लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका?
बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने नाराको साथमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं 02 काे वडा कार्यालयको आर्थिक सहयोगमा, श्री जनसेवा माध्यामिक विद्यालय गणेशपुर र बाल अधिकार संरक्षण समिति वडा नं 02 काे आयोजनामा
59 औं राष्ट्रिय बाल दिवसकाे अवसरमा लागु पदार्थ दुर्व्यसन न्यूनीकरणमा बालबालिकाको भुमिका भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता संचालन भयाे।
उक्त कार्यक्रममा प्रमुख अतिथिमा लम्कीचुहा कि उपमेयर जुना चौधरीले सुशासन र समुन्नत समाज निर्माण गर्न बालबालिकालाई यस विषयमा जनचेतनामुलक अभिवृद्धि कार्यक्रम गराएर मात्र निर्माण गर्न सकिन्छ भनेर बताउनु भयो। कार्यक्रममा कार्यक्रमका सभापति लम्कीचुहा नगरपालिका वडा नं 02 का वडा अध्यक्ष सन्तोष कुमार ओलीले मेरो चुनावी मुख्य नारा नै लागु पदार्थ दुर्व्यसनी न्यूनीकरण गर्नु हो।
मैले चुनावताका बेला बोलेको कुरा विभिन्न ठाँउ...











