Advertisement

काङ्ग्रेस-एमालेको चुनाव चिन्ह फेरिएर घण्टी बनेको भन्दै बनाइएको भ्रामक भिडिओ भाइरल

Advertisement

नेपाली काङ्ग्रेस र नेकपा (एमाले) लगायतका पुराना राजनीतिक दलहरूको चुनाव चिह्न फेरिएर ‘घण्टी’ बनेको भन्दै सामाजिक सञ्जालमा एउटा भ्रामक भिडिओ भाइरल बनेको छ । फेसबुक प्रयोगकर्ता प्रियाशा ज्ञवालीले सोमबार आफ्नी आमासँग गरेको भिडिओ कलको स्क्रिनरेकर्ड सार्वजनिक गरेपछि उक्त भ्रामक सामग्री भाइरल बनेको हो ।
समाचार तयार पार्दासम्म उक्त भिडिओलाई १३ लाखभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा १ लाख ८ हजारभन्दा बढी रियाक्सन, २ हजार १०० भन्दा बढी कमेन्ट आएका छन् र १ हजार ६०० भन्दा बढी पटक शेयर गरिएको छ ।
५९ सेकेन्ड लामो उक्त भिडिओमा युवतीले आफ्नी आमालाई ‘यस पटक भोट केमा दिने ?’ भन्दै प्रश्न गरेकी छिन् । जवाफमा आमाले आफूले विगतदेखि नै काँग्रेसमा भोट हाल्दै आएकाले यस पटक पनि त्यसै गर्ने बताउँछिन् । त्यसपछि ती युवतीले सरकारले यस पटक काङ्ग्रेसको ‘रुख’ र एमालेको ‘सूर्य’ दुवै चुनाव चिह्न परिवर्तन गरेर ‘घण्टी’ बनाएको भन्दै आमालाई झुक्याउँछिन् ।छोरीको भ्रामक कुरा सुनेपछि चुनाव चिह्न फेरिएको विषय आफूलाई थाहा नभएको बताउँदै ती वृद्ध आमा छोरीको कुरामा पूर्ण रूपमा विश्वस्त सुनिन्छिन् । ‘रुख’ले जित्ने आशामा उनले यस पटक ‘घण्टी’मा भोट हाल्ने र अरूलाई पनि त्यही सुझाव दिने बताउँछिन् ।

साथै, घण्टीले जितेको खण्डमा आफूहरू भारतबाट नेपाल फर्किने कुरा समेत भिडिओमा छोरीले बताएकी छिन् । भिडिओको अन्त्यसम्ममा आमा उक्त भ्रममा पूर्ण विश्वस्त भएको देखाइएको छ ।

यो भिडिओ सामाजिक सञ्जालमा फैलिएसँगै प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले युवतीको कदमलाई समर्थन गरेका छन् भने अधिकांशले यसको आलोचना गरेका छन् । मतदान गर्नु नागरिकको व्यक्तिगत अधिकार भएको उल्लेख गर्दै आलोचकले एउटा पार्टीमा आस्था राख्ने व्यक्तिलाई चुनाव चिह्न नै फेरियो भनेर भ्रममा पारेर भोट हाल्न लगाउनु गलत भएको औँल्याएका छन् ।

त्यस्तै केही प्रयोगकर्ताले भने आमालाई झुट बोलेर भ्रममा पार्नुको सट्टा नयाँ पार्टीका राम्रा एजेन्डा र विषयबारे बुझाएर आस्था परिवर्तन गराउन वा नयाँ पार्टीमा आबद्ध गराउन सकिने भन्दै सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।...
आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बद...
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरु...
डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज