ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे पत्रकार सम्मेलन
जगदीश रोकाया, बझाङ- सदरमुकाम चैनपुरमा यही साउन १९ गतेदेखि सुरु हुने ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे आयोजकले पत्रकार सम्मेलन गरेको छ ।
आयोजक सुर्मा सरोवर युवा समाजले पत्रकारहरूलाई मेलाको सम्पूर्ण तयारी तथा मेला अवधिभर आयोजना गरिने गतिविधिहरूको बारे जानकारी दिन पत्रकार सम्मेलन गरेको हो । सो अवसरमा मेलामा प्रदान गरिने भलिबल प्रतियोगिता ट्रफीको अनावरण समेत गरिएको छ ।
मेला साउन १९ गतेदेखि २२ गतेसम्म सुर्मा गाउँपालिका–३, ठकुन्नामा आयोजना हुनेछ। मेलाको औपचारिक उद्घाटन साउन २० गते गरिने आयोजक समितिका अध्यक्ष शान्त बोहराले जानकारी दिए ।
मेलाको अवसरमा महिला–पुरुष भलिबल प्रतियोगिता, ढाँकी नाच प्रतियोगिता तथा डेउडा खेल जस्ता विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिने बताइएको छ।
कार्यक्रममा बोल्दै आयोजकहरूले सुर्मा सरोवरसम्मको खालि खुट्टा यात्रा, बिचबाटोमा पारंपरिक...











