बझाङमा १६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
धनगढी- बझाङमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् ।
जिल्लाको थलारा गाउँपालिका-४ कि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोही वडाका ६० वर्षीय गम्भिरे सार्की पक्राउ परेका हुन् ।
सार्कीले किशोरीलाई २०८१ भदौ १५ गते साँझ ५ बजेको समयमा आफ्नै खेत बारीमा घाँस काटिरहेको अवस्थामा जवरजस्ती करणी गरेको भन्ने प्रहरीमा आएको जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठकुन्नाले जानकारी दिए ।
उनका अनुसार सार्कीलाई चैत ६ गते अस्थाई प्रहरी पोष्ट बगडा बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियोे । अहिले आरोपित र पीडित दुबै जनाको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानभइरहेको प्रहरीले जनाएको छ ।...












