Advertisement

ताजा अपडेट

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले ३० हजार हस्तान्तरण गरेका छन !

रोयल युनाइटेट युथ पावर कप को प्रथम पुरस्कार दिपेन्द्र गिरि ले ३० हजार हस्तान्तरण गरेका छन !

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालि जिल्ला को गौरिगङ्गा नगरपालिका अण्डैया मा जारि रोयल युनाइटेड युथ पावर ले आयोजना गरेको २०८२ प्रथम फुटवलकप शिवशक्ति युथ कल्ब रत्तिपुर ले हात पारेको छ । say no to drugs say yas to life भन्ने नारा का साथ आदर्श सुधार केन्द्र को आयोजना मा सुरुवाद भएको सो खेल मा जिल्ला भरि बाट १६ वटा टिम ले भाग लिएका थिए भने उकृष्ट प्रदर्शन गर्दै संघर्शसिल गाउले युथ क्लब र शिवशक्ती युथ क्लब फाइनल प्रबेश गरेका थिए । हिजो भएको अन्तिम खेल मा शिवशक्तिले एक गोल गर्दै ट्रफि उचालेको थियो , प्रथम पुरस्कार तिस हजार थियो । भने दोस्रो हुने लाइ आदर्श सुधार केन्द्र ले पन्ध्र हजार हस्तान्तरण गरेको थियो प्रथम हुनेलाइ समाजसेवि युवा नेता पुर्व खेलाडि खेल प्रेमि नेपाल खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरिले आफ्नो ब्याक्तिगत तर्फ बाट रु ३० हजार हस्तान्तरण गरेका छन ।...
समृद्ध अछाम, सम्मानित नागरिक लक्ष्यसहित दिपक साउँदको घोषणापत्र सार्वजनिक

समृद्ध अछाम, सम्मानित नागरिक लक्ष्यसहित दिपक साउँदको घोषणापत्र सार्वजनिक

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमाले अछाम क्षेत्र नं-१ का उम्मेदवार दिपक साउँदले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् सोमबार साउँदले ५ बर्षका लागी आफ्नो विस्तृत घोषणापत्र तथा विकास प्रतिबद्धता सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै साउँदले अछामलाई गरिबी, पछौटेपन र बेरोजगारीबाट मुक्त गरी “समृद्ध अछाम, सम्मानित नागरिक” निर्माण गर्ने लक्ष्यसहित स्पष्ट कार्ययोजना अघि सारेका छन्। उनले आगामी निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रियता, सुशासन र विकासको दिशामा ऐतिहासिक अवसर भएको बताएका छन्। सुशासन र भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ साउँदले सार्वजनिक प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गरेका छन्। “भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ र सहन्नँ” भन्ने अडानसहित जनताको पैसाको हिसाब जनतामाझै सार्वजनि...
जिल्लाका ठूला नेताबाट आशिर्वाद लिँदै चुनावी मैदानमा उत्रिए एमाले उम्मेदवार दिपक साउँद

जिल्लाका ठूला नेताबाट आशिर्वाद लिँदै चुनावी मैदानमा उत्रिए एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार दिपक साउँद ले जिल्लाका विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरूबाट आशिर्वाद ग्रहण गर्दै आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका छन्। साफेबगर नगरपालिकाबाट साउँदले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका चुनावी कमाण्डर गोविन्द बहादुर शाह र पूर्वमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका चुनावी कमाण्डर शेरबहादुर कुँवरसँग आज बिहान भेट गरी शुभकामना तथा आशिर्वाद ग्रहण गरेका हुन्। फरक दलका वरिष्ठ नेतासँग भएको यो भेटघाटलाई जिल्लाको समग्र विकासका लागि दलभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धताको संकेतका रूपमा हेरिएको छ। राजनीतिक वृत्तका अनुसार यसले साउँदको अभियानलाई थप विश्वसनीयता र ऊर्जा दिएको छ। साउँदले आफ्नो पहिलो चुनावी सभा चौरपाटी गाउँपालिकाको सोकटबाट सुरु गर्ने भएका छन्। उक्त सभाबाट उनले जिल्लाका समस्या, आवश्यक...
अछाममा राजनीतिक हलचल: पूर्व राज्यमन्त्री मिना साउँदसहित ७५ भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित

अछाममा राजनीतिक हलचल: पूर्व राज्यमन्त्री मिना साउँदसहित ७५ भन्दा बढी नेताकार्यकर्ता एमालेमा समाहित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- चुनाव नजिकिँदै जाँदा अछामको राजनीतिक माहोल झनै तातिएको छ। यही क्रममा सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व राज्यमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य मिना साउँदसहित ७५ भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन्। केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न संगठनमा आवद्ध प्रभावशाली व्यक्तिहरू एकैसाथ एमालेमा प्रवेश गरेपछि अछामको राजनीतिक समीकरणमा उल्लेख्य फेरबदल आएको छ। यो घटनालाई अछाम क्षेत्र नम्बर- १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार रहेका डा. भीम रावलका लागि चुनावकै मुखमै ठूलो धक्काका रूपमा लिइएको छ। लामो समयदेखि स्थापित नेताका रूपमा परिचित रावलका आफ्नै राजनीतिक आधार क्षेत्रबाट नेताहरू बाहिरिन थालेपछि उनको लागि परिस्थिति चुनौतीपूर्ण बनेको विश्लेषण हुन थालेको छ। यता, एमाले उम्मेदवार दिपक साउँद का लागि भने यो समाहित अभियानले थप ऊर्जा र मनोबल ...
बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

बुंगलमा ऐन महरको शक्ति प्रदर्शनः घरदैलोमा थामिनसक्नु भीड

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः बझाङको बुंगल नगरपालिका आज असाधारण राजनीतिक माहोलले तातेको छ । प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तथा नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले बुंगलमा प्रबेस गरि दहबगरबाट घरदैलो अभियान सुरु गर्न पुगेसँगै स्थानीय बासिन्दाको उत्साह देखेर समर्थकहरू नै चकित परे । बिहानैदेखि सडक, गल्ली र चौतारीहरूमा जम्मा भएको भीडले बुंगलमा चुनावी तापमान कति माथि पुगेको छ भन्ने संकेत दिएको छ । दहबगरबाट सुरु गरिएको घरदैलो अभियान सामान्य कार्यक्रम जस्तो देखिएन । स्थानीय युवा, महिला, ज्येष्ठ नागरिकदेखि पहिलो पटक मतदान गर्ने मतदातासम्मको बाक्लो उपस्थिति थियो । धेरैले हात मिलाउँदै, फूलमाला लगाउँदै र नाराबाजी गर्दै स्वागत गरेका दृश्यहरूले बुंगलमा महरप्रतिको समर्थन खुलेर देखिएको समर्थकहरूको दाबी छ । कतिपय स्थानमा त घरदैलो टोली अघि बढ्नै नसक्ने गरी भीड जम्मा भएको बताइएको छ । २०७९ सालको निर्वाचनमा झिनो ९९८ मतान्...
बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

बझाङमा नयाँ शक्तिप्रति आकर्षण बढ्दै : राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार शैलेस सिंह केन्द्रमा

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङः आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बझाङको राजनीतिक माहोल नयाँ मोडमा देखिन थालेको छ। वर्षौँदेखि एउटै राजनीतिक ध्रुवमा घुमिरहेको जिल्लाको मतदातामा यसपटक परिवर्तनको चाहना स्पष्ट देखिन्छ । विशेषगरी पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै केही मतदाता नयाँ शक्तितर्फ आकर्षित भइरहेको विश्लेषण गरिएको छ । यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शैलेस सिंह यतिबेला चर्चाको केन्द्रमा छन् । सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आफ्ना धारणा राख्दै आएका सिंहले आफू सामान्य परिवारबाट संघर्ष गर्दै व्यवसाय क्षेत्रमा स्थापित भएको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको र शिक्षासँगै विभिन्न क्षेत्रमा लगानी गरी युवालाई रोजगारी सिर्जना गरेको दाबी गर्दै आएका छन् । सिंहले आफ्नो शिक्षण संस्था र व्यवसायमार्फत सयौँलाई रोजगारी दिएको तथा जेहेन्दार विद्यार्...
दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– नौगाड गाउँपालिका वडा नम्बर १ नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने आफ्नो निर्णय यथावत रहने बताएका छन् । स्थानीयबासीलाई फकाउन माघ २४ गते नागु पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली पनि रित्तै फर्किएको छ । सरकारी टोलीले नागुमा नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य र पशु उपचार सेवा लगायतका कार्यक्रम सञ्चालन गरेर दुई दिनसम्म स्थानीयबासीसँग छलफल गरेपनि सार्थकता पाउन सकेन । स्थानीयबासीले विकास निर्माणको लागि लिखित प्रतिबद्धता मागेका यो कुरा आफ्नो तर्फबाट सम्भव नभएका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालले दल्लेख–नागु सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा आफूहरू पुगेको बताउनुभयो । चुनाव बहिष्कारको घोषणापछि सरकारले नागु ...
बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ पबेरामा अवस्थित बोन्ड स्कुल बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा १८औँ वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारी राम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर- १ का वडा सदस्य किसुन लाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा दिपेन्द्र उच्च माध्यमिक विद्यालय, हसुलियाका प्रधानाध्यापक विनोद भट्टराई सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रअ भट्टराईले निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गर्दै कैलारी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बोन्ड स्कुल बोर्डिङ स्कुललाई बधाई दिँदै आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा कैलारी गाउँपालिका स्तरीय बोर्डिङ एसोसिएसनको खेलकु...
शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद

शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाम क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार दिपक साउँदले आफू जनताको शासक होइन, सेवक भएर काम गर्न चाहेको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार- प्रसार अन्तर्गत सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा सोकटमा यस्तो धारणा व्यक्त गरेका हुन्। चौरपाटी गाउँपालिका सोकट गगुडामा आयोजित मतदाता भेटघाट तथा कोणसभामा बोल्दै साउँदले विगतका बारम्बार चुनाव जितेर गएकाहरु सेवम नभई शासक बनेको आरोप लगाए । अब म जनताको सेवक भएर काम गर्न चाहन्छु उनले भने नेता जनसेवक हुनुपर्छ, जनशासक होइन। उनले जनताको आवाज संसदसम्म पुर्‍याउने, स्थानीय समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने, तथा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए। साउँदले अछाम जिल्लामा अझै पनि आधारभूत सेवा, सडक सञ्जाल, खानेपानी, रोजगारी र गुण...
एमाले सक्न खोज्नेहरू आफैँ सकिएर जानेछन्- केन्द्रीय सदस्य कमल तिल्मिसिना

एमाले सक्न खोज्नेहरू आफैँ सकिएर जानेछन्- केन्द्रीय सदस्य कमल तिल्मिसिना

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य कमल तिल्मिसिनाले एमाले सक्न खोज्नेहरू आफैँ समाप्त भएर जाने बताएका छन् । चौरपाटी गाउँपालिका- ३, गगुडामा आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने, “एमाले पटक-पटक सरकारमा पुगेर अवसर पाएका केही व्यक्तिहरू नै आज एमालेविरुद्ध लागिरहेका छन् । तर यस्ता अवसरवादी पात्रहरूलाई अछामी जनताले यहीँ फागुन २१ गते उचित जवाफ दिनेछन् । तिल्मिसिनाले अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक साउँदप्रति अछामी जनता पूर्ण रूपमा विश्वस्त रहेको दाबी गरे । उनले विगतमा पटकपटक जित्दै आएका केही नेताहरू जनताको सेवक नभई ‘जनशासक’ बनेको आरोप लगाउँदै अब जनताले नेतृत्व परिवर्तन चाहेको बताए । “अब जनता शासक होइन, सेवक खोजिरहेका छन् । त्यो आवश्यकता अहिले दिपक साउँदले पूरा गर्न सक्छन्,” उनले भने । तिल्मिसिना...
२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

२०७९ को झिनो हारपछि बझाङमा ऐन महरको पुनरागमन, के भन्छ तथ्यांक ? 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देशको राजनीति फेरि एकपटक तरंगित बनेको छ । राजनीतिक दलहरू पुनः चुनावी मैदानमा उत्रिएका छन् भने जनतामा पनि यसपटकको निर्वाचनप्रति असाधारण चासो देखिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘पुराना शक्ति बनाम नयाँ विकल्प’ को रूपमा हेरिएको छ । यही राष्ट्रिय माहोलबीच सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बझाङमा पनि चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दो छ । भौगोलिक रूपमा दुर्गम, विकासका हिसाबले पछाडि पारिएको र राजनीतिक चेतनाका हिसाबले भने सधैं सचेत मानिने बझाङमा यसपटकको प्रतिस्पर्धा निकै रोचक र अर्थपूर्ण देखिएको छ । मतदाताको मनोविज्ञान बुझ्न २०७९ सालको निर्वाचन परिणामलाई फर्केर हेर्नैपर्ने हुन्छ । २०७९ सालमा बझाङमा कुल १ लाख २६ हजार ९ सय ३ मतदाता रहेका थिए । तीमध्ये प्रत्यक्षतर्फ ६२ हजार १ सय २ मत अर्थात ५०.७५ प्रतिशतले मतदान गरेका थिए । खसेको मतमध्ये ५...
प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न  परिचय

प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न परिचय

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, विचार
परिचय: लोकतान्त्रिक शासन प्रणालीमा विधायिका राज्यको मेरुदण्ड मानिन्छ। नेपालको सन्दर्भमा प्रतिनिधि सभा नीतिनिर्माण, कानुन निर्माण र कार्यपालिकामाथि निगरानी गर्ने सबैभन्दा महत्वपूर्ण संस्था हो। त्यसैले प्रतिनिधि सभाको सदस्य (सांसद) बन्नु केवल राजनीतिक पद प्राप्त गर्नु मात्र होइन, यो गहिरो संवैधानिक, नैतिक र बौद्धिक जिम्मेवारी वहन गर्नु हो। तर पछिल्ला वर्षहरूमा सांसद चयन प्रक्रियाप्रति उठिरहेका प्रश्नहरूले यो पदको गरिमा क्रमशः कमजोर बन्दै गएको संकेत गर्छन्। सैद्धान्तिक पृष्ठभूमि राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी. का अनुसार लोकतन्त्रको गुणस्तर त्यसमा संलग्न नेतृत्वको बौद्धिक क्षमता, अनुभव र नैतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। उहाँको विश्लेषणमा “लोकतन्त्र केवल प्रक्रिया होइन, यो परिपक्व राजनीतिक संस्कृतिको परिणाम हो।” यदि प्रतिनिधि चयनमा योगदान, विचार र अनुभवभन्दा सस्तो लोकप्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज