एसिया कप : नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
एसिया कपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए ।
त्यस्तै नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए । नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए ।
भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/...












