Advertisement

भूगोल होइन, नेताबाट ठगिएका हौं- एमाले उम्मेदवार दिपक साउँद

Advertisement

अछाम- दिपक साउँदले अछामवासी जनता भूगोलले नभई गलत नेतृत्वका कारण पछि परेको बताएका छन्। अछाम क्षेत्र नं-१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले जिल्लाको साफेबगर नगरपालिका- १२ बल्यालत मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
सभामा बोल्दै उनले बारम्बार निर्वाचित भएर सत्तामा पुगेका नेताहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् ।

“हामी भूगोलबाट होइन, नेता तथा जनप्रतिनिधिबाट ठगिएका हौं,” उनले भने, “हाम्रो भूगोल अथाह सम्भावनाले भरिएको छ, आत्मनिर्भर बन्न सक्ने आधार छ, तर सही प्रतिनिधित्व नहुँदा नागरिक अपेक्षाअनुसार विकास हुन सकेन।
साउँदले अछाम भौगोलिक रूपमा धनी जिल्ला भएको उल्लेख गर्दै कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने बताए। उनले ग्रामीण चौखुट्टे-रामारोशन सडक स्तरोन्नति गर्ने, खप्तड जाने सडक निर्माण गरी छोटो दूरीमा आवागमनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सेती लोकमार्गले खोलेका सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने योजना पनि उनले अघि सारिने बताए ।
नगरपालिकाको सबैभन्दा उच्च स्थानमा रहेको वडा नं- १२ खप्तड क्षेत्रसँग जोडिएको उल्लेख गर्दै उनले उक्त क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने बताए।
पर्यटन प्रवर्द्धनमार्फत स्थानीय युवालाई रोजगारीसँग जोड्ने, बढ्दो बसाइँसराइ रोक्ने तथा गाउँमै आयआर्जनका अवसर सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको उनले स्पष्ट पारे।
साथै, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँच विस्तार गर्दै नागरिकको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै साउँदले आफूलाई एक पटक अवसर दिन मतदातासँग आग्रह गरे।
सभामा स्थानीय बासिन्दाले सडक, रोजगारी र सेवा-सुविधाको अभावका विषयमा गुनासा राखेका थिए। उम्मेदवार साउँदले ती समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

प्रवासी नेपालीको विश्वास जित्दै केन्द्रीय सदस्य बने जनेश्वर जोशी

बेङ्लोर/भारत: प्रवासमा रहेर पनि मातृभूमिप्रतिको माया, नेपाली समुदायप्रतिको समर्पण र निरन्तर सामाजिक सक्रियताका कारण परिचित सुदूरपश...
सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

सवारी दुर्घटना बढेपछि बझाङमा ट्राफिक निगरानी कडा, अनधिकृत सिट तथा हुट र कालो स्टिकर हटाइदैँ

बझाङ- जिल्लामा सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले सवारीसाधनको सुरक्षा व्यवस्थापनमा कडाइ गरेको छ। ट्र...
धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज