कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले तस्करीको सामान जफत गरेको छ।
भीमदत्त नगरपालिका–६ ऐठपुरबाट तस्करी गरी ल्याइएका अन्दाजी १ लाख २९ हजार २ सय मुल्य बराबरका साईकलका ट्युव, बाल्टी, पाईप, मोबिल,पलाष्टिक डोरी, सुट, कपडा बेवारिस अवस्थामा फेला पारी प्रहरीले जफत गरेको हो।
नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३