Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
नेपालमा फेरि सक्रिय मनसुन, केही दिन तराईमा भारी वर्षाको सम्भावना

नेपालमा फेरि सक्रिय मनसुन, केही दिन तराईमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपालमा फेरि केही दिनका लागि मनसुन सक्रिय हुने भएको छ। यसपटक विशेषगरी तराईसहितका विभिन्न क्षेत्रमा वर्षा हुने मौसमविद्‌हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्छ। बागमती, गण्डकी र कर्णाली प्रदेशमा औसतभन्दा केही कम, तर अन्य प्रदेशहरूमा बढी वर्षाको सम्भावना छ। यद्यपि, देशभर नै मौसम बदली हुने देखिएको छ। हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको केही उत्तरतिर रहेको जनाइएको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आगामी केही दिन देशभर मनसुन थप सक्रिय हुने भएकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन तथा पछिल्लो मौसमी जानकारी निरन्तर प्राप्त गर्न अनुरोध गरेको छ।...
देशभर मनसुनको प्रभाव, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। ...
सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम र कर्णाली प्रदेशमा अवस्थित हिमालहरूको आरोहण शुल्क अब दुई वर्षसम्म लाग्ने छैन। पर्यटन प्रवर्द्धन तथा हिमाली क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारले यी प्रदेशका सबै हिमाल आरोहण गर्दा लाग्ने शुल्क (सलामी दस्तुर) आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराका अनुसार, सुदूरपश्चिममा हिमाली पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि हालसम्म ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण हुन नसकेको अवस्था छ। यसैले अपिहिमाल गाउँपालिकाले २०८२ वैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागलाई आरोहण दस्तुर छुट गर्न विशेष अनुरोध गरेको थियो। सरकारले उक्त अनुरोधअनुसार साउन १२ गते बसेको मन्त्री परिषद्को बैठकबाट निर्णय गरेको हो। उक्त निर्णय अनुसार, सुदूरपश्च...
सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को म्याद १० वर्षसम्म कायम गर्ने व्यवस्था गरेको छ। केही नेपाल ऐनहरू संशोधन गर्दै अबदेखि लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म मान्य हुने प्रावधान लागू गरिएको हो। यसअघि चालक अनुमतिपत्रको म्याद पाँच वर्ष मात्र थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर उक्त नयाँ व्यवस्था ल्याइएको हो। त्यसैगरी, सवारीको जाँचपास (फिटनेस प्रमाणपत्र) सम्बन्धी म्यादसमेत परिमार्जन गरिएको छ। संशोधित नियमअनुसार नयाँ दर्ता भएका सवारीहरूको हकमा जाँचपास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ भने अन्य सवारीका लागि उक्त म्याद छ महिनासम्म सीमित हुनेछ। नयाँ प्रावधानले प्रदूषण परीक्षण र जाँचपास कार्यका लागि निजी क्षेत्रलाई समेत संलग्न हुने अनुमति दिएको छ, जसबाट सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।...
ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे पत्रकार सम्मेलन

ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे पत्रकार सम्मेलन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
जगदीश रोकाया, बझाङ-  सदरमुकाम चैनपुरमा यही साउन १९ गतेदेखि सुरु हुने ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे आयोजकले पत्रकार सम्मेलन गरेको छ । आयोजक सुर्मा सरोवर युवा समाजले पत्रकारहरूलाई मेलाको सम्पूर्ण तयारी तथा मेला अवधिभर आयोजना गरिने गतिविधिहरूको बारे जानकारी दिन पत्रकार सम्मेलन गरेको हो । सो अवसरमा मेलामा प्रदान गरिने भलिबल प्रतियोगिता ट्रफीको अनावरण समेत गरिएको छ । मेला साउन १९ गतेदेखि २२ गतेसम्म सुर्मा गाउँपालिका–३, ठकुन्नामा आयोजना हुनेछ। मेलाको औपचारिक उद्घाटन साउन २० गते गरिने आयोजक समितिका अध्यक्ष शान्त बोहराले जानकारी दिए । मेलाको अवसरमा महिला–पुरुष भलिबल प्रतियोगिता, ढाँकी नाच प्रतियोगिता तथा डेउडा खेल जस्ता विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिने बताइएको छ। कार्यक्रममा बोल्दै आयोजकहरूले सुर्मा सरोवरसम्मको खालि खुट्टा यात्रा, बिचबाटोमा पारंपरिक...
पहिलो पटक खिरातडी स्वास्थ्य चौकीमा एक जनामा औलो पुष्टि

पहिलो पटक खिरातडी स्वास्थ्य चौकीमा एक जनामा औलो पुष्टि

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धुर्व बिष्ट, बझाङ- बझाङको बुङ्गल नगरपालिका–४ मा अवस्थित खिरातडी स्वास्थ्य चौकीले पहिलो पटक एक व्यक्तिमा औलो रोग (मलेरिया) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आएका बुङ्गल नगरपालिका–१० का एक पुरुषको रगत परीक्षण गर्दा उनलाई औलो संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख वेदप्रकाश जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार बिरामी चार महिना अघिमात्रै भारतबाट फर्केका थिए, त्यसैले यस संक्रमणलाई आयातीत (imported) केसको रूपमा समेत लिन सकिने बताइएको छ। लामखुटेको टोकाइबाट सर्ने यो रोग सामान्यतया सहरी क्षेत्र, घना बस्ती तथा तराईका जिल्लाहरूमा देखिने गरे पनि पछिल्ला वर्षहरूमा अव्यवस्थित फोहोरमैला, ढल निकासको अभाव र बढ्दो बजारीकरणका कारण ग्रामीण क्षेत्रहरूमा समेत फैलिन थालेको जनाइएको छ। बझाङ जिल्लामै दोस्रो पटक औलो पुष्टि भएको यस घटनाले लामखुटेको सङ्क्रमण विस्तार ग्रामीण बस्तीहरूमा ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स डडेलधुरा शाखाले मनायो खिर खाने दिवस

Breaking News 3, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डडेलधुरा- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, डडेलधुरा शाखाले नेपाली परम्पराअनुसार साउन १५ गते ‘खिर खाने दिवस’मनाएको छ। शाखा प्रमुख सिद्धराज फुलाराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा २० देखि ३० जना सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूबीच आपसी चिनजान, अनुभव आदान–प्रदान तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी छलफल गरिएको थियो। कार्यक्रममा अभिकर्ता खेम बिष्टले बोल्दै शाखाको सक्रियता, अभिकर्ताप्रति देखाइएको सम्मान तथा यस्ता प्रेरणादायी कार्यक्रमहरूको सराहना गर्दै धन्यवाद व्यक्त गरेका छन्। कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई कदरपत्रसहित सम्मानसमेत गरिएको छ। सम्मानले अभिकर्ताहरूमा थप उत्साह र जिम्मेवारीको भावना जागृत गराएको सहभागीहरूको भनाइ छ। शाखा प्रमुख फुलाराले सम्बोधन गर्दै अभिकर्ताहरूको मेहनत र समर्पणप्रति प्रशंसा व्यक्त गरेका थिए। “यस्ता कार्यक...
भारतमा रहेका नेपाली श्रमिकहरूको कथा: सपना, शोषण र संघर्ष

भारतमा रहेका नेपाली श्रमिकहरूको कथा: सपना, शोषण र संघर्ष

ताजा अपडेट, विचार
नेपालबाट रोजगारीको खोजीमा लाखौं युवा विदेशिने गरेका छन्। तीमध्ये अधिकांश भारततर्फ आकर्षित हुने गर्छन्, मुख्यतः खुला सिमाना र तुलनात्मक सहज पहुँचका कारण। तर भारत पुगेपछि धेरै नेपाली युवाहरूको जीवन सपनाभन्दा पीडा र संघर्षले भरिएको हुन्छ। भारतमा रहेका नेपाली श्रमिकहरूको प्रमुख समस्या १. सपना र बाध्यताको द्वन्द्व धेरै नेपाली युवा परिवारको आर्थिक अवस्था सुधार्ने, ऋण तिर्ने र भविष्य सुरक्षित बनाउने लक्ष्यसहित भारत जान्छन्। तर त्यहाँ पुगेपछि उनीहरू श्रम शोषण, न्यून पारिश्रमिक र असुरक्षित वातावरणको शिकार बन्छन्, जसले गर्दा सपना बाध्यतामा रूपान्तरण हुन्छ। २. कम ज्याला र श्रम शोषण नेपाली श्रमिकहरूलाई भारतीय सहकर्मीको तुलनामा कम तलब दिइन्छ। ओभरटाइमको भुक्तानी नपाउने, न्यूनतम तलब पनि नदिने र कुनै पनि बेला कामबाट हटाउने जस्ता समस्या आम छन्। होटल, रेस्टुरेन्ट, निर्माण कार्य, सुरक्षा गार्ड र घ...
सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै, दुई तिहाइ समर्थन गुम्ने निश्चित

सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै, दुई तिहाइ समर्थन गुम्ने निश्चित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहीबार विश्वासको मत लिँदै छन्। अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ। नागरिक उन्मुक्ति पार्टीले मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै असार २० गते सरकारबाट समर्थन फिर्ता लिएपछि शाहलाई संवैधानिक प्रावधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता आएको हो। मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्वीप जारी गरेको छ। एमालेका प्रमुख सचेतक सुरेन्द्र पालका अनुसार सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित भई पक्षमा मतदान गर्न निर्देशन दिइएको छ। त्यस्तै, नेपाली कांग्रेसले पनि आफ्ना सांसदलाई धनगढी नछोड्न र बैठकमा उपस्थित भई समर्थनमा मतदान गर्न निर्देशन दिएको प्रमुख सचेतक विक्रमसिंह धामीले जानकारी दिए। तर, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीक...
आज साउन १५, खीर खाने दिन

आज साउन १५, खीर खाने दिन

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौँ- नेपाली समाजमा आजको दिन खीर खाएर साउन १५ मनाइँदैछ। साउने झरीमा तातो खीर स्वास्थ्यका लागि फाइदाजनक मानिने भएकाले यो परम्परा बस्दै आएको विश्वास गरिन्छ। दूधमा मरमसला, चामल र चिनी हालेर पकाइने खीरले शरीरलाई शक्ति दिने भएकाले यसलाई सात्त्विक आहारको रूपमा लिइन्छ। संस्कृत भाषामा "पायस" भनिने खीर पितृ तथा देवकार्यमा पनि महत्वपूर्ण मानिन्छ। धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार पायसलाई वैदिक ग्रन्थमा श्रेष्ठ सात्त्विक परिकारको रूपमा वर्णन गरिएको छ। साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिने र हरियाली फैलिने भएकाले गाईभैँसीले बढी दूध दिने समय पनि यही हो। दूध प्रशस्त हुने भएकाले इष्टमित्र, छोरीचेलीलाई बोलाएर खीर खुवाउने परम्परा चलनमा आएको हो। साउन महिनालाई भगवान् शिवको महिना मानिन्छ। शिवलाई दूध तथा दूधजन्य परिकार प्रिय हुने धार्मिक विश्वास छ। त्यसैले खीरलाई विधिपूर्वक शिवला...
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। यसको प्रभावले बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदली, तराई भूभागमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान, साथै मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान, लुम्बिनीका तराई र अन्य प्रदेशका केही भागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। आज राति कोशी, मधेस र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली तथा तराईमा आंशिक बदली रह...
एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
चीनमा करिब नौ वर्षअघि एक महिलाले २० जना पुरुषसँग डेट गरेर सबैबाट नयाँ आईफोन ७ उपहारमा लिएकी थिइन्। उनले ती सबै आईफोन बेचेर १ लाख २० हजार युआन (झण्डै २३ लाख रुपैयाँ) कमाइन् र त्यो रकमबाट आफ्नो लागि फ्ल्याटको अग्रिम भुक्तानी गरेकी थिइन्। यो घटना फेरि चर्चामा आएको छ किनभने हालै चीनमै यस्तै प्रकृतिको अर्को घोटाला सार्वजनिक भएको छ। तर, यसपटक ठगी गर्ने व्यक्ति एक अधबैंसे पुरुष हुन्, जसले अनलाइनमा ‘सिस्टर होङ’ नामको पहिचान बनाउँदै अन्य पुरुषहरूलाई यौन सम्बन्धका नाममा फसाउने गर्थे। ‘क्रस-ड्रेसिङ’ घोटाला साउथ चाइना मर्निङ पोस्ट अनुसार यो नयाँ घोटालालाई 'क्रस-ड्रेसिङ स्क्याम' भनिन्छ। घोटालामा संलग्न व्यक्तिले आफूलाई महिला बनाएर विभिन्न पुरुषसँग सम्पर्क गर्थे र उपहारको रूपमा पैसा वा वस्तु माग्थे। सिस्टर होङ नामले चिनिने ती व्यक्तिको ठगी सार्वजनिक भएपछि, नौ वर्षअघिको आईफोन घोटाला फेरी चर्चाम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज