Advertisement

मुख्य समाचार

मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

मानवतावादी राजा जयपृथ्वीबहादुर सिहको १४७ औँ जन्मजयन्ती मनाईदै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : आज मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको एक सय ४७ औं जन्मजयन्ती मनाईदै छ। जयपृथ्वी बहादुर सिहको सम्झना गर्दै उनको एक सय ४७ औँ जन्म जयन्ती मनाईन लागिएको हो। आज विभिन्न संघसंस्थाहरुले पनि देश तथा विदेशमा सिहको सम्झना गर्दै जन्म जयन्तीको अवसरमा ओैपचारिक कार्यक्रम गर्न लागेका छन् । दक्षिण एसियाकै तारा तथा दोस्रो गौतम बुद्धका रुपमा चिनिएका सिंहले पुगाएको योगदानको समेत सबैले स्मरण गरिरहेका छन् । सिहँले जहानिया राणा शासनको समयमा आम नागरिकका लागि शिक्षाको सुरुवात गरेका थिए। उनले सोही सयमा बझाङमा सर्वसाधारणका छोराछोरीलाई पढ्ने विद्यालयको समेत स्थापना गरेका थिए। उनले राणाको कठोर शासनमा पनि जनताको स्वतन्त्रताका लागि लडाई गरेका थिए। सिह तत्कालीन श्री ३ चन्द्र शमशेरका ज्वाँई हुन्। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.स.१८७७०) बझाङमा भएको थियो। उनले लेखेका अक्षराङ्क शिक्ष...
सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

सुदूरपश्चिममा भोलि र पर्सि सार्वजनिक बिदा

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सि सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिमेलीको ठूलो पर्व गौराका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो। गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोकपर्व हो। गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ। पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने चलन छ। पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन छ।...
पक्राउ परेको दिनमै प्रहरी कार्यलयबाट भागे आरोपित, प्रहरी मुखदर्शक

पक्राउ परेको दिनमै प्रहरी कार्यलयबाट भागे आरोपित, प्रहरी मुखदर्शक

कैलाली, मुख्य समाचार, सुदूरपश्चिम, सूचना प्रविधि
कैलाली / गत श्रावण १३ गते कैलालीको लम्किचुहा नगरपालिकामा २ मोतिपुरमा रहेको तिमिल्सिना इन्टरप्राइजेजमा चोरी भएको थियो । १३ गते राती चोरी भएको उक्त इन्टरप्राइजेजका सञ्चालक टिकाराम तिमिल्सिनाले भोलिपल्ट नै इलाका प्रहरी कार्यालय लम्किमा निवेदन समेत दिए । तिमिल्सिनाका अनुसार १ लाख ५५ नगद र ८० हजार बराबरको सामान चोरी भएको दावी गर्छन् । निवेदन दिएको दिनदेखी नै इलाका प्रहरी कार्यालय लम्की चोरी गर्ने मान्छे पत्ता लगाउन तिर लाग्छ । चोरिमा संलग्न तीन जनाको सोही पसलमा भएको सिसिटिभी क्यामरामा अनुहार कैद भएको हुन्छ । सिसिटिभिको फुटेजबाट प्रहरिले चोरी गर्नेको खोजी गर्छ र प्रारम्भिक अनुसन्धान बाट ३ जना चोर भएको खुल्छ इलाका प्रहरी कार्यालयका प्रमुख शंखर खड्काका अनुसार चोरी कार्यमा संलग्न रहेका मुख्य आरोपी हेम शाहलाई टिकापुर सुधार केन्द्रबाट श्रावण ३१ गते ल्याइन्छ । चोरी कार्यमा संलग्न भनिएका र आरोपित...
सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा सुतीरहेका आमा छोरालाइ चक्कुप्रहार अनुसन्धान गर्दै प्रहरी

