धनगढी- कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन्। बिहिवार दोधरा-चाँदनी नगरपालिका-३ शिबनगर टोलमा खेतमा देखिएको चितुवालाई भगाउने क्रममा आक्रमण गर्दा २ जना घाइते भएका हुन्। घाइते हुनेमा दोधारा-चाँदनी नगरपालिका-३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ।
घाइते दुबै जनालाइ दोधरा-चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

