Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
आज साउने सङ्क्रान्ति मनाइँदै

आज साउने सङ्क्रान्ति मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- सौरमासअनुसार सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनको रूपमा आज साउने (कर्कट) सङ्क्रान्ति पर्व देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिका साथ मनाइँदै छ। साउन १ गतेदेखि सूर्य दक्षिण तर्फ लाग्ने भएकाले आजदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई विशेष पर्वका रूपमा मनाउने परम्परा रहेको छ। धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, असार महिनाभर कृषि कार्यमा व्यस्त हुने किसान साउन १ मा लुतो फालेर छालासम्बन्धी रोगको निवारण गर्ने विश्वास राख्छन्। एक महिना लगातार श्रम गरेपछि किसान आफन्तसँग भेला भई रमाइलो पनि गर्ने गर्छन्। परम्पराअनुसार यस दिन कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती लगायतका औषधिजन्य वनस्पति प्रयोग गरी ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल...
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं— हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही, बागमती र लुम्बिनी प्रदेशका थोरै, तथा अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात सम्भावित रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरीको सम्भावनासमेत रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।...
दार्चुलामा तुइन तर्दा ३२ वर्षमा २३ जना बेपत्ता

दार्चुलामा तुइन तर्दा ३२ वर्षमा २३ जना बेपत्ता

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मङ्गलबार तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। भारतीय बजारतर्फ जाँदै गर्दा तुइनको डोरी चुँडिएर उनी खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडाध्यक्ष धीरनसिंह बुढाथोकीका अनुसार, सन् १९९३ (वि.सं. २०५०) देखि हालसम्म दुम्लिङ क्षेत्रमा तुइन तर्दै गर्दा २३ जना बेपत्ता भएका छन्। तीमध्ये २० जना दुम्लिङका हुन् भने बाँकी अन्य स्थानका। दुम्लिङमा झोलुङ्गे पुल नहुँदा स्थानीय वर्षौंदेखि अवैध रूपमा तुइन प्रयोग गर्दै आएका छन्। मालगाउँमा पुल भए पनि दुम्लिङबाट तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। नेपाल सरकारले तुइन विस्थापन योजना सञ्चालन गरे पनि दार्चुलाका केही ठाउँमा अझै अवैध तुइनमार्फत वारपार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीमा क्षेत्रमा तुइन प्रयोग नगर्न आग्रह गर्दै यसले सुरक्षामा...
उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन लागेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लाका नेपाल–भारत सीमाका नाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचनको मिति तय भएको छ। उक्त निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउनका लागि नेपालतर्फका सीमावर्ती नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार दार्चुलास्थित पुलघाट नाका जुलाई २१ (साउन ५) को बेलुकादेखि जुलाई २४ (साउन ८) को बिहानसम्म बन्द हुनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ। निर्वाचनको सुरक्षा चासोलाई दृष्टिगत गर्दै सीमा बन्द गरिएको जनाइएको छ। यद्यपि, अत्यावश्यक वा आकस्मिक परिस्थितिमा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौड...
शब्दमा बगेको जीवन

शब्दमा बगेको जीवन

मनोरञ्जन, विचार
जीवनका पाना खोल्दा कहिलेकाहीँ नपढिएका, बिर्सिएका र आँसुले भिजेका अध्यायहरू भेटिन्छन्, जसले मनको गहिराइमा चोट बनाएका हुन्छन्। यस्ता अनुभवहरू कुनै एकजनाको मात्र होइनन्, हरेक संवेदनशील आत्माको गाथा हुन्, जसले आफ्ना सपनाको उज्यालोमा विगतको आँसु झल्काउँछ। जीवनको यात्रा कहिलेकाहीँ बोझिलो हुन्छ। सुनौलो भविष्यको कल्पनामा डुबिरहँदा पनि पाइला भिजेका हुन्छन् । विगतका आँसुमा। ती आँसुहरू देखिने नदेखिने, तर तिनले भिजाएका मनका पानाहरू स्पष्ट हुन्छन्। ती चोट, ती घाउ र ती पीडाहरू जुन बोलेका छैनन्, तर बोलेको जति नै स्पष्ट छन्।कहिलेकाहीँ रुँदा पनि मन हलुको हुन्छ भन्ने विश्वासले आँसु बहाउन सिकाउँछ। आँशुहरूको धारामा शब्द बग्छन्, र ती शब्दहरूबाट निस्कन्छ पीडाको गहिरो सन्देश । धेरै पल्ट मन किताबका पानामा हराउँछ। पात्र खोज्छ, आफूलाई कतै फेला पार्न खोज्छ। तर ती कथा जस्तो जीवन हात पर्दैन। केवल हेरिन्छ । किनभन...
आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

आगलागीबाट पूर्ण रूपमा नष्ट भएको हुनैनाथ गार्मेन्ट उद्योगको केदारस्यूँ गाउँपालिकाको टोलीद्वारा स्थलगत निरीक्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदारस्यूँ गाउँपालिका–४ बागथला बुङ्गल रोड डडियामा रहेको हुनैनाथ गार्मेन्ट उद्योगमा गएराति भीषण आगलागी हुँदा उद्योग पूर्ण रूपमा नष्ट भयो । आगलागी राति १२:४५ बजे सुरु भएको थियो। आगलागीबाट करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनाको खबर प्राप्त हुनासाथ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा रहेको टोलीले आज बिहानै स्थलगत निरीक्षण गरेको छ। निरीक्षण टोलीमा उपाध्यक्ष मनिषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी,शिक्षा शाखाका हिम्मत भण्डारी लगायत सहभागी थिए। जिल्लामै नमुना उद्योगका रूपमा विकास भइरहेको हुनैनाथ गार्मेन्ट उद्योगमा ९ जना स्थायी कामदार कार्यरत थिए, जसमा ४ जना कर्मचारी र बाँकी ५ जना उद्योग सञ्चालकका परिवार सदस्य रहेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगले सबै खाले आवश्यक पोशाक उत्पादन गर्दै आएको थियो...
देशभर सक्रिय मनसुनी प्रणाली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर सक्रिय मनसुनी प्रणाली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सामान्यभन्दा केही उत्तरमा रहेको छ। यसको प्रभावस्वरूप देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानहरूमा वर्षा भइरहेको छ। बागमती प्रदेशका केही स्थानहरूमा, साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ। दिउँसोको अवस्था: आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स...
बझाङमा एक गार्मेन्ट उद्योगमा राति भीषण आगलागी, उद्योग पूर्ण रूपमा नष्ट

बझाङमा एक गार्मेन्ट उद्योगमा राति भीषण आगलागी, उद्योग पूर्ण रूपमा नष्ट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । केदारस्युँ गाउँपालिका–४ स्थित बागथला बजारमा स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गएराति करिब १२:४५ बजे विद्युत सर्ट भई आगलागी भएको हो । अस्थायी प्रहरी पोष्ट बागथलाका अनुसार जस्तापाताले छाइएको एकतले तीन कोठे उक्त कच्ची संरचना पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको जानकारी राति १:३० बजे प्राप्त हुनासाथ प्रहरी निरीक्षक हरक सिंह फरालको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासीको सहयोगमा राति करिब २ बजे आगो नियन्त्रणमा ल्याइएको थियो। उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भए पनि कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। यद्यपि, आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।...
केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

केदारस्यूँ गाउँपालिकाको वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको केदारस्यूँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा गाउँपालिकाबाट वर्षभरि सञ्चालन गरिएका कार्यक्रम, परियोजना र सेवा प्रवाहसम्बन्धी कार्यहरुको समिक्षा गर्दै ती काम कति प्रभावकारी र दिगो भए भन्नेबारे अन्तरक्रिया गरिएको थियो। साथै, आगामी वर्षमा विकास र सेवा प्रवाह कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे पनि छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टले पालिकाबाट प्रदान हुने सेवाहरूलाई गुणस्तरीय बनाउने उपाय र आगामी कार्यदिशाबारे सुझाव प्रस्तुत गरे। गाउँपालिका उपाध्यक्ष मनिषा धामीले सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने खालका सुझाव राख्नु भयो । त्यसैगरी, गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले विगतमा भएका कमीकमजोरी सुधार गर्दै जनमुखी विकास र सेवा प्रवाहलाई चुस्त दुरुस्त बन...
धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

धनगढीको एनडब्लुए कलेजद्वारा निःशुल्क छात्रवृत्ति तयारी कक्षा सञ्चालन हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी: पोखरा विश्वविद्यालय अन्तर्गतका बिबिए, बिएचएम, बिबिए (फाइनान्स) कार्यक्रमहरूमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि धनगढीस्थित नेपाल वेस्टर्न एकेडेमीले निःशुल्क छात्रवृत्ति प्रवेश तयारी कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रमा धेरै अनुभव संगाल्दै आएको एनडब्लुए कलेजले आगामी श्रावण ७ गते बिहान ८:३० बजेदेखि तयारी कक्षा प्रारम्भ गर्ने जनाएको छ। उक्त तयारी कक्षा विशेषगरी हालसालै प्रवीणता तह परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरिएको हो । कलेजका निर्देशक शैलेस सिंहले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, “हामी निःशुल्क छात्रवृत्तिका कक्षाहरू सञ्चालन गर्न गइरहेका छौं । यसमा आफ्ना नानी–बाबुहरूलाई समावेश गर्दै, पोखरा विश्वविद्यालयबाट प्रदान गरिने छात्रवृत्तिको अवसरलाई सदुपयोग गर्न अनुरोध गर्दछौं।” विद्यार्थीहरूलाई गुणस्तरीय तयारी गराई पोखरा विश्वविद्यालय अन्तर्गतको...
दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङमा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार आज मध्यान्ह १२ बजे बुढाथोकी दुम्लिङबाट भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुडिएर महाकाली नदीमा खसेका हुन्। बेपत्ता बुढाथोकीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ। दुम्लिङमा झोलुङ्गे पुलको अभावका कारण स्थानीयवासी जोखिम मोलेर तुइन प्रयोग गर्न बाध्य छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
पालिकाको स्वागत बोर्ड तोडफोड

पालिकाको स्वागत बोर्ड तोडफोड

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सिमा क्षेत्रमा राखेको स्वागत बोर्ड तोडफोड गरिएको छ । छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथलि गाउँपालिकाको सिमा क्षेत्र मौरीबगर र भाँडे बजारको बीच भागमा राखिएको स्वागत बोर्ड तोडफोड गरिएको हो । पालिकाले केही वर्षअघि मात्रै जयपृथ्वी राजमार्ग अन्तर्गत सिमा क्षेत्रमा छबिसपाथिभेरा गाउँपालिकामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौं र छबिसपाथिभेरामा गाउँपालिकाका भ्रमण गर्नुभएकोमा धन्यवाद भन्ने बोर्ड टासेको थियोे । तर उक्त बोर्ड अहिले तोडफोड गरिएको पाइएको छ । स्थानीयले उक्त बोर्डलाई तोडफोड गरेको हुनसक्ने अनुमान गरिएको छ । स्वागत बोर्ड तोडफोड गरिएको महिनौं बितिसक्दा पनि अहिलेसम्म मर्मत सम्भार भने गरिएको छैन ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज