विश्वकप लिग- २: नेपाल आज अमेरिकासँग भिड्दै, पछिल्ला दुई खेलमा पराजित
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपाल आज अमेरिकासँग भिड्दैछ। खेल दुबईमा बिहान सवा ११ बजे सुरू हुनेछ।
यूएईमा नेपाल, अमेरिका र घरेलु टोली यूएईबीच लिग- २ अन्तर्गतको श्रृंखला जारी छ। श्रृंखलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो। त्यसपछि बिहीबार यूएईसँग भएको खेलमा पनि नेपाल ५ विकेटले हार्यो।
नेपालले श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार यूएईविरुद्ध खेल्नेछ। त्यसपछि टोली स्वदेश फर्कनेछ।
लिग- २ को अंकतालिकामा नेपालले १८ खेलमा १२ अंक जोड्दै सातौं स्थानमा रहेको छ। शीर्ष स्थानमा अमेरिका २२ खेलमा ३२ अंकसहित अग्रस्थानमा छ भने यूएई १८ खेलमा ८ अंकसहित अन्तिम स्थानमा छ।...










