Advertisement

जेन-जी क्रान्ति

Advertisement

माइतीघरमा उठछ आक्रोश ।
सडक धड्किन्छ सहर ।।
काँप्छ हजारौं हात एकै साथ उठ्छन ।
अब मौनता छैन अब सहनशीलता छैन।।
अब मात्र परिवर्तनको आवाज ।।।

भ्रष्टाचार हटाउँ इमान जगाउँ ।
सुशासन ल्याएर नयाँ बिहानी बनाउँ ।।
घूस होइन न्यायको गीत गाऊँ ।
कर्तव्य र सत्यको बाटो समाऊँ ।।।

जेन्जीको सपना थियो उज्यालो नेपाल।
जहाँ न होस् अन्याय न होस् बेहाल ।।
तर आज तिनै नाममा
खेलिन्छ राजनीति बन्छ व्यापार ।।।

जेन्जीको आवाज थियो क्रान्तिको चिनारी !
तर अहिले त्यही नाममा हुन्छ सत्ता किनबेच बारी ।।
उनको आत्मा रगतको रेखामा थियो ।
तर अहिले त्यो नाम भाषणको व्यापारमा ढल्कियो ।।।

जनताको हातमा शक्ति बसोस ।
निष्पक्ष नियमले शासन चलोस ।।
आजैबाट बदलौँ सोच !
भोलिको देश हाम्रो हातको रोज ।।

युवाको आँखामा जल्छ सूर्य ।
साहसले खोज्छ नयाँ नेपाल ।।।
आगो र धुवाँले घेरिएको सडकमा ।
पनि उनीहरूले देख्छन भविष्य ।
जहाँ न्याय ढल्दैन जहाँ नेताहरू देशको सेवा गर्दैनन् ।।।।

सडकले बोल्छ अश्रुग्यासले पोल्दा पनि आँसु बगिरहन्छ !
गोलीले छाती छेड़े पनि मनको ढोका बन्द हुन सक्दैन ।।।।

रगतले रंगिएको सडक आज पीडा हो ।
भोलि इतिहास यसलाई बलिदान भनी लेख्नेछ!
ढलेका सपनाहरू भोलिका पर्खाल बन्नेछन ।।।

जेन्जी तिमी अब मौन होइनौ तिमी जागिसकेको छौ!
रगत बीउ हो जसबाट जन्मिनेछ न्यायको वन !!
र त्यो वनमा पातहरूले गाउँनेछन हामी स्वतन्त्र छौं
हामी समान छौं ।।।।

इमान पारदर्शिता र विश्वासको जोश !
त्यहीँ बाटो हो उज्यालो भोलिको कोश ।।
त्यो दिन नेपालको नाम लेखिनेछ सुनौलो अक्षरमा
जनताको साहस जनताको बलिदान र जनताको विजय ।।।

– दिपेश कठायत
उनी जयपृथ्वी नगरपालिका ६ नौरा (कठायतबाडा) बझाङका बासिन्दा हन् ।
हाल संयुक्त राज्य अमेरिकाको केन्टकी राज्य लेक्सिङटन (Lexington) शहरमा छन् ।
कठायत अन्तर्राष्ट्रिय नेपाली समाज (NRNA) संग पनि आबद्ध छन। उनलेे विदेशमा रहँदा नेपाली समुदायको सहयोग र पहिचानका लागि सक्रिय भुमिका खेल्दै आएका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज