Advertisement

चुनावी माहोलमा नयाँ शैली, साउँदले देखाए राजनीतिक संस्कार

Advertisement

अछाम – दिपक साउँदले चुनावी अभियानका क्रममा राजनीतिक संस्कारको उदाहरण प्रस्तुत गरेका छन्। अछाम- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार साउँद शुक्रबार साफेबगर नगरपालिकास्थित आफ्नै प्रतिस्पर्धीहरूको घरमा पुगेर मत मागेका हुन्।

चुनावी घरदैलो अभियानमा व्यस्त साउँद नेपाली काँग्रेसका उम्मेदवार भरत स्वार र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. भीम रावलको निवासमै पुगेर मत मागेका थिए।

घरदैलोपछि साउँदले भने, “मैले मेरा प्रतिस्पर्धी ज्यूकै घरमा पुगेर राजनीतिक संस्कार अनुसार मत मागेको छु। मेरो वास्तविक प्रतिस्पर्धी उहाँहरू होइनन्, अभाव, गरिबी, भ्रष्टाचार र विभेद हुन्।

साउँदका अनुसार भरत स्वारकी धर्मपत्नीले अबिर, फूलमाला सहित स्वागत गर्दै विजयको शुभकामना तथा आशिर्वाद दिएकी थिइन्। उनले यसलाई लोकतान्त्रिक संस्कार र पारस्परिक सम्मानको उदाहरणका रूपमा लिएका छन्।

यता, भीम रावलको घरमा भने कोही नभेटिएको साउँदले बताए। “रावल ज्यूको घरमा कोही भेटिनु भएन, घरदैलो गरेर फर्किएँ,” उनले भने।

प्रतिस्पर्धीकै घरमा पुगेर मत माग्ने कदमले अछामको चुनावी माहोलमा सकारात्मक सन्देश दिएको स्थानीयको भनाइ छ। साउँदको यस कार्यलाई राजनीतिक सभ्यता र सहिष्णुताको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज