Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

दार्चुलाको नागुवासीको चुनाव बहिष्कार यथावत

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला– नौगाड गाउँपालिका वडा नम्बर १ नागु क्षेत्रका बासिन्दाले सडक निर्माणको माग सम्बोधन नभएसम्म फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने आफ्नो निर्णय यथावत रहने बताएका छन् । स्थानीयबासीलाई फकाउन माघ २४ गते नागु पुगेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेल नेतृत्वको सरकारी टोली पनि रित्तै फर्किएको छ । सरकारी टोलीले नागुमा नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण, स्वास्थ्य र पशु उपचार सेवा लगायतका कार्यक्रम सञ्चालन गरेर दुई दिनसम्म स्थानीयबासीसँग छलफल गरेपनि सार्थकता पाउन सकेन । स्थानीयबासीले विकास निर्माणको लागि लिखित प्रतिबद्धता मागेका यो कुरा आफ्नो तर्फबाट सम्भव नभएका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । नागु विकास संघर्ष समितिका संयोजक करनसिंह डडालले दल्लेख–नागु सडक निर्माण नभएसम्म कुनै पनि चुनावमा सहभागी नहुने निष्कर्षमा आफूहरू पुगेको बताउनुभयो । चुनाव बहिष्कारको घोषणापछि सरकारले नागु ...
बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

बोन्ड स्कुल बोर्डिङ स्कुल पबेराको १८ औँ वार्षिकोत्सव सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ पबेरामा अवस्थित बोन्ड स्कुल बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न भएको छ। शुक्रबार विद्यालय प्राङ्गणमा १८औँ वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारी राम चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि कैलारी गाउँपालिका वडा नम्बर- १ का वडा सदस्य किसुन लाल चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिमा दिपेन्द्र उच्च माध्यमिक विद्यालय, हसुलियाका प्रधानाध्यापक विनोद भट्टराई सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रअ भट्टराईले निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धात्मक वातावरण सृजना गर्दै कैलारी गाउँपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा बोन्ड स्कुल बोर्डिङ स्कुललाई बधाई दिँदै आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो। यस अवसरमा कैलारी गाउँपालिका स्तरीय बोर्डिङ एसोसिएसनको खेलकु...
धनगढीमा चिकित्सक पदस्थापनमा विभेदको आरोप, मेरिट सूची बेवास्ता भएको दाबी

धनगढीमा चिकित्सक पदस्थापनमा विभेदको आरोप, मेरिट सूची बेवास्ता भएको दाबी

समाचार
  धनगढी – सुदूरपश्चिम प्रदेश सरकार मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक पदस्थापनामा विभेद भएको आरोप सार्वजनिक भएको छ। सिफारिस प्रक्रियादेखि पदस्थापना र काज व्यवस्थापनसम्म राजनीतिक दबाब र पहुँचका आधारमा निर्णय हुँदै आएको स्रोतको दाबी छ। मेरिट सूचीअनुसार पदस्थापना नभएको आरोप प्रदेश लोक सेवा आयोगबाट नवौं तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट पदमा एक नम्बरमा सिफारिस भएका डाक्टर मुकेश गामीले सेती रोजे पनि उनलाई महाकाली प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ। स्रोतका अनुसार सेतीमा भने दोस्रो नम्बरमा सिफारिस डाक्टर पूर्ण राधा श्रेष्ठलाई खटाइएको छ। यसैगरी, प्याथोलोजिस्ट पदमा सिफारिस भएकी डाक्टर वर्षा आचार्यलाई सेती प्रादेशिक अस्पतालमा पदस्थापन गरिएको छ। उनीलाई प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको निर्देशक बनाइनुपर्ने भए पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सेतीमै...
शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद

शासक होइन, सेवक बनेर सेवा गर्न चाहन्छु- एमाले उम्मेदवार दिपक साउँद

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछाम क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार दिपक साउँदले आफू जनताको शासक होइन, सेवक भएर काम गर्न चाहेको बताएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी प्रचार- प्रसार अन्तर्गत सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा सोकटमा यस्तो धारणा व्यक्त गरेका हुन्। चौरपाटी गाउँपालिका सोकट गगुडामा आयोजित मतदाता भेटघाट तथा कोणसभामा बोल्दै साउँदले विगतका बारम्बार चुनाव जितेर गएकाहरु सेवम नभई शासक बनेको आरोप लगाए । अब म जनताको सेवक भएर काम गर्न चाहन्छु उनले भने नेता जनसेवक हुनुपर्छ, जनशासक होइन। उनले जनताको आवाज संसदसम्म पुर्‍याउने, स्थानीय समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान गर्ने, तथा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए। साउँदले अछाम जिल्लामा अझै पनि आधारभूत सेवा, सडक सञ्जाल, खानेपानी, रोजगारी र गुण...
एमाले सक्न खोज्नेहरू आफैँ सकिएर जानेछन्- केन्द्रीय सदस्य कमल तिल्मिसिना

एमाले सक्न खोज्नेहरू आफैँ सकिएर जानेछन्- केन्द्रीय सदस्य कमल तिल्मिसिना

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमालेका पुर्व केन्द्रीय सदस्य कमल तिल्मिसिनाले एमाले सक्न खोज्नेहरू आफैँ समाप्त भएर जाने बताएका छन् । चौरपाटी गाउँपालिका- ३, गगुडामा आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने, “एमाले पटक-पटक सरकारमा पुगेर अवसर पाएका केही व्यक्तिहरू नै आज एमालेविरुद्ध लागिरहेका छन् । तर यस्ता अवसरवादी पात्रहरूलाई अछामी जनताले यहीँ फागुन २१ गते उचित जवाफ दिनेछन् । तिल्मिसिनाले अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिपक साउँदप्रति अछामी जनता पूर्ण रूपमा विश्वस्त रहेको दाबी गरे । उनले विगतमा पटकपटक जित्दै आएका केही नेताहरू जनताको सेवक नभई ‘जनशासक’ बनेको आरोप लगाउँदै अब जनताले नेतृत्व परिवर्तन चाहेको बताए । “अब जनता शासक होइन, सेवक खोजिरहेका छन् । त्यो आवश्यकता अहिले दिपक साउँदले पूरा गर्न सक्छन्,” उनले भने । तिल्मिसिना...
प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न  परिचय

प्रतिनिधि सभाको सांसद चयन प्रक्रिया: गरिमा, योग्यता र लोकतान्त्रिक परिपक्वताको प्रश्न परिचय

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, विचार
परिचय: लोकतान्त्रिक शासन प्रणालीमा विधायिका राज्यको मेरुदण्ड मानिन्छ। नेपालको सन्दर्भमा प्रतिनिधि सभा नीतिनिर्माण, कानुन निर्माण र कार्यपालिकामाथि निगरानी गर्ने सबैभन्दा महत्वपूर्ण संस्था हो। त्यसैले प्रतिनिधि सभाको सदस्य (सांसद) बन्नु केवल राजनीतिक पद प्राप्त गर्नु मात्र होइन, यो गहिरो संवैधानिक, नैतिक र बौद्धिक जिम्मेवारी वहन गर्नु हो। तर पछिल्ला वर्षहरूमा सांसद चयन प्रक्रियाप्रति उठिरहेका प्रश्नहरूले यो पदको गरिमा क्रमशः कमजोर बन्दै गएको संकेत गर्छन्। सैद्धान्तिक पृष्ठभूमि राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी. का अनुसार लोकतन्त्रको गुणस्तर त्यसमा संलग्न नेतृत्वको बौद्धिक क्षमता, अनुभव र नैतिक धरातलसँग प्रत्यक्ष सम्बन्धित हुन्छ। उहाँको विश्लेषणमा “लोकतन्त्र केवल प्रक्रिया होइन, यो परिपक्व राजनीतिक संस्कृतिको परिणाम हो।” यदि प्रतिनिधि चयनमा योगदान, विचार र अनुभवभन्दा सस्तो लोकप्...
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीबाट जन्ती बोकेर बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती बोकेर बझाङको बित्थडचिर गाउँपालिका–७ सुनकुडातर्फ फर्किरहेको बस पुर्चौडी नगरपालिका–७ बढ्गाउँ मोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो। पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिएका छन्। दुर्घटनामा ३२ जना घाइते भएका छन्। उनीहरूलाई कोटीला स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली खटिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकहरूको नामावली केशब राज जोशी (४०) – बित्थडचिर गाउँपालिका–७, बझाङ अशोक ...
सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- एमाले अछाम जिल्ला पार्टी उपाध्यक्ष तिलक कुँवरले चुनावी घरदैलोका क्रममा जनताबाट सोचेभन्दा बढी माया पाएको बताएका छन् । जिल्लाको रामारोशन गाउँपालिका-७ सुतारमा घरदैलो कार्यक्रममा बोल्दै उनलेे यस्तो बताएका हुन् । कुँवरले विगत २० वर्षदेखि निरन्तर जित्दै आएका नेताहरू जनअपेक्षित काम गर्न असफल भएको आरोप लगाए । उनले भने,“बारम्बार जित्दै आएका नेताहरू जनताको दुःख, पीडा र मागको पक्षमा उभिएको देखिएन । जनभावनामा लात हान्दै हिँडेकाहरूलाई होइन, अब नयाँ उम्मेदवारलाई अवसर दिनुपर्ने समय आएको छ ।” कुँवरले अछाम क्षेत्र नं. १ का एमाले उम्मेदवार दिपक साउँद कुनै पदमा नहुँदा पनि जिल्लाको शिक्षा, स्वास्थ्य, खेलकुद र सडक सञ्जाल विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । “पदमा नभएर पनि जिल्लाका लागि काम गर्ने नेता नै आजको आवश्यकता हो,” भन्दै उनले साउँदको कार्यसम्पादनको खुलेर प्रशंसा गरे । उनले उपस्थित ...
एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