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ / बझाङकाे सदुरमुकाम चैनपुर बजारमा अज्ञात समुहद्धारा आमा छोरालाइ चक्कुप्रहार गरेकाे छ । सुर्मा गाउँपालिका वडा नम्बर ३ घर भै सदरमुकाम चैनपुरको सुर्माटोलमा कोठामा बस्दै आएका आमा छोरालाइ हिजो राती १२ बजे चक्कु प्रहार गर्दा घाइते भएका छन् । ढाेका माथि रहेकाे भेन्डिलेटरकाे जाली काटेर ढाेकाकाे चुकुल खाेली भित्र पसेर चक्कु प्राहार गरेकाे पिडित महिलाले बताईन् । उनले भनिन् "म बिरामी भएर गाउँ बाट एक दिन अगाडि मात्र सदरमुकाम चैनपुर आएकी थिए । दाँत दुखेर अाैषधी खाई सुतेकी थिए । जेठाे छाेेरा र कान्छाे छाेरा कराए पछि काे हाे के हाे भनेर चिच्याउदा अज्ञात समुहले आफ्नाे घाँटीमा पनि चक्कु प्रहार गरी बाहिर फरार भयाे " घाइते महिलाले बताईन् । घाइते हुनेमा २७ बर्षिया सुनिता बिक, जेठो छोरा ७ बर्षिया आदित्य बिक र ४ बर्षिया छोरा एबल रहेका छन् । उनीहरुलाइ करिव १२ बजेकाे समयमा सुतिरहेको अबस्थामा कोठ...
बझाङमा भूकम्पको धक्का महशुस

बझाङमा भूकम्पको धक्का महशुस

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ । हिजो बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो । पछिल्लो समय पश्चिम नेपालमा केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।...
एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

एमाले युवा नेता ऐन महरद्धारा क्यान्सर पिडित बोहोराको उपचारका लागि आर्थिक सहयोग

मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेकपा एमालेका युवा नेता ऐन महरले खुट्टाको क्यान्सरबाट पिडित गोरख बोहोराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको सुर्मा गाउँपालिका ४ थकुन्नाडा घर भएर सेती प्रादेशिक अस्पताल धनगढीमा करीब ५ महिनादेखि उपचार गराइरहनु भएका बोहोराको आर्थिक अभावले उपचारमा समस्या भएपछि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज युवा नेता महरले नगद ५ हजार सहयोग गर्नुभएको हो । "हामिले आफ्नो तर्फबाट पिडितलाइ सानो भएपनी मलम लगाउने काम गरेका हौँ" महरले सहयोग गर्दै भन्नुभयो । नेता महरले अरुलाइ समेत सहयोग गर्न अपिल गर्नुभएको छ । उपचार गराईरहेका बोहरा अहिले सेती प्रादेशिक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । उहाँको अहिलेभन्दा आठ वर्ष पहिले ढुंगा खसेर चोट लागेपछि बायाँ खुट्टाको दुई औँला र दायाँ खुट्टाको घुँडाभन्दा तलको आधा भाग नै काटेर फालिएको थियो । सुरुमा काठमाडौं, चितवन लग...
NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान !

NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान !

कैलाली, मुख्य समाचार, स्वास्थ्य
नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ ( NMSRA ) धनगढि युनिट ले नेपाल रेडक्रस सोसाईटिको भवनमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ५४ औ स्थापना दिवस मनाएको छ। उक्त कार्यक्रममा ३४ जना रक्तदाता बाट ३४ पिन्ट रगत सङकलन भएको नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ धनगढि ईकाईका बरिष्ठ उपाधक्ष हरि अधिकारि ज्यु ले बताउनु भयो। उक्त कार्यक्रम मा NMSRA धनगढिका अधक्ष लक्ष्मण ठकुराठिको अधक्ष्यता र सोहि सस्थाका केन्दृय उपाधक्ष मिन शाह ज्यु को प्रमुख आतिथ्यमा शुरु भएको थियो। NCDA धनगढिका अधक्ष प्रेम बि सि तथा PDAN सुदुर पस्चिम प्रदेश अधक्ष्य आनद ब शाह बिशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै अधक्ष्य ठकुराठिले आउदो समयमा समेत यस्ता कार्यक्रमहरु गर्दै जाने र सम्पुर्णको ऐक्यबद्द्ता एबम साथ र सहयोगको समेत आबश्यकता रहेको बताउनु भयो। NMSRA धनगढिका सचिब प्रकाश देब भट्टले...
NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान

NMSRA धनगढि युनिट को ५४ औँ स्थापना दिवस को अवसर मा बृहत रक्तदान

कैलाली, मुख्य समाचार, स्वास्थ्य
नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ ( NMSRA ) धनगढि युनिट ले नेपाल रेडक्रस सोसाईटिको भवनमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ५४ औ स्थापना दिवस मनाएको छ।उक्त कार्यक्रममा ३४ जना रक्तदाता बाट ३४ पिन्ट रगत सङकलन भएको नेपाल औषधि तथा बिकृ प्रतिनिधि सङ्घ धनगढि ईकाईका बरिष्ठ उपाधक्ष हरि अधिकारि ज्यु ले बताउनु भयो। उक्त कार्यक्रम मा NMSRA धनगढिका अधक्ष लक्ष्मण ठकुराठिको अधक्ष्यता र सोहि सस्थाका केन्दृय उपाधक्ष मिन शाह ज्यु को प्रमुख आतिथ्यमा शुरु भएको थियो। NCDA धनगढिका अधक्ष प्रेम बि सि तथा PDAN सुदुर पस्चिम प्रदेश अधक्ष्य आनद ब शाह बिशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै अधक्ष्य ठकुराठिले आउदो समयमा समेत यस्ता कार्यक्रमहरु गर्दै जाने र सम्पुर्णको ऐक्यबद्द्ता एबम साथ र सहयोगको समेत आबश्यकता रहेको बताउनु भयो। NMSRA धनगढिका सचिब प्रकाश देब भट्टले सन्चालन...
सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

सुदूरपश्चिममा आज अति वर्षाको सम्भावना

मुख्य समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) अति भारी वर्षाको सम्भावना रहेको छ। प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको हो।  सुदूरपश्चिममा आइतवार अति भारी वर्षाको सम्भावना रहेकाले नदीमा जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतवार सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। आइतवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।  देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेक...
सोमवारसम्म पानीपर्ने सम्भावना : बाढी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन आग्रह

सोमवारसम्म पानीपर्ने सम्भावना : बाढी पहिरोको जोखिम भएकाले सावधानी अपनाउन आग्रह

मुख्य समाचार, सुदूरपश्चिम
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परेको छ । अहिले सामान्य वर्षा भए पनि दिउँसादेखि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले पर्सि सोमवारसम्म नै देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी/पहिरो र भेलपहिरोको जोखिम हुन सक्ने भन्दै सत...
८९ बर्षमा नागरिकता

८९ बर्षमा नागरिकता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ / प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले घरमै नागरिकता दिएका छन । सदरमुकाम चैनपुर देखि करिव दुई घण्टाको दूरीमा मष्टा गाउँपालिका रहेको छ । मष्टा गाउँपालिकाको कार्यालय भातेखोला गाउँमै पर्छ । गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी जसले नागरिकता अहिलेसम्म पाएकै थिएन गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाउनुभयो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ सोही गिठीदेवी हुनुहुन्छ । उहाँ नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकता बिहीन हुनुहुन्थ्यो । सरकारले दिने सेवाबारे उहाँ जानकार हुनुहुन्नथ्यो जसले उहाँ सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय ...
बैतडीकी अनिताको  छाउगोठमा सर्पको टोकाइबाट ज्यान गयो

बैतडीकी अनिताको छाउगोठमा सर्पको टोकाइबाट ज्यान गयो

बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो । महिनावारी भएको बेला गोठमै सुतिरहेको अवस्थामा अनितालाई मंगलबार राती सर्पले टोकेको र बुधबार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिए । ‘महिनावारी भएको ४ दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्यराती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले बैद्यलाई बोलउँन गएको समयमा उनको घरमै मृत्यु भयो’ । किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन् ।  महिनावारी भएको बेला अधिकांश महिला तथा किशोरीहरु गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देविदेवताको डरका कारण केहि महिला तथा किशोरीहरु गोठमा सुत्छन्, केहि घरमा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज