Advertisement

ताजा अपडेट

एमाले र रास्वपाका कार्यकर्ताबीच बैतडीमा झडप, दुई जना घाइते

एमाले र रास्वपाका कार्यकर्ताबीच बैतडीमा झडप, दुई जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा डिलासैनी गाउँपालिका- ७ स्थित लेक टोलमा दुई पक्षबीच विवाद भई झडप भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका हुन्। प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको गोकुलेश्वर अस्पताल, दार्चुलामा उपचार भइरहेको छ। घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले रास्वपाका पाँच जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको...
डा. भीम रावल लाई चुनाव अघि ठूलो धक्का, रामारोशन ६ बाट ९२ जना  एमालेमा प्रवेश

डा. भीम रावल लाई चुनाव अघि ठूलो धक्का, रामारोशन ६ बाट ९२ जना एमालेमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- चुनावको मिति नजिकिँदै जाँदा अछाम क्षेत्र नं- १ मा राजनीतिक सरगर्मी झन् बढेको छ। यही क्रममा डा. भीम रावल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी लाई ठूलो धक्का लागेको छ। जिल्लाको रामारोशन गाउँपालिका-६ मा आयोजित चुनावी आमसभाका बीच विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपा एमाले मा समाहित भएका छन्। एमाले उम्मेदवार दिपक साउँदको जन्मथलो भटाकाटियामा आयोजित कार्यक्रममा पूर्व माओवादी तथा हाल नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्। पालिका कमिटी अध्यक्ष भीष्म साउँदका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट ८४ जना, नेपाली काँग्रेसबाट ७ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना गरी कुल ९२ जना एमालेमा समाहित भएका छन्। सुमन परियार, रमेश साउँद, रमित साउँद, कमल वि.क र लक्ष्मण साउँद लगायतका नेताहरूले आजैदेखि एमालेको सक्रिय सदस्यका रू...
काङ्ग्रेस-एमालेको चुनाव चिन्ह फेरिएर घण्टी बनेको भन्दै बनाइएको भ्रामक भिडिओ भाइरल

काङ्ग्रेस-एमालेको चुनाव चिन्ह फेरिएर घण्टी बनेको भन्दै बनाइएको भ्रामक भिडिओ भाइरल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
नेपाली काङ्ग्रेस र नेकपा (एमाले) लगायतका पुराना राजनीतिक दलहरूको चुनाव चिह्न फेरिएर ‘घण्टी’ बनेको भन्दै सामाजिक सञ्जालमा एउटा भ्रामक भिडिओ भाइरल बनेको छ । फेसबुक प्रयोगकर्ता प्रियाशा ज्ञवालीले सोमबार आफ्नी आमासँग गरेको भिडिओ कलको स्क्रिनरेकर्ड सार्वजनिक गरेपछि उक्त भ्रामक सामग्री भाइरल बनेको हो । समाचार तयार पार्दासम्म उक्त भिडिओलाई १३ लाखभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा १ लाख ८ हजारभन्दा बढी रियाक्सन, २ हजार १०० भन्दा बढी कमेन्ट आएका छन् र १ हजार ६०० भन्दा बढी पटक शेयर गरिएको छ । ५९ सेकेन्ड लामो उक्त भिडिओमा युवतीले आफ्नी आमालाई ‘यस पटक भोट केमा दिने ?’ भन्दै प्रश्न गरेकी छिन् । जवाफमा आमाले आफूले विगतदेखि नै काँग्रेसमा भोट हाल्दै आएकाले यस पटक पनि त्यसै गर्ने बताउँछिन् । त्यसपछि ती युवतीले सरकारले यस पटक काङ्ग्रेसको ‘रुख’ र एमालेको ‘सूर्य’ दुवै चुनाव चिह्न परिवर्तन गरेर ‘घण्टी’ बना...
त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, २३ घाइते

त्रिशूलीमा बस खस्दा १७ जनाको मृत्यु, २३ घाइते

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस सोमबार बिहान त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु भएको छ। धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौदी नजिक चाइनाधाराबाट करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूली नदीमा खसेको हो। जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार दुर्घटनामा १७ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये ४ महिला र १३ पुरुष रहेका छन्। राजमार्ग उद्धार व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ठकुरीका अनुसार घाइते भएका २३ जनालाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ। घटनालगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीले संयुक्त रूपमा उद्धार कार्य गरिरहेका छन्। रातिको समय भएकाले उद्धार कार्यमा केही कठिनाइ भइरहेको जनाइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको...
मेल्लेखका आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता- एमाले उम्मेदवार दिपक साउँद

मेल्लेखका आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता- एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अछाम–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदले मेल्लेखको पक्षमा विगतमा निर्वाचित जनप्रतिनिधिहरूले संसदमा प्रभावकारी आवाज नउठाएको आरोप लगाएका छन्। मेल्लेख गाउँपालिकाको मेल्लेखमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै साउँदले घरदैलो अभियानका क्रममा जनताबाट यस्तो गुनासो व्यापक रूपमा आएको बताए। “जनताले आफूलाई प्रश्न सोधेका छन्- अहिलेसम्म जितेर गएका जनप्रतिनिधिले मेल्लेखका लागि संसदमा एक शब्द पनि बोलेनन्,” उनले भने। उनले मेल्लेखलाई चुनावका बेला मात्र सम्झिने र निर्वाचित भएपछि बिर्सिने प्रवृत्ति अन्त्य हुनुपर्ने उल्लेख गर्दै नेताहरूले बारम्बार जनतालाई झुक्याउँदै आएको आरोप लगाए। अब जनता सचेत भएर साँचो जनसेवक छान्नुपर्ने समय आएको उनको भनाइ थियो। साउँदले आफू निर्वाचित भए जनस्तरमै बसेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मेल्लेखका आधारभूत आवश्यकता पूरा गर्न...
आगलागीबाट ध्वस्त मष्टा बण्डाली मन्दिरको उम्मेदवार साउँदद्वारा निरीक्षण, पुनःनिर्माणका लागि पहल गर्ने

आगलागीबाट ध्वस्त मष्टा बण्डाली मन्दिरको उम्मेदवार साउँदद्वारा निरीक्षण, पुनःनिर्माणका लागि पहल गर्ने

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार दिपक साउँदले आगजनीबाट पूर्णरूपमा क्षतिग्रस्त बनेको मन्दिरको स्थलगत निरीक्षण गरेका छन्। अछाम क्षेत्र नं-१ का नेकपा एमालेका उम्मेदवार साउँद घरदैलो तथा मतदातासँग भेटघाटका क्रममा मेल्लेख गाउँपालिका- ५ रोकाया गाउँ, महरबाडामा रहेको मष्टा बण्डाली मन्दिर (माणु) पुगेर क्षतिको अवस्थाबारे जानकारी लिएका हुन्। स्थानीयका अनुसार फागुन २ गते अज्ञात व्यक्तिले आगो लगाउँदा खरले छाएको उक्त मन्दिर पूर्णरूपमा जलेर नष्ट भएको थियो। आगलागीबाट मन्दिरभित्र रहेका धार्मिक सामग्री, प्राचीन तथा पुरातात्त्विक महत्वका वस्तु र देवद्रव्यसमेत जलेर नष्ट भएको स्थानीय मीन महरले जानकारी दिए। चुनावी आमसभा सम्बोधनका लागि मेल्लेख पुगेका साउँदले मन्दिर निरीक्षणपछि आगजनी जस्तो कार्य निन्दनीय र गलत भएको बताए। “धार्मिक आस्थामाथि प्रहार गर्ने कुनै पनि गतिविधि स्वीकार्य...
जनताको घरआँगनमा उम्मेदवार साउँद, एकै दिन ४ वटा आमसभा सम्बोधन

जनताको घरआँगनमा उम्मेदवार साउँद, एकै दिन ४ वटा आमसभा सम्बोधन

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- दिपक साउँद यतिबेला अछाम क्षेत्र नं- १ का जनताको घरआँगनमा पुगेर मत माग्न व्यस्त छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका साउँद फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई तीव्रता दिएका हुन्। चुनावी कार्यक्रममा व्यस्त साउँदले सनिवार मात्रै छुट्टाछुट्टै ४ वटा आमसभा सम्बोधन गरेका छन् । साफेबगर नगरपालिकाको सिद्देश्वर, मष्टामाण्डु, मेल्लेख गाउँपालिकाको नन्देगडा र रामारोशन गाउँपालिका-१ को मलातिकोटमा आयोजित आमसभा सम्बोधन गरेका हुन् । सभामा देखिएको जनसहभागिता र उत्साहले यी क्षेत्रको चुनावी माहोल दिपकको पक्षमा मजबुत बन्दै गएको संकेत गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै साउँदले यी क्षेत्रमा देखाएको विश्वास, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै भने, यहाँको जनलहरले मेरो जित सुनिश्चित भएको अनुभूति गराएको छ। जनताको अपेक्षा र विश्वासल...
चुनावी माहोलमा नयाँ शैली,  साउँदले देखाए राजनीतिक संस्कार

चुनावी माहोलमा नयाँ शैली, साउँदले देखाए राजनीतिक संस्कार

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम - दिपक साउँदले चुनावी अभियानका क्रममा राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गरेका छन्। अछाम- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार साउँद शुक्रबार साफेबगर नगरपालिकास्थित आफ्नै प्रतिस्पर्धीहरूको घरमा पुगेर मत मागेका हुन्। चुनावी घरदैलो अभियानमा व्यस्त साउँद नेपाली काँग्रेसका उम्मेदवार भरत स्वार र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. भीम रावलको निवासमै पुगेर मत मागेका थिए। घरदैलोपछि साउँदले भने, “मैले मेरा प्रतिस्पर्धी ज्यूकै घरमा पुगेर राजनीतिक संस्कार अनुसार मत मागेको छु। मेरो वास्तविक प्रतिस्पर्धी उहाँहरू होइनन्, अभाव, गरिबी, भ्रष्टाचार र विभेद हुन्। साउँदका अनुसार भरत स्वारकी धर्मपत्नीले अबिर, फूलमाला सहित स्वागत गर्दै विजयको शुभकामना तथा आशिर्वाद दिएकी थिइन्। उनले यसलाई लोकतान्त्रिक संस्कार र पारस्परिक सम्मानको उदाहरणका रूपमा लिएका छन्। यता, भीम रावलको घरमा भने कोही नभे...
जनताको स्वास्थ्यप्रति संवेदनशील उम्मेदवार साउँद, बिरामीको अवस्था बुझ्न अस्पताल पुग्दा

जनताको स्वास्थ्यप्रति संवेदनशील उम्मेदवार साउँद, बिरामीको अवस्था बुझ्न अस्पताल पुग्दा

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमालेका तर्फबाट अछाम क्षेत्र नं- १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँदले बिरामीसँग भेटघाट गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। चुनावी अभियानका क्रममा व्यस्त रहेका साउँद शुक्रबार बयालपाटा प्रादेशिक अस्पताल पुगेर उपचाररत बिरामीहरूलाई भेट्नुभएको हो। उहाँले अस्पतालका विभिन्न वार्डमा पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनीहरूले उपचारका क्रममा भोग्नु परेका समस्या र सेवासम्बन्धी गुनासाहरू पनि सुन्नुभएको थियो। भेटघाटका क्रममा साउँदले बिरामीहरूको मनोबल उच्च राख्न आग्रह गर्दै छिटो स्वास्थ्य सुधारको कामना गर्नुभयो। उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले ग्रामीण भेगका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिनुभयो। अस्पतालमा उपचाररत सबै बिरामीलाई व्यक्तिगत रूपमा भेट्दै साउँदले उपचार सेवामा देखिएका कमी–क...
भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद

भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- दिपक साउँदले अछामवासी जनता भूगोलले नभई गलत नेतृत्वका कारण पछि परेको बताएका छन्। अछाम क्षेत्र नं-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले जिल्लाको साफेबगर नगरपालिका- १२ बल्यालत मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्। सभामा बोल्दै उनले बारम्बार निर्वाचित भएर सत्तामा पुगेका नेताहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् । “हामी भूगोलबाट होइन, नेता तथा जनप्रतिनिधिबाट ठगिएका हौं,” उनले भने, “हाम्रो भूगोल अथाह सम्भावनाले भरिएको छ, आत्मनिर्भर बन्न सक्ने आधार छ, तर सही प्रतिनिधित्व नहुँदा नागरिक अपेक्षाअनुसार विकास हुन सकेन। साउँदले अछाम भौगोलिक रूपमा धनी जिल्ला भएको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। उनले ग्रामीण चौखुट्टे-रामारोशन सडक स्तरोन्नति गर्ने, खप्तड जाने सडक निर्माण गरी छोटो दूरीमा आवागमनको व्यव...
धनगढीदेखि गृहजिल्ला बझाङ सम्म ऐन महर जिताऔँ अभियान तिब्र ! कैलाली सम्पर्क मन्च द्वारा १२ वटै पालिकामा जिम्मेवारी

धनगढीदेखि गृहजिल्ला बझाङ सम्म ऐन महर जिताऔँ अभियान तिब्र ! कैलाली सम्पर्क मन्च द्वारा १२ वटै पालिकामा जिम्मेवारी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
कैलाली : नेकपा एमाले बझाङबाट प्रतिनिधि सभाका उम्मेदवार युवा ऐन महर लाई आसन्न निर्वाचन फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा अत्यधिक मतका साथ विजयी गराउनका निमित्त नेकपा एमाले बझाङ–कैलाली (धनगढी) सम्पर्क मञ्च द्वारा विशेष सहजीकरण/प्रबन्ध गरिएको छ। बझाङबासी हाल विभिन्न उद्देश्यले कैलाली (धनगढी) मा बसोबास गरिरहनु भएका सम्पूर्ण मतदाताहरुलाई धनगढीदेखि बझाङसम्म जान सहज होस भन्ने उदेश्य ले प्रतेक पालिका मा जिम्मेवारी दिइएको हो । सम्पर्क का लागि तपसिल बमोजिम गर्न सकिने छ । तपसील १) बित्थडचिर गाउँपालिका मुकेश स्याडा : 9868854121 दान बिस्ट : 9863359926 २) केदारस्यु गाउँपालिका भुवन सिंह धामी : 9848693458 ३) तलकोट गाउँपालिका राजेन्द्र रोकाया : 9700967946 सरस्वती धामी : 9848512216 ४) जयपृथ्वी नगरपालिका ऐन बहादुर सिंह : 9848484768 सत्य राज स्नेही : 9848427534 ५) मष्टा गाउँपालिका आ...
बेंगलोरबाट प्रवासी नेपाली बझाङ फर्किए, एमाले उम्मेदवार ऐन महरलाई समर्थन

बेंगलोरबाट प्रवासी नेपाली बझाङ फर्किए, एमाले उम्मेदवार ऐन महरलाई समर्थन

Breaking News 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति
भारत/बेंगलोर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतको बेंगलोरमा कार्यरत प्रवासी नेपालीहरू स्वदेश फर्किएका छन्। उनीहरूले बझाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि ऐन महर लाई समर्थन जनाउँदै मतदान गर्न नेपाल फर्किएको बताएका छन्। रोजगारका सिलसिलामा बेंगलोरमा बसोबास गर्दै आएका युवाहरूको एक समूहले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्ने उद्देश्यले घर फर्किएको जनाएको छ। उनीहरूले “देशको विकास र समृद्धिका लागि सही नेतृत्व आवश्यक रहेको” भन्दै एमाले उम्मेदवार महरप्रति आफ्नो विश्वास रहेको बताए। यसअघि पनि विभिन्न निर्वाचनमा प्रवासबाट मत हाल्न स्वदेश फर्किने क्रम देखिएको भए पनि यस पटक संख्या उल्लेख्य रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज