
धनगढी – कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका विद्यालयमा जाडो बिदा दिइएको छ ।
चिसोका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्य समस्या देखा पर्न थालेपछि पालिकाहरुले कार्यपालिकाको बैठकबाट निर्णय गरेर विद्यालयमा बिदा दिएका हुन् ।
भजनी नगरपालिकाको कार्यपालिका बैठकले माघ ५ देखि ८ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको हो । यस्तै, जोशीपुर गाउँपालिकाले माघ ७ देखि ९ गतेसम्म तीन दिन विद्यालयमा जाडो बिदा दिएको छ ।
सो पालिकाको आज बसेको कार्यपालिका बैठकले जाडोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले जाडो बिदा दिने निर्णय गरेको छ ।