उक्त गाडी डडेल्धुराको अजयमेरू गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए। गाडीमा उनी मात्रै रहेकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताए।  गाडीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ। घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कांग्रेसले पार्टी स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने

समाचार
काठमाडौं - नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने भएको छ । पार्टी स्थापनाको दिन माघ १२ सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पार्टी स्थापनाको दिवस लगत्तै कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्नेछ । १३ माघमा ७७ जिल्लामा केन्द्रीय तहका नेताहरु प्रतिनिधिका रुपमा खटिने भएका छन् । प्रतिनिधिका रुपमा खटिएका नेताले तिन दिनसम्म आन्तरिक पार्टी संगठन सुदुढीकरणका लागि कार्य गर्नेछन् । सहिद दिवसका अवसरमा १६ माघमा सबै वडामा कार्यक्रम गरिने मुख्य सचिव पौडेलले जानकारी गराए । माघ १६ पछि समुदायमा कांग्रेस अन्तर्गतको अभियान प्रारम्भ हुने भएको छ । समुदायमा कांग्रेसका लागि केन्द्रीय प्रतिनिधिको साथै प्रत्येक प्रदेशमा ...

आशुतोष र ईशानको उत्कृष्ट प्रदर्शनमा बागमतीको तेस्रो जित

समाचार
काठमाडौं - ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ । यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ । जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे । कप्तान अंकित सुवेदीले ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रन बनाए । ओपनर सोनु अन्सारी र अंकित सुवेदीले पहिलो विकेटका लागि ११.५ ओभरमा ४५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । सोनु प्रतीक श्रेष्ठको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट २१ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा मिनाश थापा शून्यमा रन आउट भए । तेस्रो विकेटका लागि अंकित र सुजनले ६९ रनको साझेदारी गर्दै जितको झिनो आशा ज...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज