Advertisement

समाचार

सुन तोलामा ५ सयले बढ्यो

समाचार
काठमाडौं - शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य तोलाको १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ३ सय ९० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ३ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...

गायक तथा संगीतकार योगेश वैद्यको निधन

समाचार
काठमाडौं - गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन् । उनका नेपाल भाषाका गीत पनि लोकप्रिय छन् । उनको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले बतायो । वनस्पतीशास्त्रमा एमएससी गरेका वैद्यले ३३ वर्षसम्म सरकारी सेवामा बिताएका थिए । उनी २०६१ सालमा सहसचिव पदबाट सेवा निवृत्त भएका थिए । राष्ट्रिय गीत सम्मेलनमा प्रथम तथा छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्ट प्राप्त गरेका साहित्यकार वैद्यका विभिन्न कृति समेत प्रकाशित छन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।...

बाढी र भूकम्पले उठीवास बझाङको परिङाल

समाचार
बझाङ - फोनको ‘नेटवर्क’ले काम नगरेको एक साता भएको थियो । डरलाग्दो सपना देखेको हुँदा पारू गिरीलाई निन्द्रा लागेको थिएन ।  छोराबुहारीको हालखबर बुझ्न गाउँमा कसैसँग नेटवर्क चल्ने मोबाइल पनि थिएन । सातापछि बल्ल मौसम खुल्यो । नेटवर्क आयो र फोनमा कुरा भयो । सबैलाई सञ्चो भएको खबर सुनेपछि बल्ल पारुको मन शान्त भयो । उनी शनिबार यही पीडा वरिपरि बसेकालाई सुनाउँदै थिइन् । गत भदौको उनको पीडा सुनेर एकछिन माहोल नै चिसियो । सबै जना आश्चर्यचकित भावमा देखिए । “हाम्रा लागि परदेशिएकाहरूको कथा सुन्नु, सुनाउनु, टोलाउनु, आँसु चुहाउनु नियति नै हो । लेखान्तमा जे लेखियो, त्यहीँ भोग्नुपर्दो रहेछ,” उनले भनिन् । उनी दुई नातिसँगै छविसपाथीभेरा गाउँपालिका–१ परिङालमा रहेको आफ्नै घरमा बस्छिन् । नातिद्वय जीवन र सक्षम गाउँकै भैरव आधारभूत विद्यालयमा पढ्छन् । छोरा तथा बुहारी भारतको बैङलोरमा मजदुरी गरिरहेका छन् । उनीहरुले...

धनगढीमा खैरो हेरोइनसहित ५ जना पक्राउ

समाचार
धनगढी - धनगढीमाअ लागूऔषध खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका–७ देबरियाबाट ६ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका–६ बस्ने १८ वर्षीय राज चौधरी, पुनर्वास नगरपालिका–१ बस्ने २१ वर्षीय हरिलाल राना, ३२ वर्षीय कनैया राना, १९ वर्षीय अभिसेन राना र १८ वर्षीय अर्जुन राना रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालले जानकारी दिए । उनका अनुसार प्रदेश अपराध अनुसन्धान समूह (आरआईटी) का प्रहरी नायव निरीक्षक प्रकाशबहादुर कडायत, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी हबल्दार पदम विष्ट र जिप्रका कैलालीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जना पक्राउ

समाचार
धनगढी - प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ ।  प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा भजनी नगरपालिका–८ का ३५ वर्षीय परशुनारायण चौधरी र जोशीपुर गाउँपालिका –४ का ३२ वर्षीय प्रेम चौधरी रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका –६ मुडाबाट उनीहरूलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार गोप्य सूचनाको आधारमा भजनीतर्फ आइरहेको प्रहरीले बेलामा उनीहरूलाई पक्राउ गरेको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले सालकलाई नेपा...

दार्चुलामा बस दुर्घटना हुँदा १४ जना घाइते

समाचार
दार्चुला - दार्चुलामा बस दुर्घटना भएको छ।  दार्चुलाबाट  महेन्द्रनगरका लागि छुटेको  बस आज बिहान दुर्घटनामा परेको हो। महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको सुप प्र ०२००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका- ५  फोहोर सङ्कलन केन्द्र खेट्टेवगरमा दुर्घटना परेको बताइएको  छ।  दुर्घटना परी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेहरुको विवरण तथा दुर्घटनाको कारण खुलेको छैन।...

कैलालीमा बाटोमा भेटियो रुपैयाँ, प्रमाणसहित दाबी गरे फिर्ता दिने

समाचार
धनगढी - कैलालीमा बाटोमा खसेको एक हजार र पाँच सय नगद रुपैया भेटिएका छन् ।  जिल्ला सहकारी संघ कैलाललिका अध्यक्ष फणिराज सापकोटाले धनगढीमा बेवारीसे रुपैयाँ भेटाएको बताएका छन् । अत्तरिया लम्की सडक खण्डको पुर्बपश्चिम राजमार्गमा बिहीबार वेवारिसे अवस्थामा भेटाएका हुन ।  भेटिएको रकम प्रमाण सहित दाबी गरेमा रकम फिर्ता गरिदिने समेत सापकोटाले बताएका छन् । गौरीगंगा ४ राजिपुर निवासी सापकोटाले बिहीबार नगद रकम भेटाएका हुन् । ...

मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि हातपात

समाचार
बागलुङ - मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा हातपातको भएको छ ।  नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँ माथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् । बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले हातपात गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । उनले भने, "दुर्गा प्रसाईँ मञ्चमा उक्लिने क्रममा गौतमबाट हातपातको प्रयास भएको हो । प्रहरीले तत्कालै नियन्त्रणमा लियो । कुनै अप्रिय घटना हुन पाएन ।"  गौतमलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले बताए ।...

बाजुराको स्वामीकार्तिककी उपाध्यक्ष जोशीको निधन

समाचार
धनगढी - बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ। गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार उपाध्यक्ष जोशीको ५२ वर्षको उमेरमा बिहीबार बिहान करिब ४ बजे आफ्नै घरमा निधन भएको हो। उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो।  २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।...

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण

समाचार
कैलाली - गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच  परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन् ।  धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।  उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् । उनले भनिन् “सानैदेखि  नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर...

१५ लाख घुससहित एक वडाध्यक्ष पक्राउ

समाचार
काठमाडौं - काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।...

धनगढीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

समाचार
धनगढी - धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतिया्ेगिताको धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानालो धनगढी रङशालामा आज बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।  ५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि भएका छन् । हरेक बर्ष गरिने विद्यालयस्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ । प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी, दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ । राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज