Advertisement
Wednesday, July 9

आशुतोष र ईशानको उत्कृष्ट प्रदर्शनमा बागमतीको तेस्रो जित

Advertisement

काठमाडौं – ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।

यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ ।

जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे ।

कप्तान अंकित सुवेदीले ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रन बनाए । ओपनर सोनु अन्सारी र अंकित सुवेदीले पहिलो विकेटका लागि ११.५ ओभरमा ४५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

सोनु प्रतीक श्रेष्ठको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट २१ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा मिनाश थापा शून्यमा रन आउट भए ।

तेस्रो विकेटका लागि अंकित र सुजनले ६९ रनको साझेदारी गर्दै जितको झिनो आशा जगाएका थिए । त्यसपछि बागमतीका पार्टटाइम स्पिनर ईशान पाण्डेले उत्कृष्ट बलिङका साथ टोलीको जित पक्का गराए ।

अंकित २५ औं ओभरको तेस्रो बलमा ईशानलाई कभरमा सर्ट खेल्ने धुनमा प्रतिश जिसीबाट क्याच आउट भए ।

फिर्दोस अन्सारी ईशानको बलमा ५ रनमा कट एन्ड बोल्ड आउट भए । भुपाल लुईंटेल खराब रणनीति अपनाउँदै अघि बढेर सट खेल्ने धुनमा ३ रनमा स्टम्पिङ आउट भए ।

स्पिनर सूर्य तामाङले पुलिसविरुद्धका शतकधारी सुजनलाई बोल्ड गरेपछि कोशीको जितको आशा सकिएको थियो ।

आशिष भट्टराई ३८ बलमा ३ चौकासहित ३२ रनमा नट आउट रहे । बागमतीको जितमा ईशान पाण्डेले ८ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिए । सूर्य तामाङले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भएको थियो । बागमतीको जितमा ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । त्यो जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ड्रिम शतक हानेका थिए । लेग स्पिनर हेमन्त राईलाई ३३ औं ओभरको पहिलो बलमा लङअफमा छक्का हान्ने धुनमा आशुतोष ११८ रनमा क्याच आउट भए ।

लङअफका फिल्डर कमल खत्रीले उत्कृष्ट ड्राइभ हान्दै एक सानदार क्याचका साथ उनको इनिङ अन्त्य गरे । ईशान ६ रनमा कमलको बलमा मिडअनमा भुपाल लुईंटेलबाट क्याच आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । रितले ६० बलमा ३ चौकासहित ४९ रन बनाए ।

विकेटकिपर रविन जोशी ४५ बलमा ३ चौका र १ छक्कासहित ४३, प्रतीक श्रेष्ठ १९ र अशोक पौडेल ५ रनमा आउट भए । ठूलो सट खेल्ने धुनमा तल्लोक्रमका ब्याटर सस्तैमा आउट भएका थिए । विपिन आचार्य र सूर्य तामाङले ९–९ रन बनाए ।

कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । हेमन्त राई र कमल खत्रीले २–२ विकेट लिए ।

फिर्दोस अन्सारीको नाममा १ विकेट रह्यो । बागमती सुरुवाती दुई खेलमा पुलिससँग ६८ रन र एपीएफसँग ८९ रनले पराजित भएको थियो । मधेशलाई ८६ रन र आर्मीलाई तीन विकेटले हराएको थियो । बागमतीले सोमबार मुलपानीमा कर्णालीसँग खेल्नेछ ।

कोशी यसअघि मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित गरेको थियो । कोशीले अब मुलपानीमा गण्डकीसँग खेल्नेछ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोशी पाँच खेलमा हारका साथ पुछारमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्दार

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी नदीमा अचानक आएको बाढीले टापुमा फसेका ६ जनाको सकुशल उद्दार गरिएको छ। इलाका प्र...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फ...
रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

रसुवा बाढी अपडेट : चिनियाँ नागरिकसहित १९ बेपत्ता, ९ को शव भेटियो

काठमाडौँ– रसुवामा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने १९ जना अझै बेपत्ता ...
मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : आज दिउँसो तीन र राति चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यू...
भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

भारी वर्षा नपरे पनि भोटेकोशीमा किन आयो बाढी

काठमाण्डाै– जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवाकाे नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा ...
इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

इन्जिनियर दीपक बोहराको लगनशीलता: विकट बस्तीमा विकासको उज्यालो

बझाङ, मष्टा — सुदूरपश्चिमको विकट बस्ती मष्टा गाउँपालिकामा विकासको उज्यालो फैलाउन इन्जिनियर दीपक बोहराको योगदान उल्लेखनीय बन्दै गए...
छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता

बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (व...
स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज