बझाङमा एमाले एकवद्दताको कडा सन्देश: भ्रम छर्ने तत्वलाई अफिलाल ओखेडाको चेतावनी
बझाङ: नेकपा एमाले बझाङले आफूहरू पूर्ण रूपमा एकवद्द भएर अघि बढिरहेको स्पष्ट सन्देश दिएको छ। पार्टीभित्र विभाजन रहेको भन्दै फैलाइएका हल्ला र अफवाहलाई कडा रूपमा खण्डन गर्दै एमाले नेताहरूले संगठन थप मजबुत बनेको दाबी गरेका छन्।
आज बझाङको सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व संविधानसभा सदस्य अफिलाल ओखेडाले एमाले बझाङ एकढिक्का भएर संगठन सुदृढीकरण र जनताको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताए। उनले केही अराजक तत्वले पार्टीभित्र फूट रहेको भन्दै भ्रम छर्ने प्रयास गरेको आरोप लगाउँदै त्यस्ता गतिविधि असफल हुने चेतावनी दिए।
उनका अनुसार बझाङमा एमालेको जनआधार झनै विस्तार हुँदै गएको छ र आन्तरिक रूपमा कुनै किसिमको मतभेद नरहेको स्पष्ट पारे। “एमाले एकवद्द छैन भन्ने प्रचार नियोजित भ्रम मात्र हो,” उनले भने, “पार्टी मजबुत छ, नेतृत्व एकमत छ, कार्यकर्ता उत्साहित छन्।”
पत्रकार सम्मेलनमा एमालेक...











