Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

Breaking News 1, कन्चनपुर, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको झल्को, आफ्ना बालबच्चा, श्रीमान् र न्यानो छानाको आशा बोकेर उनी फर्किएकी थिइन्। तर त्यो न्यानो छानामुनि उनलाई ठाउँ थिएन — महिनावारी भएको भन्दै उनलाई धपाइयो, घरको छेउमै बनाइएको छाउगोठमा। शनिबार राति कृष्णपुर नगरपालिका–१, निगाली। उस्तै अँध्यारो रात थियो, जस्तै अँध्यारो समाजको सोच। कमला छाउगोठमा सुतिरहेकी थिइन्। अचानक केही चिसो महसुस भयो – त्यो चिसोपन एउटा विषालु सर्पको दंश थियो। गालामा टोकेर गयो। कराउँदै कमलालाई अस्पताल पुर्‍याइयो, सेती प्रादेशिक अस्पताल। तर समयले साथ दिएन। उपचारकै क्रममा उनले प्राण छाडिन्। श्रीमान् पुरन दमाई भन्छन्, “हाम्रो घर पक्की हो। बस्न ठाउँ पनि थियो। तर समाजको डरले उसलाई गोठमै राख्नुपर्‍यो।” कमलाले बस्नुपरेको त्यो गोठ छिमेकीको घरछेउमा...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

Breaking News 1, अछाम, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो। समितिका संस्थापकमा मिट्ठु कुँवर रहेका छन् भने संरक्षकमा शिवराज तिमिल्सैना चयन भएका छन्। प्रमुख सल्लाहकारमा गणेशराज जोशी रहेका छन् भने सल्लाहकारहरूमा भरत ओली, राजेश्वरी शाही ठकुरी, निर्प बिक, अशोक बोगटी, रमेश धामी र राजु बिष्ट रहेका छन्। नयाँ कार्यसमितिका पदाधिकारीहरू निम्नानुसार छन्: वरिष्ठ उपाध्यक्ष: लोकेन्द्र खड्का महिला उपाध्यक्ष: राजेश्वरी बिक उपाध्यक्ष: बमबहादुर कुँवर महासचिव: विनोद लुहार सचिव: रविन थापा सह–सचिव: पूर्णिमा बोगटी कोषाध्यक्ष: नैन भूल सह–कोषाध्यक्ष: मेनका खड्का त्यसैगरी, सदस्यहरूमा चन्द्र भण्डारी, हिमाल खड्का, निर्प रेग्मी, कृष्ण खड्का, जितेन्द्र कुँवर र ...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ। नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रमहरू आयोजना गरिएका छन्। वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको ऐतिहासिक प्रसंग प्रसिद्ध छ। भानुभक्तका 'रामायण' बाहेक 'वधुशिक्षा', 'प्रश्नोत्तर', 'भक्तमाला' र 'रामगीता' जस्ता काव्यकृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पत्ति मानिन्छन्। भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्न योगदान पुर्‍याएका भानुभक्तको योगदान अमूल्य रहेको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार पृथ...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपालमा सामान्यभन्दा अलिकति उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आइतबारको लागि पूर्वानुमान देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना समेत रहेको छ। त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। सतर्कता अपनाउन आग्रह सम्भावित वर्षाका कारण...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका मध्य दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीप सवार अन्य ६ घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिवार बिहान करिब साढे ५ बजेको ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो। कम्पनीद्वारा जारी सूचनाअनुसार बुङ्गल नगरपालिका वडा नं. ६ र ७ मा पर्ने अति प्रभावित क्षेत्रका स्थानीयका लागि कुल सेयरको ६५ प्रतिशत अर्थात १ लाख ४९ हजार ५०० कित्ता छुट्याइएको छ। त्यसैगरी बुङ्गल नगरपालिका अन्तर्गत अन्य वडाहरू — १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीयवासीका लागि बाँकी ३५ प्रतिशत अर्थात ८० हजार ५०० कित्ता सेयर उपलब्ध गराइनेछ। दरखास्त दिने समय असार २९ गतेदेखि श्रावण ११ गतेसम्म तोकिएको छ ।...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

Breaking News 2, ताजा अपडेट, समाचार
भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनका स्वीचहरु बन्द गरिनुलाई रहस्यमय भनिएको छ । प्रतिवेदनअनुसार दुवै इन्जिनको फ्युल कन्ट्रोल स्विचहरू ‘रन’बाट ‘कट–अफ’मा सारिएको पुष्टि भएको छ । सामान्यतया यस्तो प्रक्रिया विमान गन्तव्यमा अवतरणपछि मात्र गरिन्छ । तर कुनै आपतकालीन अवस्था नदेखिएको प्रतिवेदनमा उल्लेख छ । विमानमा इन्धनको नमूना परीक्षण ‘सन्तोषजनक’पाइएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार विमानको कुनै यान्त्रिक दोष वा सफ्टवेयर त्रुटिको पुष्टि भएको छैन । तथापि, सबै निष्कर्ष आउन अझै समय लाग्ने देखिन्छ । एक महिनाअघि जुन १२ मा भारतको अहमदाबाद शहरमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटना भएको थियो । दुर्घटनामा २४१ जना यात्रुसहित २६० जनाको ज्यान जानुका साथै पाँचवटा भवनहरूमा क्षति भएको थियो ...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जीप आज बिहान करिब ५ः३० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा डिलासैनी गाउँपालिका–५ बैतडीका २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ३२ वर्षीय किरण बोहरा, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी दुई वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना र चालक लालबहादुर राना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पाटनका अनुसार घाइतेमध्ये कुल्मा धामी, हेमन्त भट्ट र चालक लालबहादुर रानाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जनाइएको छ। दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी र स्थानीयवासीले उद्दार कार्यमा सक्रिय भूमिका खेलेका थिए। सबै घाइतेलाई पाटनको प्रा...
देशभर मनसुन सक्रिय, बाढी–पहिरोको जोखिम : महाशाखाको सतर्कता आग्रह

देशभर मनसुन सक्रिय, बाढी–पहिरोको जोखिम : महाशाखाको सतर्कता आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्यभन्दा अलि उत्तरमा रहेको छ, जसका कारण देशका पहाडी तथा केही तराई क्षेत्रहरूमा वर्षाको सम्भावना देखिएको हो। हाल देशका पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ भने बाँकी भूभागहरूमा आंशिक बदली देखिएको छ। केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। दिउँसोको पूर्वानुमानअनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने जनाइएको छ। रातिको पूर्वानुम...
समयमै विवाह गरी सन्तान जन्माउनुस् : प्रधानमन्त्री ओली

समयमै विवाह गरी सन्तान जन्माउनुस् : प्रधानमन्त्री ओली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका सँगसँगै जनसंख्याको सन्तुलित वृद्धि नभए मानव अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। विश्व जनसंख्या दिवसका अवसरमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरे। कार्यक्रममा राष्ट्रिय जनसंख्या नीति, २०८२ सार्वजनिक गरिएको थियो। प्रधानमन्त्री ओलीले विकास र जनसंख्याको गति सँगसँगै हुनुपर्नेमा जोड दिंदै सन्तान उत्पादनलाई धर्ती र मानव सभ्यताप्रतिको उत्तरदायित्वको रूपमा लिनुपर्ने बताए। मानव जातिको अस्तित्व जोगाउन उपयुक्त नीति र कदम आवश्यक छन्," उनले भने, "सृष्टिको सिर्जनाका लागि मानवजति मूल्यवान अरु केही छैन।" उनले जनसंख्याबारे सेमिनार र गोष्ठी गर्ने तर अर्कोतर्फ विनाशका हतियार बनाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै यस्तो द्वैध चरित्रले मान...
आजको मौसम: देशभर मनसुनको प्रभाव कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: देशभर मनसुनको प्रभाव कायमै, चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ अलि उत्तरतिर रहेको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ। महाशाखाले सम्भावित ...
अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएकी हुँ: पूर्वराष्ट्रपति भण्डारी

अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएकी हुँ: पूर्वराष्ट्रपति भण्डारी

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को अध्यक्ष बन्नकै लागि सक्रिय राजनीतिमा फर्किएको स्पष्ट पारेकी छन्। इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भण्डारीले अहिले औपचारिक घोषणा गर्ने समय नआएको बताउँदै पार्टी नेतृत्वका लागि नै पुनरागमन गरेको संकेत दिइन्। “तपाईंले भनेको कुरामा सत्यता छ,” पत्रकार जगदीश खरेलको प्रश्नमा उनले भनिन्, “११ औं महाधिवेशन तोकिएको छैन। तर यो विषय सार्वजनिक बहसमा आइसकेको छ। मेरो धारणा पनि त्यही लाइनमा पर्छ। समय आउनुपर्‍यो नि।” उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो उद्देश्य बारे जानकारी गराइसकेको बताइन्। पार्टी सदस्यता पनि लिइसकेको जानकारी दिँदै भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताइन्। प्रधानमन्त्री बन्ने सम्भावनाबारे सोधिएको प्रश्नमा भण्डारीले भनिन्, “मैले आफूलाई कुनै सीमामा बाँधेकी छैन। परिस्थिति अनुसार निर्णय हुन्छ।” ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज