कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
२०८१ चैत्र २८, बिहीबार ०७:०१२०८१ चैत्र २८, बिहीबार ०७:०१२०८१ चैत्र २८, बिहीबार ०७:०१ by कामना संवाददाताNo Comments
बझाङ— बझाङको वित्थडचिर गाउँपालिका–३ मा बुधबार साँझ चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पानीसँगै आएको चट्याङ लाग्दा ७८ वर्षीय धौली बोहराको मृत्यु भएको हो।
घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।...
२०८१ चैत्र २८, बिहीबार ०६:५५२०८१ चैत्र २८, बिहीबार ०६:५५२०८१ चैत्र २८, बिहीबार ०६:५५ by कामना संवाददाताNo Comments
इजरायली हवाई आक्रमणमा गाजाको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा धेरै मानिस घाइते भएका गाजाका सिभिल डिफेन्सका प्रवक्ता महमूद बसलले बताए ।
इजरायलले नागरिकका घरलाई लक्षित गर्दै आक्रमण गरेपछि त्यस क्षेत्र पुरै नष्ट भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
योसँगै गएको २४ घण्टामा अस्पतालमा ३६ वटा शव ल्याइएका गाजा स्वास्थ्य अधिकारीले बताएका छन् । यसैबीच गाजाका स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रमा लगभग ६० हजार बालबालिकामा कुपोषणको समस्यामा रहेका बताएका छन् ।
यो सङ्कट इजरायलले जारी राखेको नाकाबन्दीका कारण उत्पन्न भएको हो, जसले खाद्यान्न, मानवीय सहायता र चिकित्सा आपूर्ति गाजामा प्रवेश गर्न रोकिएको छ ।
गाजामा रहेको स्वास्थ्य अधिकारीहरूले नाकाबन्दीले अत्यावश्यक पोषण र स्वास्थ्य सेवामा गम्भीर प्रतिबन्ध लगाएको बताएका छन्, जसले ग...
२०८१ चैत्र २८, बिहीबार ०६:४८२०८१ चैत्र २८, बिहीबार ०६:४८२०८१ चैत्र २८, बिहीबार ०६:४८ by कामना संवाददाताNo Comments
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिका–९ स्थित पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा बुधबार साँझको वर्षापछि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
यसैगरी, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खसेपछि सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जानकारी दिएको छ।
सडक अवरुद्ध भएपछि यातायात सञ्चालनमा समस्या भएको र सडक खुलाउनका लागि जेसीबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताएका छन्।
प्रशासनका अनुसार पहिरो पन्छाउने प्रयास भइरहेको छ भने यात्रुहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।...
२०८१ चैत्र २७, बुधबार २१:२६२०८१ चैत्र २७, बुधबार २१:२६२०८१ चैत्र २७, बुधबार २१:२६ by कामना संवाददाताNo Comments
धनगढी— कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बुधबार मृत फेला परेका व्यक्तिको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको पाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा ती पुरुषको शव फेला परेको हो।
ढुङ्गाले टाउकोको बायाँ भागमा प्रहार गरी आँखा समेत फुटाइएको अवस्थामा शव भेटिएकाले अनुहार पहिचान गर्न नसकिने प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए।
अन्दाजी ३५–४० वर्ष उमेरका देखिने ती पुरुषको परिचय खुलेको छैन। शव नजिकै रगत लागेको ढुङ्गा फेला परेको छ भने लुगाबाहेक अन्य कुनै सामान भेटिएको छैन।
शव मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा भेटिए पनि हत्या मन्दिरभित्रै भएको प्रहरीको अनुमान छ। शव भेटिएको स्थानभन्दा करिब २० मिटर टाढा मन्दिरको प्राङ्गण रगताम्मे अवस्थामा रहेको र मन्दिरबाट शव तानेर तल फालिएको जस्तो देखिएको थापाले बताए।
प्रहरीले शव परीक्षणका लागि सेती...
२०८१ चैत्र २७, बुधबार २१:१५२०८१ चैत्र २७, बुधबार २१:१५२०८१ चैत्र २७, बुधबार २१:१५ by कामना संवाददाताNo Comments
काठमाडौं— शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ सरकारले बोलाएको वार्तामा सहभागी हुने भएको छ। महासंघका अनुसार भोलि (बिहीबार) वार्ताका लागि सहभागी हुने निर्णय अन्तिम चरणमा पुगेको छ।
महासंघका एक पदाधिकारीका अनुसार हाल को-को वार्तामा सहभागी हुने र कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय गर्न बैठक चलिरहेको छ। उनले भने, "शिक्षा सचिवको पत्र आएको छ। अब कसरी वार्तामा जाने भन्नेबारे छलफल गरिरहेका छौं।"
आन्दोलन परिचालन समितिकी संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले महासंघ भित्र आन्तरिक छलफल भइरहेको जानकारी दिइन्। शिक्षा मन्त्रालयका एक अधिकारीले पनि शिक्षक महासंघले वार्तामा बस्ने तयारी गरेको पुष्टि गरेका छन्। "भोलि उहाँहरूले वार्तामा सहभागी हुने जानकारी दिनुभएको छ," ती अधिकारीले भने।
नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौंमा विभिन्न प्रकारका सांकेतिक...
२०८१ चैत्र २७, बुधबार २०:०४२०८१ चैत्र २७, बुधबार २०:०४२०८१ चैत्र २७, बुधबार २०:०४ by कामना संवाददाताNo Comments
बझाङ- बझाङको थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको छ।
नेपाल सरकारको "क्षयरोग अन्त्य राष्ट्रिय रणनीति" अन्तर्गत थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको हो ।
चैत्र २६ गते वडा नं. २ र ४ मा १ सय ४७ जनाको स्क्रिनिङ गर्दा १६ जनामा क्षयरोगको सम्भावना देखिएको र ती सबैको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ।
त्यस्तै, चैत्र २७ गते वडा नं. ३ र ८ मा गरिएको ३३९ जनाको स्क्रिनिङमा १० जनामा क्षयरोगको सम्भावना पाइएपछि उनीहरूलाई थप परीक्षणका लागि सिफारिस गरिएको छ।
अभियानका संयोजक दिलीप ओलीका अनुसार, खोजपड्ताल अभियान चैत्र २९ गतेसम्म पालिकाका अन्य वडाहरूमा पनि निरन्तर जारी रहनेछ।
यही अभियानको निरन्तरत...
२०८१ चैत्र २७, बुधबार ०८:४३२०८१ चैत्र २७, बुधबार ०८:४३२०८१ चैत्र २७, बुधबार ०८:४३ by कामना संवाददाताNo Comments
कञ्चनपुर - महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ।
गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० भत्काएको थियो। उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन। बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ।
महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए। बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन्। स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालय...
२०८१ चैत्र २७, बुधबार ०७:३७२०८१ चैत्र २७, बुधबार ०७:३७२०८१ चैत्र २७, बुधबार ०७:३७ by कामना संवाददाताNo Comments
काठमाडौँ — भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ।
पन्जाबले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि डेभन कनवेले सर्वाधिक ६९ रन बनाए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। ओपनर प्रियान्श आर्याले उत्कृष्ट प्रदर्शन गर्दै १०३ रनको शतक प्रहार गरेका थिए।
यो जितसँगै पन्जाबले चार खेलमा ६ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ। चेन्नई भने पाँच खेलमा २ अंकसहित नवौं स्थानमा झरेको छ।
पहिलो खेलमा लखनउको रोमाञ्चक जित
आईपीएल अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ।
२३९ रनको कठिन लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर ...
२०८१ चैत्र २७, बुधबार ०७:२१२०८१ चैत्र २७, बुधबार ०७:२१२०८१ चैत्र २७, बुधबार ०७:२१ by कामना संवाददाताNo Comments
अछाम— अछाममा दृष्टिविहीन महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। रामारोशन गाउँपालिका–५ का ५१ वर्षीय चेतमान रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार २१ वर्षीया जन्मजात दृष्टिविहीन महिलामाथि करणी गरिएको उजुरी प्राप्त भएपछि रोकायालाई पक्राउ गरिएको हो।
प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण गर्दा उनी २८ हप्ताको गर्भवती रहेको पुष्टि भएको छ।
पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाबाट अपांग छन्। दुवै अपांगता भएका व्यक्ति विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा रोकायाले डर र धम्की देखाएर करणी गरेको आशंका प्रहरीको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
२०८१ चैत्र २७, बुधबार ०७:१३२०८१ चैत्र २७, बुधबार ०७:१३२०८१ चैत्र २७, बुधबार ०७:१३ by कामना संवाददाताNo Comments
बैतडी— बैतडीको शिवनाथ गाउँपालिका–१ मटेलामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन्। ३९ वर्षीया विन्दरा साउँद मंगलबार दिउँसो १ बजे स्थानीय जंगलमा बाख्रा चराउँदै गर्दा चितुवाले आक्रमण गरेको हो।
स्थानीय दशरथ चाडका अनुसार चितुवाले सुरुमा बाख्रामाथि आक्रमण गरेपछि साउँदमाथि झम्टिएको थियो। घटनाका बेला उनीसँगै रहेका अन्य गोठालाहरुले होहल्ला गरेपछि चितुवा भागेको थियो।
आक्रमणबाट साउँदको टाउको, मुख र गर्धनमा चोट लागेको र उनलाई थप उपचारका लागि भारतको लुवाघाट लगिएको चाडले जानकारी दिए।
चितुवाको आक्रमणपछि स्थानीयबासी त्रसित बनेका छन्। तल्लो सौराड क्षेत्रमा २०६८ सालदेखि नै बेलाबेला चितुवाले मानिसमाथि आक्रमण गर्ने घटना दोहोरिंदै आएको छ।...
२०८१ चैत्र २७, बुधबार ०६:५८२०८१ चैत्र २७, बुधबार ०६:५८२०८१ चैत्र २७, बुधबार ०६:५८ by कामना संवाददाताNo Comments
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने द...
२०८१ चैत्र २७, बुधबार ०६:५३२०८१ चैत्र २७, बुधबार ०६:५३२०८१ चैत्र २७, बुधबार ०६:५३ by कामना संवाददाताNo Comments
अछाम- अछामको बान्नीगढी जयगढ गाँउपालिका ३ मा रहेको जयगढ बजारमा भिषण आगलागी हुँदा ७ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट १२ घर र १७ पसल जलेर नष्ट भएका छन्।
एकिन विवरण आउन सकेको छैन आगलागीबाट सो वरावरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी भण्डारीले जानकारी दिए । ढुङगा माटोले वनाएको १० घर २ आरसीसी वाला घर र कच्ची टिनले वनाएको १७ पसल आगलागीबाट पुर्णरुपमा क्षति भएकोे उनले बताए । आगो नियन्त्रण भने साढे १२ बजे आएको उनले बताए ।
हिजो साँझ ७ बजेर २० मिनेटमा दुईवटा ग्यास शुरुमा पड्किएको र त्यसपछि संगै ७ वटा ग्यास पड्किएर आगो फैलिएको भन्ने आफुहरुलाई जानकारी आएको डीएसपी भण्डारीको भनाई छ । नेपाल प्रहरी ,नेपाली सेना , सशस्त्र प्रहरी र स्थानीएको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।...