बझाङ- बझाङका २ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन ।
लामोसमयदेखि निमित्तको भरमा चल्दै आएको दुर्गाथलि गाउँपालिका र छबिसपाथिभेरा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गाथलि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा लाल बहादुर बिष्ट र छबिसपाथिभेरा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नरेश बहादुर बोहरालाई खटाएको छ ।


