Advertisement

ताजा अपडेट

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो । क्यान सचिव पारस खड्काले स्टार स्पोर्ट्सबाट एनपीएलको प्रत्यक्ष प्रसारण हुने जानकारी दिएका हुन् । ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैँक रहेको छ । क्यानले शुक्रबार एक कार्यकम आयोजना गर्दै सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ । क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैँक टाइटल स्पोनसर रहेको जानकारी दिए ।...
NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

NPL : किड्नी बेचेर iphone किन्ने सोचमा क्यान

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
खेल क्षेत्रमा प्रसारण अधिकार किनेर प्रतियोगिता ब्रोडकास्ट गरिनुपर्ने हो । यसले आयोजकलाई मात्र नभएर विज्ञापनदाताहरुलाई र मिडियालाई पनि प्रोफेसनल बनाउन मद्दत गर्छ । तर ठूलो धनराशि खर्च गरेर भारतीय टिभि च्यानल Star लाई ब्रोडकास्ट गर्न दिनु भनेको किड्नी बेचेर iphone किन्नु जस्तै मात्र हो । क्षणिक मनोरन्जन र आत्मसन्तुष्टिको लागि सुन्दर फोटोहरु र सुन्दर भिडियोहरु त देखिएला तर त्यसले नेपाली क्रिकेटको स्वास्थ्यलाई भने ठूलो हानि गर्नेछ । कार्यक्रम Production को लागि छुट्टै कम्पनी र ब्रोडकास्टको लागि Star भन्ने अहिलेको मीडिया रिपोर्टहरू जस्तै हो भने झन् यो त घरमा आगो लगाएर आगो तापेको जस्तो मात्र हुनेछ । Production गरिएको उक्त प्रतियोगितालाई नेपाली ब्रोडकास्टरहरुले त झन् पैसा तिरेर नै खरिद गर्न तयार हुनेछन् जसले गर्दा आर्थिक नोक्सानी होइन आर्थिक लाभको स्थितिमा क्यान पुग्नेछ । मुख्य कुरा दर्शकल...
मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । अदालतमा उपस्थित गराएपछि कारागार चलान गरिने छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताए । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।...
व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान

अछाम, ताजा अपडेट, दैनिक, समाचार, सुदूरपश्चिम
चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए। उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ। जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषक...
राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

राष्ट्रीय संगीतकर्मि सघं भारतको पहिलो साधारणसभा सम्पन्न

ताजा अपडेट
बेंगलोर- राष्ट्रिय संगीत कर्मी संघ भारत प्रवासको केन्द्रीय कमिटीको पहिलो साधारण सभा सम्पन्न भयको छ। राष्ट्रीय संगित कर्मि संघ भारत का अध्यक्ष अबिनाश थापाको अध्यक्षता मा सुरु भयको कार्यक्रम मा राष्ट्रीय संगीत कर्मि संघ सुदरपश्चिम प्रदेश समिति का अध्यक्ष निल गगन सिंह प्रमुख अतिथि रहनु भयको थियो। उपाध्यक्ष गुणाकार पनेरु अतिथि रहनु भयको थियो भने राष्ट्रीय संगितकर्मि संघ भारत प्रवासका सम्पूर्ण सदस्यहरुको उपस्थिति मा नयाँ कार्यसमिति गठन गरियको छ। राष्ट्रिय संगीतकर्मी सघं भारत प्रवास नवगठित कार्यसमिति । १ )अध्यक्ष: श्री जनकराज ढुङ्गाना २ )वरिष्ठ उपाध्यक्ष: श्री वीर बहादुर बोहरा ३)प्रथम उपाध्यक्ष :श्री करण साउँद ४ )द्वितीय उपाध्यक्ष :श्री जीवन परियार ५ )तृतीय उपाध्यक्ष :श्री हर्क आउजी ६)महिला उपाध्यक्ष : बिना बजगाई ७)महासचिव : श्री जनकराज अवस्थी ८ )उपमहासचिव :श्री राजेन्...
कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

कालीकोटमा बोलेरो दुर्घटना हुँदा १० जनाको मृत्यु, १० घाइते

Breaking News 1, कालिकोट, ताजा अपडेट
कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।  गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् । पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । गाडी सडकबाट ५०० मिटर तल खसेको छ। उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।...
सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिनमा दुई हजार रुपैयाँले बढ्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट
काठमाण्डौ – हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ६० रुपैयाँ रहेको थियो ।...
सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

सत्र किलोमा भएको दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, ५ जनाको अवस्था गम्भीर

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ताजा अपडेट
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको भरतपुर अस्पताल र तीन जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने

केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङलोरमा साँस्कृतिक कार्यक्रम गर्ने

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङराेलले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । विगत लामो समय देखि दुखि गरिव असहाय पिडितकाे सारथि बन्दै अगाडि बढेको यस फाउन्डेसनले विभिन्न कार्यक्रम साथ साँस्कृतिक कार्यक्रम गर्ने भएको हाे । आफ्नो बार्षिक उत्सव सहित स्थानीय तथा राष्ट्रिय कलाकार बाेलाउदै ब्याङराेलकाे कर्नाटक स्थित यहीँ १७ तारिख भब्य कार्यक्रम गर्ने केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसनका अध्यक्ष दिपेन्द्र बिष्टले बताउनु भयाे । उनका अनुसार समितिले राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि दुखि गरिवकाे सहारा बन्दै अगाडि बढ्ने भन्दै बार्षिक उत्सव सँगसँगै विभिन्न कलाकारद्वारा बेजोड प्रस्तुति पनि रहेको बताए । यहीँ १७ तारिख हुने कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्दै, आ- आफ्नो स्थान बाट सहयाेग गर्न पनि अनुराेध गर्नु भएको हाे । अहिले अध्यक्ष दिपेन्द्र बिष्ट,उपाध्यक्ष शिखर रावल ,सचिव मँगल गुर्...
आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाण्डौ – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन ह...
हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित

हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, हुम्ला
हुम्ला – हुम्लाको  गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न थालेपछि दङ्ग भएका छन् । बस सेवा सुरुआत भएपछि सहज मात्र नभइ भाडासमेत केही सस्तो पर्ने भएको छ । अदानचुली ताँजाकोटलगायतको क्षेत्रबाट यसअघि जीपमार्फत सुर्खेतसम्म यात्रा गर्दा खान बस्नबाहेक भाडा छ देखि आठ हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर बसको यात्रामा नेपालगञ्जसम्म तीन हजार रुपैयाँमा पुग्न सक्ने अवस्था छ । बस चल्न थाले पनि यातायात समितिको सिन्डिकेटका कारण नियमित सञ्चालन गर्न समस्या पर्ने गरेको गुनासो छ । कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियारले यसबारेमा सदनमा कुरासमेत उठाउनुभएको छ । केही दिनअघि मात्रै सिमकोट पुग्नुभएका कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई पनि हुम्लाका नागरिक र जनप्रतिनिधिले नागरिकको सहज यात्रालाई ध्यान दिन र व्यवस्...
पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

पालिका उपचुनावको लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि दलहरु उम्मेदवार छनोटमा व्यस्त भएका छन् । मङ्सिर २ गते उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएकाले दलहरु तयारीमा लागेका हुन् । काठमाण्डौको कीर्तिपुर नगरपालिकाका मेयर, दैलेखको महाबु गाउँपालिका अध्यक्ष र मोरङको ग्रामथान गाउँपालिका अध्यक्षसहित पालिकाका रिक्त ४४ पदमा उपचुनाव हुन लागेको हो । यसअघि पालिकाका ३९ पदमा उपचुनाव हुने भनिए पनि घोषणा भइसकेपछि थप ५ पद रिक्त हुन पुगेकाले सबै ४४ पदमा उपचुनाव हुने आयोगले जनाएको छ । आयोगका अनुसार एक नगरपालिकाका मेयर र दुई गाउँपालिकाका अध्यक्षसहित जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपाालिका उपाध्यक्ष, पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र बाँकी वडाध्यक्ष पदका लागि उपचुनाव हु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज