Advertisement

आज छठ पर्वको मुख्य दिन : बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Advertisement

काठमाण्डौ – आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि  बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् ।

पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराई/मधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।

छठ पर्वका लागि काठमाण्डौको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज