Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
गणतन्त्रको विकल्प राजतन्त्र होइन : एमाले सचिव लेखराज भट्ट

गणतन्त्रको विकल्प राजतन्त्र होइन : एमाले सचिव लेखराज भट्ट

Breaking News 3, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
धनगढी– नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्र र लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४औं कैलाली जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै भट्टले चिहानमा गइसकेको राजतन्त्र पुनः जीवित हुन नसक्ने धारणा व्यक्त गरे। ‘लोकतन्त्र–गणतन्त्रको विकल्प राजतन्त्र होइन, बरु राजतन्त्रको विकल्प पुनः गणतन्त्र नै हो,’ उनले भने। भट्टले वर्तमान व्यवस्थामा कमजोरी भए सुधार गर्नुपर्ने बताए। उनले राजनीतिक परिवर्तनमा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको स्मरण गराउँदै शिक्षक संगठनको इतिहास गौरवपूर्ण रहेको उल्लेख गरे। ‘लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याउँदा शिक्षकहरूको योगदान स्मरणीय छ,’ उनले भने। साथै, हाल जारी शिक्षक आन्दोलनको समाधान संवाद र छलफलबाटै खोजिनुपर्ने उनको धारणा थियो।...
क्यान्सर स्क्रीनिङमा सुदूरपश्चिमका ६० महिलामा जोखिम, मुख्यमन्त्रीबाट सहयोगको आश्वासन

क्यान्सर स्क्रीनिङमा सुदूरपश्चिमका ६० महिलामा जोखिम, मुख्यमन्त्रीबाट सहयोगको आश्वासन

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– सुदूरपश्चिम प्रदेशका डडेल्धुरा र अछाम जिल्लामा गरिएको क्यान्सर स्क्रीनिङमा ६० महिलामा स्तन तथा पाठेघरको क्यान्सरको आशंका गरिएको छ। स्वास्थ्य मन्त्रालयको सहयोगमा भक्तपुर क्यान्सर हस्पिटलले चैत २२ गते अछामको रामारोशन–३ मुजाबगरमा शिविर सञ्चालन गरेको थियो। शिविरमा ४१० महिलाको पाठेघरको क्यान्सर जाँच गर्दा २५ जनामा र ५२० जनाको स्तन क्यान्सर स्क्रीनिङ गर्दा ३५ जनामा संक्रमणको आशंका देखिएको हस्पिटलकी प्रशासकीय अधिकृत राजमती गोसाइँले जानकारी दिइन्। अछाममा ११ र १२ वर्षीया दुई बालिका र डडेल्धुरामा १६ वर्षीया किशोरीमा समेत पाठेघरको क्यान्सरको आशंका गरिएको छ। कुल २१ जनाको टोलीले शिविर सञ्चालन गरेको थियो। आशंका गरिएकाहरूलाई निःशुल्क औषधी वितरण गरिएको छ र विस्तृत परीक्षणका लागि अस्पतालले सिफारिससहित व्यवस्था मिलाउने जनाएको छ। यसैबीच, शिविर सम्पन्न गरेर फर्किएको टोलीलाई सुदूरपश्चिमका मुख्य...
माओवादी केन्द्र: सुदूरपश्चिमका सह–इन्चार्ज पद खारेज, नयाँ जिम्मेवारीमा भट्ट र मगर

माओवादी केन्द्र: सुदूरपश्चिमका सह–इन्चार्ज पद खारेज, नयाँ जिम्मेवारीमा भट्ट र मगर

Breaking News 3, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज खराज भट्ट र बिना मगरको पद खारेज गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा चैत १८ र १९ गते बसेको बैठकले अबदेखि प्रदेशमा सह–इन्चार्ज पद नराख्ने निर्णय गरेपछि उक्त पद खारेज गरिएको हो। पद खारेज भएपछि उनीहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यका रूपमा जिम्मेवारी दिइने भएको छ। बैठकले सह–इन्चार्ज पदमा रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयमा निरन्तर सक्रिय राख्ने निर्णय गरेको छ। अबदेखि कार्य विभाजनको जिम्मा प्रदेश समन्वय कार्यालयले लिनेछ। आवश्यक परेमा कार्यालय विस्तार गर्न सकिनेछ भने त्यसका लागि प्रदेश कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले अन्तिम निर्णय गर्नेछ। बैठकले केन्द्रीय समितिप्रति जबाफदेही हुने गरी सदस्यहरूको कार्य विभाजन गर्ने निर्णय पनि गरेको छ। यस क्रममा प्रदेश समन्वय कार्यालयलाई पहिले तय गरिएको मापदण्डअनुसार नै ...
धनगढीमा काकाले भतिजीमाथि गरे जबरजस्ती करणी

धनगढीमा काकाले भतिजीमाथि गरे जबरजस्ती करणी

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवक पीडित बालिकाका काका पर्ने २४ वर्षीय शिवम् शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार शाहले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई आइतवार राति पक्राउ गरिएको हो। अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले शाहलाई नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यतिबेला पीडित बालिका मानसिक तनावमा रहेको जनाइएको छ भने पीडितको सुरक्षाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।...
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

Breaking News 3, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डोटी- डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार आज ट्रक अनियन्त्रित भएर सडक किनारामा पल्टिँदा ट्रकमा सवार बडिकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो । जनजागरण सामुदायिक वनमा सडेगलेका काठ संकलन गरी नजिकै सेलानेको खोलामा घाटमा गद्दी जम्मा गर्न लैजाँदै गरेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक देउथानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । डोटी  प्रहरीका अनुसार गुरुङको ट्रकमा रहेका काठले च्यापिएर घटनास्थलमा नै मृत्यु भएको थियोे । त्यस्तै सोही ट्रकमा सवार रहेका सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्ली मगर घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यचौकी मूलीचौरमा उपचार भइरहेको छ । ट्रक चालक बडिकेदार गाउँपालिका–२ बर्छैनका २९ वर्षीय गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...
महेन्द्रनगरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न

महेन्द्रनगरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- कञ्चनपुरमा शैक्षिक प्रविधि सम्बन्धी छलफल कार्यक्र सम्पन्न भएको छ । नोट स्विफ्ट प्राइभेट लिमिटेडले आयोजना गरेको उक्त तालिम आज महेन्द्रनगरमा सम्मान भएको हो नेपालको शिक्षा प्रणालीमा प्रविधि समावेशीकरणको उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । नेपालको शिक्षा क्षेत्रको भविष्यका लागि भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, सुदूरपश्चिम शाखाका प्रतिनिधि राम दत्त भट्ट, सार्क एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत डा. लक्ष्मण बस्नेत, सुदूरपश्चिम विश्वविद्यालयकी उप–प्राध्यापक निशा भट्ट, वेद एपका निर्देश द्वा, श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथ, तथा नोट स्विफ्ट प्राइभेट लिमिटेडका संस्थापक एवं (सिइओ) विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियोे ...
माया मेट्रो हस्पिटल र सुनकुडा क्याम्पसबीच स्वास्थ्य सेवामा छुटको सम्झौता

माया मेट्रो हस्पिटल र सुनकुडा क्याम्पसबीच स्वास्थ्य सेवामा छुटको सम्झौता

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुर स्थित माया मेट्रो हस्पिटल प्रालि र बझाङको सुनकुडा क्याम्पसबीच स्वास्थ्य सेवामा विशेष छुट दिने सम्झौता भएको छ। आज सम्पन्न सम्झौतामा हस्पिटलका निर्देशक डा. मोहन साउद र सुनकुडा क्याम्सका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष कपिल विष्टले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार, सुनकुडा क्याम्सका विद्यार्थीहरूले हस्पिटलमा गरिने विभिन्न उपचार सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यस सम्झौताबाट दुवै पक्षले विद्यार्थीहरूलाई उत्तम स्वास्थ्य सेवा र सुलभ पहुँच प्रदान गर्ने अपेक्षा राखेका छन्।...
बझाङमा पहिलोपटक मुङखेती परीक्षण

