दशैँमा नारी र पुरुषलाई कुन मन्त्रले आशिर्वाद दिने?
परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।
लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र :आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्...










