कैलालीको स्याउले बजारमा नाबालिकामाथि बलात्कार गरेको आरोप, होटल सञ्चालक पक्राउ
धनगढी- कैलालीको स्याउले बजारमा रहेको एक होटलका सञ्चालक नाबालिकामाथि बलात्कार आरोपमा पक्राउ परेका छन्। गोदावरी नगरपालिका–८ स्थित काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँदलाई नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।
सोही होटलमा काम गर्दै आएकी नाबालिकाले पुस १५ गते राति आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएपछि शनिबार साउँदलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार घटनापछि भोलिपल्टै पीडितको उजुरीका आधारमा साउँदविरुद्ध मुद्दा दर्ता गरिएको हो। प्रारम्भिक अनुसन्धानमा पुस १५ गते रातिको समयमा होटलभित्रै साउँदले नाबालिकामाथि बलात्कार गरेको देखिएको प्रहरीले जनाएको छ।
पीडित नाबालिकाको नवजीवन अस्पताल र अत्तरिया अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ भने घटनाबार...











