Advertisement

बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा विस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न

Advertisement

बझाङ- बझाङमा सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा आज सुदूरपश्चिमाञ्चल साहित्य समाजको शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो ।
“बझाङको साहित्य, भाषा, संस्कृति र सिर्जनशील प्रतिभालाई पहिचान, संरक्षण र प्रवर्द्धन गर्दै साहित्यलाई समाज विकास र सांस्कृतिक पहिचानसँग जोड्न समाजले शाखा बिस्तार तथा रचना वाचन कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रमबाट सुदूरपश्चिमाञ्चल साहित्य समाज बझाङ शाखा बिस्तार गरिएको छ । साहित्यकार पूर्णबहादुर मल्लको संयोजकत्वमा ११ सदस्यीय शाखा बिस्तार गरिएको हो । समिति सचिवमा शैलेन्द्र बहादुर सिंह,सदस्यमा विकास थापा (युनिक विवेक) गोकुल जोशी, मीना मल्ल, दिप सुस्केरा (दिपक बोहरा ) , मुकेश खाती, वीर विकल धामी ,लख्खु सिंह ,नरबहादुर भण्डारी (नवप्रगति) र प्रेम बिष्ट रहेका छन् ।

जिल्ला स्थित साहित्य लेखनमा कलम चलाउने र रुचि राख्ने व्यक्तिहरू सहभागी रहेको कार्यक्रममा गजल, मुक्तक, कविता, देउडा विधामा वाचन गरिएको थियोे । यस क्रममा सहभागी साहित्यकारहरूले आ–आफ्नो सिर्जनालाई प्रस्तुत गर्दै साहित्य केवल मनोरञ्जन नभई सामाजिक चेतना, सांस्कृतिक पहिचान र सामुदायिक एकताको माध्यम पनि हो भन्ने विषयमा जोड दिए। स्थानीय भाषा जगेर्ना कार्यक्रमको मूल पक्ष रहेको भन्दै अधिकांश रचनाहरू स्थानीय भाषामा प्रस्तुत भएका थिए।
“साहित्यिक सिर्जनालाई अभिव्यक्त गर्ने, स्रष्टाहरूबीच आपसी प्रेरणा र संवाद बढाउने तथा साहित्यिक चेतना र रुचिको विकास गर्न रचना वाचन गरिएको समाजका संयोजक मल्लले जानकारी दिए ।

विस्तारित समितिले महिनामा एकपटक नियमित रूपमा रचना वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। साथै विद्यालय, स्थानीय समुदाय तथा सांस्कृतिक समूहहरूसँग सहकार्य गर्दै साहित्यिक गतिविधिलाई गाउँस्तरदेखि जिल्ला तहसम्म सक्रिय बनाइने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

कार्यक्रम पूर्णबहादुर मल्लको संयोजकत्व, र शैलेन्द्र बहादुर सिंहको सह-संयोजकत्वमा आयोजना गरिएको थियोे । प्रमुख अतिथि गर्जेपानी माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर मल्ल रहनु भएको कार्यक्रममा जिल्ला स्थित साहित्यकार तथा साहित्यमा रुचि राख्नेहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे , भने कार्यक्रम शिक्षक तथा साहित्यकार नारायण मल्लले गर्नुभएको थियोे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति, अनसन तोडे

स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै बिहीबारदेखि धनगढीमा...
प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज