Advertisement

सामाजिक संजालमा बैंकदेखि व्यवसायसम्म विवादै विवादका प्रश्न: प्रतिनिधिसभा दौडमा सिंहमाथि विश्वासको संकटhttps://kamanatoday.com/2026/02/13/10/18/00/18406/

Advertisement

बझाङ : प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार बनेका शैलेस सिंह यतिबेला सामाजिक सञ्जाल र स्थानीय तहमा विभिन्न आर्थिक, व्यावसायिक तथा पारदर्शितासम्बन्धी प्रश्नहरूको घेरामा परेका छन् ।
सिंहले हालै सामाजिक सञ्जालमार्फत आफू सामान्य परिवारबाट संघर्ष गर्दै सफल व्यवसायी बनेको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको, सयौँलाई रोजगारी र छात्रवृत्ति दिएको तथा आफूमाथि लगाइएका आरोपहरू ‘भ्रमपूर्ण’ भएको दाबी गरेका छन् । उनले बैंक सेवाकाल उत्कृष्ट रहेको भन्दै प्रमाणसमेत सार्वजनिक गरेका छन् । तर, उनको दाबी र सामाजिक सञ्जालमा उठिरहेका आरोपबीच स्पष्टता नआउँदा थप प्रश्न जन्मिएका छन् ।

सिंह केही वर्ष अघि मेघा बैंक लिमिटेडमा कार्यरत थिए । उनले छोटो समयमा पदोन्नति र पुरस्कार पाएको दाबी गर्दै आफू उत्कृष्ट कर्मचारी रहेको बताएका छन् । उनले सार्वजनिक गरेको अनुभव प्रमाणपत्रमा भने राजीनामामार्फत सेवा अन्त्य भएको र कार्यसम्पादन सकारात्मक रहेको मात्र उल्लेख गरिएको छ।
तर सामाजिक संजालमा बैंकमा रहँदाको कार्यकालमै ऋण प्रवाहमा अनियमितता भएको र कारबाही पर्नु अघि नै राजीनामा दिएको सामाजिक संजालमा छ्यापछ्याप्ती चर्चा चल्दै आएको छ ।
यसबारे बैंक वा सम्बन्धित निकायबाट कुनै आधिकारिक छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
त्यसैगरी, उनले सामाजिक संजालमा दाबी गरेजस्तो प्रमोशन वा पुरस्कारसम्बन्धी कागजात भने हालसम्म सार्वजनिक गरिएको देखिँदैन ।

सिंहले संघर्ष र मेहनतबाट अर्बौँ बराबरको सम्पत्ति जोडेको बताएका छन् तर उक्त सम्पत्तिको प्रारम्भिक लगानी, आम्दानीको स्रोत, व्यवसायिक कारोबार र सरकारलाई तिरेको करको विवरण भने सार्वजनिक गरिएको छैन । स्थानीय नागरिकहरू “सार्वजनिक पदमा आउन चाहने व्यक्तिले आफ्नो आर्थिक स्रोत र कर विवरण पारदर्शी बनाउनुपर्छ” भन्ने माग उठाइरहेका छन्।

सिंहले आफूले सञ्चालन गरेको शिक्षण संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिएको दाबी गरेको छ। साथै प्रदेश सरकारबाट वार्षिक ठूलो रकम अनुदान लिएको आरोप पनि लाग्दै आएको छ।
सिंहले उक्त आरोप अस्वीकार गर्दै प्रमाणित भए राजनीति नै त्याग्ने बताएका छन् । आफ्ना कम्पनी, स्कुल र कलेजमार्फत सयौँलाई रोजगारी दिएको बताउने शैलेस सिंहले बझाङका कति युवाले आफ्नो कम्पनी स्कुल र फ्याक्ट्रीमा वास्तविक रोजगारी पाए भन्ने तथ्यांक भने सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज