जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या
जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले आज सामाजिक सञ्जाल मार्फत जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको जानकारी गराउनुभएको छ । जिल्लाका नागरिकहरुको एक मात्रै आशा भरोसाको रुपमा रहेको जिल्ला अस्पतालमा केहि समय अघि तिनजना चिकित्सकले छोडेर गएपछि अहिले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउनुपर्ने बाध्यता आएको अध्यक्ष सिहँको भनाई छ । उहाँले दुई महिनादेखि नै अस्पतालमा नयाँ डक्टर पठाउनुपर्ने माग सहित बारम्बार पत्राचार गर्दा पनि केन्द्र र प्रदेशबाट कुनै सुनवाइ नभएको गुनासो गर्नुभएको छ ।
अहिले जिल्ला अस्पताल बझाङमा दैनिक एक सय ५० देखि दुई सयसम्म विभिन्न समस्याहरु लिएर बिरामीहरु आउने गरेको भएपनि प्रयाप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल स्रोतले जनाएको छ । अस्...












