Advertisement

Breaking News 1

सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न  , ७ जना सेयर सदस्य सम्मानित

सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारीको ११ औँ साधारणसभा सम्पन्न , ७ जना सेयर सदस्य सम्मानित

Breaking News 1, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीको गौरीगंगा नगरपालिका-१ चौमाला रहेको सामुदायिक ग्रामीण बिकास बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभा सम्पन्न भएको छ। आइतबार संस्थाको एक कार्यक्रमका बिच ११ औँ साधारणसभा चौमाला सम्पन्न भएको हो । साधारणसभा कार्यक्रममा संस्थाकी ब्यवस्थापक आरती बिनाडी जोशीले आयव्यय प्रस्तुत गरेकी थिइन् । उनलेे आर्थिक २०८०/८१ को करिब ११ लाख २८ हजाए ९ सय १८ रुपैया बराबरको आय ब्यय प्रस्तुत गरेकी हुन् । संस्थाका अध्यक्ष सत्यराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष टीका सिंह बोहरा रहनु भएको थियोे । कार्यक्रमका विशिष्ट अतिथि गौरीगंगा सहकारी संजाल अध्यक्ष हृदय कुमार थापा रहनु भएको थियो, भने अन्य अतिथिहरुमा मौवारी सामुदायिक बन अध्यक्ष सुन्दिरा चौधरी,इन्द्र बहादुर चन्द,जुद्द साँउद लगायतकाले सुभकामना मन्तव्य ब्यक्त गर्नु राखेका थिए । साधारणसभा कार्यक्रममा संस्थाका ...
बझाङमा एक जना झुण्डिएको अवस्थामा मृत फेला

बझाङमा एक जना झुण्डिएको अवस्थामा मृत फेला

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-७ तमैल नजिकै पहिचान नखुलेका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छबिसपाथिभेरा गाउँपालिका-१ का वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए। सिंहका अनुसार  ती पुरुष आज बिहान तारजालिको वालामा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको र  पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।...
राति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा वर्षा

राति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा वर्षा

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाण्डौ– मधेस प्रदेशसहित देशका धेरै ठाउँमा राति पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ । यस्तै हिजो बेलुकी गोरखा, तनहुँ, प्युठान लगायतका ठाउँमा पनि पानी परेको थियो । काठमाण्डौसहित देशका केही ठाउँमा राति हावाहुरीसमेत चलेको थियो । अहिले मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । आजदेखि पश्चिमबाट मौसम क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
धनगढीमा सिलिन्डर पड्किएर घाइते भएकी खड्काको मृत्यु

धनगढीमा सिलिन्डर पड्किएर घाइते भएकी खड्काको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीमा चैत २ गते ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने घाइते ३६ वर्षीया मिना खड्को शनिबार मृत्यु भएको हो। खड्काको उपचारका क्रममा काठमाडौँको बर्निङ हस्पिटलमा मृत्यु भएकोमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए । उनकाअनुसार अन्य दुई जना घाइतेको पनि काठमाडौँमै उपचार भइरहेको छ । मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशी उपचाररत छन् । जोशीको पसलबाट ग्यास सिलिन्डर खरिद गरेकी खड्काले उनलाई नै जोड्नका लागि बोलाएकी थिइन् । सोही क्रममा सिलिन्डर पड्किएपछि उनीहरु तीनै जना घाइते भएका थिए ।...
बित्थडचिरमा समाजवादीका ४ जना नेता एमालेमा प्रवेश

बित्थडचिरमा समाजवादीका ४ जना नेता एमालेमा प्रवेश

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकाका नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश भएका छन् । सनिवार नेकपा एमाले वित्थडचिर गाउँ कमिटी जनवर्गीय संगठनहरुको दोस्रो अधिबेशनको अवसरमा समाजवादी छोडेर एमालेमा प्रवेश भएका हुन् । एमालेमा प्रवेश गर्नेमा नेपाल एकिकृत समाजवादी पार्टी वित्थडचिर गाउँ कमिटी सदस्य अम्मर बोहरा, दिपक बोहरा, कृष्ण बोहरा ३ नम्बर वडाका वडा कमिटी अध्यक्ष तारा बोहरा रहेका छन् । उनीहरुलाई पार्टीका केन्द्रिय सदस्य अफिलाल ओखेडाले एमालेमा स्वागत गरेका छन् ।...
अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

Breaking News 1, Breaking News 2, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका किशोरहरूलाई बाल सुधार गृह ,डोटी पठाइएको हो । प्रहरीले जङ्गलमा २ किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको सम्पूर्ण अनुसन्धान सकेर प्रतिवेदन अदालतमा बुझाएको थियो। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामीले अदालतमा पेस गरेका थियौ। अदालतले बाल सुधार गृह, डोटी पठाएको हो। अदालतले फैसला गरेको छैन।’जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । ‘प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ । अदालतले भने फैसला गरेको छैन । अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेक...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

Breaking News 1, डडेल्धुरा, मुख्य समाचार, सुदूरपश्चिम
डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ वटा सेतो गिद्ध विचरण गरेको देखिएका हुन् । यस ठाउँमा  पहिले ठुला – ठुला सिमलका रुख थिए । यहाँ थुप्रै पटक पहिले पनि गिद्ध बस्ने गर्ने गरेको सुनिन आएको छ । वडाध्यक्ष खगेन्द्र सिंह ठकुरीले भने । सिमललाई गिद्धहरुको मुख्य बासस्थानको रुपमा लिने गरिन्छ । पछिल्लो समय महाकाली नदि र रंगुन नदिले सिमल खेत क्षेत्रमा ठुलो कटान गरे पछि सिमलका रुखहरु बगाएर लगेको र त्यस यता गिद्ध पनि देखिन छोडेको स्थानियहरुको भनाई छ । यस पटक भने आज पहिलो चोटी एकै साथ ४ गिद्ध देखा परेको वडा अध्यक्ष सिंहले बताउनु भयो । विश्वमा २३ प्रजातिका गिद्ध पाईन्छन भने दक्षिण एसियामा ९ प्रजाति । ती मध्ये ९ प्रजातिका गिद्धहरु नै नेपालमा पाईन्छन् । एउटै सिनो र बासस्थानलाई विभिन्न प्रजातिहरु सामुहिक उपयोग ग...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो । संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ । बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो। के हो सीएचएनभी कार्यक्रम ? यो क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाको संक्षिप्त रूप हो । यो अमेरिकी सरकारले ती देशका नागरिकहरूको लागि ल्याएको एउटा मानवीय प्रवासन कार्यक्रम हो । यो कार्यक्रम सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले सुरु...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्था लिमिटेडले गोदावरी नगरपालिका- ८ स्थित मजगाउँमा नवजीवन खाद्य उद्योग (राईस मिल) को स्थापना गरी सनिवारदेखि चामल बिक्रि वितरण सुरु गरेको हो । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषि सँग जोड्न चामल उत्पादन सुरु गरेको बताए । उनले राइस मिलमा हाल सम्म १६ हजार २ सय ८७  क्विन्टल धान खरिद गरी १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए । जसबाट ६५१ क्विन्टल चामल उत्पादन भएको छ । सहकारीले २५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकेको छ । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमको भनाइ छ । उनका अनुसार उत्पादित चामल नवजीवन सहकारी संस्थाका...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत चौधरीमाथि खुकुरी प्रहार गर्ने धनगढी उप महानगरपालिका-१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका-१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट पक्राउ परेका हुन । घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।। सोहि घटनामा फागुन २६ गते गोदावरी-५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए। चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो।...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्नमा वडासरकारले विशेष ध्यान दिएको बताएका छन् । उनले शुक्रबार प्रगतिशिल युवा समाज र वल्डभिजनको साझेदारीमा संचालित बाल संरक्षण परियोजना अन्तर्गत आयोजित बालबालिकालाई आधारभुत आत्मरक्षा तालिमको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनलेे भने, ‘हामी बालमैत्री वडा घोषणाका लागि आवश्यक सबै सुचकहरूमा काम गर्दैछौं र बजेट विशेष रूपमा बालबालिका र बालमैत्री वडा घोषणामा केन्द्रित गरिएको छ । यसै वर्ष एक घर एक धारा जोड्ने लक्ष्य राखेका छौं ।’ जोशीका अनुसार, बालमैत्री वडा घोषणाका लागि आवश्यक पर्ने ५१ वटा सुचक मध्ये धेरैजसो पूरा भइसकेका छन् भने केही सुचक पूरा गर्न बाँकी छन् । वडामा बाल अधिकार समितिले कार्ययोजना बनाई सुचकहरू पूरा गर्नका लागि सक्रिय रूपमा काम गरिरहेको उनको भनाई...
कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

कञ्चनपुरमा चितुवा भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्। बिहिवार दोधरा-चाँदनी नगरपालिका-३ शिबनगर टोलमा खेतमा देखिएको चितुवालाई भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते भएका हुन्। घाइते हुनेमा दोधारा-चाँदनी नगरपालिका-३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ। घाइते दुबै जनालाइ दोधरा-चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज