Advertisement

कांग्रेसले पार्टी स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने

Advertisement

काठमाडौं – नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने भएको छ ।

पार्टी स्थापनाको दिन माघ १२ सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

पार्टी स्थापनाको दिवस लगत्तै कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गर्नेछ । १३ माघमा ७७ जिल्लामा केन्द्रीय तहका नेताहरु प्रतिनिधिका रुपमा खटिने भएका छन् । प्रतिनिधिका रुपमा खटिएका नेताले तिन दिनसम्म आन्तरिक पार्टी संगठन सुदुढीकरणका लागि कार्य गर्नेछन् ।

सहिद दिवसका अवसरमा १६ माघमा सबै वडामा कार्यक्रम गरिने मुख्य सचिव पौडेलले जानकारी गराए । माघ १६ पछि समुदायमा कांग्रेस अन्तर्गतको अभियान प्रारम्भ हुने भएको छ । समुदायमा कांग्रेसका लागि केन्द्रीय प्रतिनिधिको साथै प्रत्येक प्रदेशमा शीर्ष तहका नेताहरु पार्टीले खटाउने भएको छ ।

केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारीलाई प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने पौडेलले जानकारी गराए । समुदायमा कांग्रेस अभियान २६ माघ सम्म चल्नेछ ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ । हाल उहाँ विगत ४ वर्ष देखि कामना टेलिभिजन तथा कामनाटुडे अन्लाईन पत्रीकाको अध्यक्षको रुपमा हुनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम नि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । य...
एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउदको परिवारलाइ मृत्यु दाबि रकम भुक्तानि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उप...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेस कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा कम्पनि द्वारा मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज