हुम्ला – हुम्लाको गाउँ–गाउँमा बस पुग्न थालेसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । यसअघि जीपमा यात्रा गर्ने नागरिक अब गाउँ–गाउँमा ठूला बस पनि पुग्न थालेपछि दङ्ग भएका छन् ।
बस सेवा सुरुआत भएपछि सहज मात्र नभइ भाडासमेत केही सस्तो पर्ने भएको छ । अदानचुली ताँजाकोटलगायतको क्षेत्रबाट यसअघि जीपमार्फत सुर्खेतसम्म यात्रा गर्दा खान बस्नबाहेक भाडा छ देखि आठ हजार रुपैयाँसम्म तिर्दै आएका थिए । तर बसको यात्रामा नेपालगञ्जसम्म तीन हजार रुपैयाँमा पुग्न सक्ने अवस्था छ ।
बस चल्न थाले पनि यातायात समितिको सिन्डिकेटका कारण नियमित सञ्चालन गर्न समस्या पर्ने गरेको गुनासो छ । कर्णाली प्रदेश सभाका सदस्य रणसिंह परियारले यसबारेमा सदनमा कुरासमेत उठाउनुभएको छ ।
केही दिनअघि मात्रै सिमकोट पुग्नुभएका कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई पनि हुम्लाका नागरिक र जनप्रतिनिधिले नागरिकको सहज यात्रालाई ध्यान दिन र व्यवस्थित गर्न आग्रह गरेका थिए ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३