बझाङमा पहिलोपटक मुङखेती परीक्षण

Breaking News 3, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ- कृषि प्राविधिकहरूका अनुसार मुङ न्यानो हावापानी सहने बाली हो। यसको वृद्धि विकास र राम्रो उत्पादन लिन औसत तापक्रम २७ देखि ३५ डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ। सामान्यतया तराईमा उत्पादन हुने मुङखेती यहाँ पनि परीक्षण गरिएको छ। कोसेबालीअन्तर्गत पर्ने मुङ र वसन्ते मकैखेती केदारस्यूँ गाउँपालिकाको झोतामा सुरु गरिएको छ। समुन्द्री सतहबाट ९५० मिटरको उचाइमा अवस्थित झोतामा पहिलोपटक ‘सिड प्लान्टर’मार्फत बीउ रोपिएको हो। गाउँपालिकाले ६५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर मुङ र वसन्ते मकै रोपेको गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीले बताइन्। उनले मुङखेतीबाट आम्दानी मात्रै नभई जमिन सप्रिने आशा गरेको बताइन्। खेतीले उर्वरा बढ्ने, आम्दानी हुने र स्वास्थ्यलाई फाइदा पुग्ने अपेक्षासहित मुङखेतीको परीक्षण गरिएको उनको भनाइ छ। जिल्लाका लागि नयाँ बाली भएकाले पनि परीक्षण सफल भएमा क्षेत्र विस्तार गर्ने तयारी ग...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

Breaking News 3, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए । “खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ” उनले भने, “केन्द्रको चारैतिर सडक ९पहुँच मार्ग० निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।” केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागे पनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उनले उल्लेख गरे ।“बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जो...
स्ववियु उम्मेदवार अम्बिका चौधरीलाई धम्की: “डराएको छैन, अडिग छु”

स्ववियु उम्मेदवार अम्बिका चौधरीलाई धम्की: “डराएको छैन, अडिग छु”

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदकी उम्मेदवार अम्बिका चौधरीले आफूलाई अराजक समूहले पटक–पटक धम्की दिएको खुलासा गरेकी छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी चौधरीले धम्कीका बाबजुद पनि आफ्नो उम्मेदवारी कायम रहेको स्पष्ट पारिन्। “म अत्यन्त दुःखी छु, तर डराएकी छैन, हिम्मत हारेकी छैन,” चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा भनेकी छन्, “धम्की, लोभ र प्रलोभन सबै आयो, तर म अडिग छु।” उनले निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र विवेकयुक्त मतदानको आग्रह गर्दै भनिन्, “कसैले पनि डर, धम्की वा लोभमा परेर आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ।” चौधरीले महिला र चौधरी समुदायको प्रतिनिधित्व गर्ने भएकै कारण आफूलाई उम्मेदवारीका लागि अवरोध स...
धनगढीबाट लागू औषध सहित युवक पक्राउ

धनगढीबाट लागू औषध सहित युवक पक्राउ

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका – २ को कालिका टोलबाट लागू औषध सहित २३ वर्षीय करन महरा पक्राउ परेका हुन । उनको साथबाट ५ ग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
आईपीएल क्रिकेटमा गुजरात टाइटन्सको जित, सनराइजर्स हैदराबादको लगातार हार

आईपीएल क्रिकेटमा गुजरात टाइटन्सको जित, सनराइजर्स हैदराबादको लगातार हार

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि जित निकालेको छ । हिजो भएको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए । हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए । त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए । गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै विजयी शुरुआत गरे पनि  त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ । पहिलो खेलमा पञ्जाबसँग हारेको गुजरातको भने यो लगातार तेस्रो जीत हो । गुजरात ६ अङ्कसहित दोस्रो स्थानमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज