केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसन ब्याङराेलले साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
विगत लामो समय देखि दुखि गरिव असहाय पिडितकाे सारथि बन्दै अगाडि बढेको यस फाउन्डेसनले विभिन्न कार्यक्रम साथ साँस्कृतिक कार्यक्रम गर्ने भएको हाे ।
आफ्नो बार्षिक उत्सव सहित स्थानीय तथा राष्ट्रिय कलाकार बाेलाउदै ब्याङराेलकाे कर्नाटक स्थित यहीँ १७ तारिख भब्य कार्यक्रम गर्ने केदार हेल्पिङ्ग हेण्ड फाउन्डेसनका अध्यक्ष दिपेन्द्र बिष्टले बताउनु भयाे ।
उनका अनुसार समितिले राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि दुखि गरिवकाे सहारा बन्दै अगाडि बढ्ने भन्दै बार्षिक उत्सव सँगसँगै विभिन्न कलाकारद्वारा बेजोड प्रस्तुति पनि रहेको बताए ।
यहीँ १७ तारिख हुने कार्यक्रममा सबैलाई सहभागी हुन आग्रह गर्दै, आ- आफ्नो स्थान बाट सहयाेग गर्न पनि अनुराेध गर्नु भएको हाे । अहिले अध्यक्ष दिपेन्द्र बिष्ट,उपाध्यक्ष शिखर रावल ,सचिव मँगल गुर्धामी,सल्लाहकार बिष्णु जाेशी, सस्थापक दिपेन्द्र भण्डारी सहित विभिन्न समितका पदाधिकारी रहेका प्रवक्ता जाेशीले बताउनु भयाे ।

