धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत चौधरीमाथि खुकुरी प्रहार गर्ने धनगढी उप महानगरपालिका-१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका-१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट पक्राउ परेका हुन ।
घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।। सोहि घटनामा फागुन २६ गते गोदावरी-५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए।
चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो।

