भारत बेंगलोर
हिन्दू नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा आगामी २६ अगस्त २०२५ का दिन नेपाली जनसम्पर्क समिति, दक्षिण भारत क्षेत्र अन्तर्गत कृष्णराजपुरम शाखाले भव्य रुपमा हरितालिका तीज महोत्सव आयोजना गर्ने भएको छ।
यस अवसरमा समितिले सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक निमन्त्रणासहित उपस्थित भइ कार्यक्रमलाई सफल पारिदिन आग्रह गरेको छ। आयोजक समितिले यो पर्वले खुशी, समृद्धि, उल्लास र एकताको भावना सबैमा फैलाओस् भन्ने शुभकामना व्यक्त गरेको छ।
यस तीज विशेष कार्यक्रम आयोजना नेजस कृष्णराजपुरम शाखा तथा दक्षिण भारतले गरेको छ भने कार्यक्रम २६ अगष्ट २०२५ का दिन बिहान ११ बजे देखि साझ ६ बजे सम्म केआर पुरम सर्भिस रोड यामाहा शोरुम नजिकै हुने भयको छ।

