धनगढी– बझाङमा एक जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका-७ तमैल नजिकै पहिचान नखुलेका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छबिसपाथिभेरा गाउँपालिका-१ का वडाध्यक्ष करनजंग बहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार ती पुरुष आज बिहान तारजालिको वालामा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको र पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन ।

