Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन : “ऐन संशोधन नभएसम्म आन्दोलन जारी राख्छौं”

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन : “ऐन संशोधन नभएसम्म आन्दोलन जारी राख्छौं”

समाचार
धनगढी, कैलाली —सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरूले हालै प्रदेश सरकारले ल्याएको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ मा रहेको विभेदकारी प्रावधान तत्काल संशोधन गर्न माग गर्दै प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्। उनीहरूले मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापनपत्र बुझाउँदै ऐन संशोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। सोमबार स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट आएका स्वास्थ्यकर्मीहरू धनगढीमा भेला भई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश सभाको विषयगत समितिमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाए। उनीहरूले अहिलेको ऐनले समायोजन भएका दुई हजारभन्दा बढी स्वास्थ्यकर्मीको सेवा, सुविधा र तह वृद्धिमा विभेद गरेको भन्दै आक्रोश व...
भारतको कर्नाटकमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी शान्तिनगर तथा बित्थडचिर समिति गठन

भारतको कर्नाटकमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी शान्तिनगर तथा बित्थडचिर समिति गठन

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
कर्नाटक भारत- प्रवासी भूमिमा रहेका नेपालीहरूले राजनीतिक चेतनासँगै संगठनात्मक सक्रियता अभिव्यक्त गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवासी मञ्च कर्नाटकअन्तर्गत शान्तिनगर समिति तथा बित्थडचिर गाउँपालिका समिति गठन गरिएको छ। समितिहरू गठन गर्ने कार्यक्रम असार २९ गते कर्नाटकमा आयोजित भएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय उपप्रमुख दीपकराज आचार्य र केन्द्रीय अनुशासन विभाग प्रमुख पहल एन्जी विशेष अतिथि थिए। नेताहरूले नवगठित समितिलाई बधाई दिंदै प्रवासमा रहेर पनि देशप्रेम, राजनीतिक जागरुकता र संगठन निर्माणमा सक्रिय योगदान दिनुपर्नेमा जोड दिएका थिए। नवगठित समितिमा बसन्त धामी सभापति चयन भएका छन्। त्यसैगरी, विनोद नेपाली उपसभापति, टेकेन्द्र धामी सचिव, नरेश कडायत सहसचिव, नरेश अवस्थी कोषाध्यक्ष र यज्ञराज अवस्थी सह-कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। महेश बिष्ट प्रवक्ताको रूपमा र हरमल धामी...
स्पेन कार्यक्रममा पठाउने गिरोहको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

स्पेन कार्यक्रममा पठाउने गिरोहको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा अन्य नेपालीलाई पठाउने गिरोहबारे गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्। सोमबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई अनुसन्धान गर्न निर्देशन दिँदै गृहमन्त्री लेखकले विषय गम्भीर भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री बाहेक अन्य ५५ जना नेपाली सो कार्यक्रममा सहभागी भएर स्पेन गएका तर नफर्किएको भन्दै नाम र केही कागजात सार्वजनिक गरेकी थिइन्। गृहमन्त्रीको सचिवालयका अनुसार ती व्यक्तिहरू कसरी गएका थिए, भिसालगायत प्रक्रिया कसरी मिलाइएको थियो भन्नेबारे सीआईबी र मानव बेचविखन अनुसन्धान ब्युरोमार्फत अनुसन्धान थालिनेछ। गृह मन्त्रालयले प्रधानमन्त्रीको टोलीबाहेक अन्य कसले, कसरी र कुन प्रयोजनका लागि स्पेन यात्रा गरे भन्नेबारे विस्तृत छानबिन गर्ने जन...
बाजुराको विरेखोला झरना आन्तरिक पर्यटकको आकर्षण

बाजुराको विरेखोला झरना आन्तरिक पर्यटकको आकर्षण

Breaking News 2, ताजा अपडेट, पर्यटन, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका–६ र ८ को सीमास्थित रापका क्षेत्रको विरेखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा चिनिँदै गएको छ। जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर दूरीमा रहेको झरना साफे–मार्तडी सडकखण्डको छेउमै भएकाले सजिलै पुग्न सकिन्छ। अछामबाट करिब ५० किलोमिटर टाढा पर्ने यो झरना विशेषगरी असारदेखि कात्तिक महिनासम्म स्थानीयदेखि अन्य जिल्लाका पर्यटकसम्मको रोजाइमा पर्ने गरेको स्थानीय रुपक थापाले बताए। बडीमालिका नगरपालिकाले विरेखोला झरनालाई आन्तरिक पर्यटनको प्राथमिक गन्तव्यका रूपमा सूचीकरण गरिसकेको छ। नगरप्रमुख अमर खड्काका अनुसार झरनालाई अझ व्यवस्थित र आकर्षक बनाउन योजना अघि बढाइएको छ। करिब २०० मिटर लामो झरनामा एक सिजनमा १ लाखभन्दा बढी पर्यटक पुग्ने अनुमान छ। बाजुरासहित अछाम र बझाङबाट पनि पर्यटकको उल्लेख्य उपस्थिति रहने गरेको छ। झरनाको विकाससँगै स...
शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

शुक्लाफाँटामा जङ्गली हात्तीको बथान, बस्तीमा त्रास

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीका वन क्षेत्रमा जङ्गली हात्तीको बथान देखापरेपछि बस्तीमा त्रास फैलिएको छ। वर्षात् सुरु भएसँगै भारतीय दुधुवा नेसनल पार्कबाट हात्ती चुरे क्षेत्रमा आइपुगेका हुन्। यसपटक अन्य वर्षको तुलनामा चाँडै हात्ती आएको बताइएको छ। सामुदायिक वनहरूमा हात्ती देखापर्न थालेपछि घाँस, दाउरा तथा सोतरका लागि वनमा जान उपभोक्तालाई रोकिएको छ। वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीका अनुसार हात्तीको बथान बाँसघारीमा देखिएको छ र उपभोक्तालाई वन क्षेत्रमा नजान अनुरोध गरिएको छ। बैजनाथ सामुदायिक वन अध्यक्ष बहादुरसिंह महराका अनुसार मानव बस्तीमा हात्ती पसेर क्षति पुर्याउने सम्भावना उच्च छ। त्यसैले स्थानीयलाई साँझबिहान वन क्षेत्रमा जान रोकिएको छ भने दिउँसो सतर्कता अपनाउन सुझाव दिइएको छ। हाल चुरे क्षेत्रमा १०–१५ हात्ती रहेको अनुमान छ। विगत तीन वर्षदेखि हात्तीले...
प्रेस काउन्सिलको अपील: आचारसंहिता पालना र प्रेस स्वतन्त्रताको सदुपयोग गरौं

प्रेस काउन्सिलको अपील: आचारसंहिता पालना र प्रेस स्वतन्त्रताको सदुपयोग गरौं

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— प्रेस काउन्सिल नेपालले पत्रकार तथा सञ्चारमाध्यमहरूलाई आचारसंहिता पालना गर्न र प्रेस स्वतन्त्रताको सदुपयोग गर्न अपील गरेको छ। हालै सम्पन्न बोर्ड बैठकले आवश्यकताअनुसार पत्रकारहरूलाई तालिम, प्रशिक्षण र अभिमुखीकरण गराउने निर्णयसमेत गरेको हो। बैठकले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय गरेको छ। साथै, संविधान विपरीत सञ्चारमाध्यमप्रति हुन सक्ने कुनै पनि प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापमा काउन्सिल सहमत नहुने स्पष्ट पारेको छ। यसैगरी, लामो समयदेखि संशोधन हुन नसकेको कार्यव्यवस्था, आर्थिक प्रशासन र कर्मचारी विनियमावली संशोधनका लागि पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। काउन्सिललाई थप प्रभावकारी बनाउन सामूहिक धारणा सहित निर्णयहरू एकद्वार प्रणालीमार्फत सार्वजनिक गरिनेछ।...
एमाले निकट प्रेस चौतारीका अध्यक्ष खत्री आत्महत्या दुरुत्साहनको आरोपमा मुछिए

एमाले निकट प्रेस चौतारीका अध्यक्ष खत्री आत्महत्या दुरुत्साहनको आरोपमा मुछिए

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
रुकुम पूर्वको सिस्ने गाउँपालिकाकी कार्यालय सहायक कोइली शाहीको मृत्यु प्रकरणमा एमाले निकट संगठन प्रेस चौतारी नेपाल रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्री मुछिएका छन्। शाहीको परिवारले खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा जाहेरी परेको प्रहरीले जनाएको छ। २५ वर्षीया शाही शनिबार बिहान आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। परिवारको आरोपअनुसार खत्रीले बारम्बार फोन गरेर मानसिक तनाव दिने गरेका थिए। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए। मृतक शाहीको अन्त्येष्टि गरिसकिएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्ट आउन अझै केही दिन लाग्ने प्रहरीले जनाएको छ। जाहेरी परेपछि पत्रकार खत्री हाल फरार रहेका छन् र कसैक...
घोडाघोडीमा हरिहाँसको संख्या घट्यो

घोडाघोडीमा हरिहाँसको संख्या घट्यो

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको संख्या घटेको छ। यस वर्ष गर्मीयामको गणनामा हरिहाँसको संख्या १२६ मात्र रहेको नेपाल पक्षी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौराले जानकारी दिए। अघिल्लो वर्ष यो संख्या २२५ थियो। नेपाल पक्षी संरक्षण संघ (बिसिएन) र डिभिजन वन कार्यालय पहलमानपुरको समन्वयमा असार २४ देखि २६ गतेसम्म गणना गरिएको हो। गर्मीयाम ‘ब्रिडिङ सिजन’ भएकाले हरिहाँसहरू अन्य सिमसार क्षेत्रमा गएर देखिने संख्या कम हुने गरेको बताइएको छ। घोडाघोडी ताललाई सन् २००३ मा रामसार सूचीमा राखिएको थियो। त्यति बेला यहाँ करिब १,००० हरिहाँस रहेका थिए। तर पछिल्लो समय प्राकृतिक बासस्थानको विनाश, विषादीको प्रयोग र मानवीय गतिविधिका कारण चराको संख्या घट्दो क्रममा छ। चरासम्बन्धी अध्ययन गर्ने संस्था चरा संरक्षण नेटवर्कका अनुसार सन् २०२३ मा हरिहाँसको संख्या २१२, सन् २०२४ मा २२५ र अह...
देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— हाल देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ। आज (सोमबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनीका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। क...
घाइते जनावरका सहारा बने विष्णु पनेरू

घाइते जनावरका सहारा बने विष्णु पनेरू

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरू घाइते छाडा जनावरको उद्धार र स्याहारमा समर्पित छन्। पेशाले नेचर गाइड रहेका पनेरु विगत सात वर्षदेखि घाइते पशुचौपायाको उपचारमा सक्रिय छन्। सडक दुर्घटना वा अमानवीय व्यवहारका कारण घाइते भएका जनावरको उद्धार गरेर उनले आफ्नै घरमा राखेर उपचार र स्याहार गर्दै आएका छन्। हालसम्म उनले एक हजारभन्दा बढी जनावरको उपचार गरिसकेको बताउँछन्। “घाइते चौपाया देख्नेबित्तिकै दया आउँछ, घरमै लगेर उपचार गर्छु,” पनेरु भन्छन्, “तर उपचारपछि व्यवस्थापनको स्रोत नहुँदा पुनः सडकमा छाड्नुपर्दा दुख लाग्छ।” हाल पनेरु आफ्नै घरमा १० वटा घाइते गाईगोरुको उपचार गरिरहेका छन्। सामाजिक सञ्जालमार्फत अभियानबारे जानकारी पाएका सात–आठ जना विद्यार्थी र युवा पनि अहिले पनेरुको अभियानमा साथ दिइरहेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कार्यरत पनेरुले मासिक झन्डै २५ हजार रुपैयाँ आम्...
बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदैँ, कहाँ को ?

बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदैँ, कहाँ को ?

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख  प्रशासकीय अधिकृत आउने भएका छन । लामोसमयदेखि निमित्तको भरमा चल्दै आएको दुर्गाथलि गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गाथलि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लाल बहादुर बिष्ट र छबिसपाथिभेरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नरेश बहादुर बोहरालाई खटाएको छ ।...
बझाङ सीमामा नेकपा (बिप्लव)को टोलि: गुणस्तरहीन खाद्य र पेय वस्तु छिर्न नदिन सडकमै चेकिङ

बझाङ सीमामा नेकपा (बिप्लव)को टोलि: गुणस्तरहीन खाद्य र पेय वस्तु छिर्न नदिन सडकमै चेकिङ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बझाङ भित्रिन नदिन सडकमै छड्के चेकजाँच थालेको छ । पार्टीका बझाङ इन्चार्ज भरत मल्ल, युवा संगठन इन्चार्ज आकास खातीसहित झण्डै २० जनाको टोलि अहिले बझाङ जिल्लाको प्रवेशद्वार बित्थडचिर गाउँपालिका १ को सिमामा सक्रिय छन् । उनीहरूले बाहिरबाट भित्र्याइँदै गरेका खाद्य र पेय वस्तुमा निगरानी बढाउँदै गाडीहरू रोकेर जाँच गरिरहेका छन् । पार्टीले बजारमा गुणस्तरहीन, म्याद नाघेका र स्वास्थ्यमा हानि पुर्‍याउने सामग्रीले स्थानीयको जीवन र स्वास्थ्यमा खतरा उत्पन्न भइरहेको भन्दै त्यसविरुद्ध अभियान चलाएको जनाएको छ । टोलिले स्थानीय व्यवसायी र गाडी चालकहरूलाई म्याद हेरेर मात्रै सामान खरिद तथा ढुवानी गर्न आग्रह गर्दै, अवैध वा गुणस्तरहीन वस्तु भेटिए कारबाही गरिने चेतावनीसमेत दिएको छ । पार्टी स्रोतका अनुसार यो अभियान बझाङ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज