सुदूरपश्चिममा विपदका कारण चार करोड बढीको आर्थिक नोक्सानी
धनगढी - विपदका कारण सुदूरपश्चिममा चार करोड २८ लाखभन्दा बढीको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पौष मसान्तसम्म चार करोड २८ लाख ६४ हजार चार सय ४० बराबर आर्थिक नोक्सानी भएको अनुमान गरिएको हो ।
सबैभन्दा बढी आगलागीबाट आर्थिक नोक्सानी भएको छ। आगलागीबाट चार करोड १७ लाख ७४ हजार चार सय ५०, जनावर आंतकबाट एक लाख ३० तथा जंगल आगलागीबाट ९६ हजार बराबरको नोक्सानी भएको अनुमान छ।
सो अवधिसम्म आगलागीका ९४ घटना घटेका छन्। ती घटनामा परेर दुई पुरुष र एक महिला गरी तीन जनाको मृत्यु भएको छ। पाँच पुरुष र ६ महिला गरी ११ जना घाइते भएका छन्।
आगलागीबाट एक सय १३ परिवार प्रभावित बन्न पुगेको अभिलेख छ। त्यस्तै जनावर आंतकका २५ घटना घटेका छन्। ती घटनामा परेर एक पुरुष र दुई महिला गरी तीन जनाको मृत्यु भएको छ।
१४ पुरुष र १२ महिला गरी २६ जना घाइते भएका छन्। यस्ता घटनाबाट...