एमाले उम्मेदवार साउँदद्वारा सहिद स्तम्भ तथा सालिकमा माल्यार्पण, आज सुतार क्षेत्रमा घरदैलो

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक साउँदले सहिदहरूका सालिकमा माल्यार्पण गरेका छन् । जिल्लाको रामारोशन गाउँपालिका-६ भटाकाटियाँमा अवस्थित सहिद स्तम्भ तथा सहिदका सालिकमा पुगेर साउँदले सहिदप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गर्दै माल्यार्पण गरेका हुन्। सहिदको बलिदानकै कारण आज देशमा लोकतन्त्र, शान्ति र जनताको अधिकार स्थापित भएको उल्लेख गर्दै उनले सहिदका सपना साकार पार्न आफू राजनीतिमा सक्रिय भएको बताए। कार्यक्रममा बोल्दै साउँदले भने,“सहिदहरू कुनै एक पार्टीका होइनन्, उनीहरू सिङ्गो राष्ट्रका साझा गहना हुन्। उनीहरूको त्याग, संघर्ष र बलिदानले हामीलाई जिम्मेवार बनाएको छ। सहिदको सपना पूरा गर्नु नै मेरो राजनीतिक यात्रा हो।” जनयुद्धका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई भेट्दै साउँदले आफू पनि सहिद परिवारकै सदस्यझैँ रहेको बताए । सहिद परिवारका दुःख, पीडा र अपेक्षालाई आत्मसात ...
रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

रामारोशन -६ मा एमालेको वडा कमिटीको बैठक सम्पन्न

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमाले रामारोशन गाउँपालिका-६ नम्बर वडा कमिटीको बैठक सम्पन्न भएको छ । फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन लक्ष्यित वडा कमिटीको बैठक भटाकाटियाँमा बुधबार सम्पन्न भएको छ । अछाम क्षेत्र नं-१ का एमाले उम्मेदवार दिपक साउँदलाई बहुमतले बिजय गराउ छलफल तथा जिम्मेवारी बाँडफाँड गर्न बैठकको आयोजना गरिएको जनाइएको छ । बैठकमा नजिकिँदै गरेको निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, मतदाता भेटघाट, प्रचारप्रसार र परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको थियो । बैठकले वडा कमिटी अध्यक्ष सुर्य साउँदको संयोजकत्वमा वडा स्तरीय २०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । त्यस्तै लक्ष्मण साउँदको संयोजकत्वमा नेशनल भोलेन्टियर फोर्स समिति गठन गरिएको छ । गठित समितिले उम्मेदवार दिपक लाई बिजय गराउन मतदाता संरक्षण,प्रचारप्रसार लगायतका कार्य गर्नेछन् । बैठकमा वक्ताहरूले दिपक...
अछामका दुवै क्षेत्रमा एमालेको जित सुनिश्चित : अध्यक्ष  कृष्णप्रसाद जैसी

अछामका दुवै क्षेत्रमा एमालेको जित सुनिश्चित : अध्यक्ष कृष्णप्रसाद जैसी

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले अछाम जिल्लाका दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित भएको दाबी गरेका छन्। रामारोशन गाउँपालिका- ६ मा आयोजित वडा कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष जैसीले जिल्लामा एमाले ठूलो, विश्वासिलो र जनपक्षीय पार्टी भएकाले जनताको समर्थन एमालेतर्फ रहेको बताए। उनका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट दिपक बहादुर साउँद र क्षेत्र नं. २ बाट यज्ञ बोकटी बहुमतसहित विजयी हुने निश्चित छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई उनले “देश जलाउने र देश बचाउनेबीचको प्रतिस्पर्धा” को संज्ञा दिए। एमाले देश बचाउने शक्ति भएकाले देशकै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै उनले भने, “एमालेले जिते मात्रै देश सुरक्षित रहन्छ।” जैसीले देशमा विदेशी शक्तिको चलखेल बढ्दै गएको भन्दै यसप्रति जनतालाई सचेत रहन आग्रह गरे। भदौ २३ र २४ गते भएको ...
देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

समाचार
  काठमाडौं । नेपालकै अग्रणी औषधि उद्योग देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले औषधि उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त परियोजनामा थप ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ। कम्पनीको ३५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा देउराली–जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने उक्त नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार परियोजना सम्पन्न भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुनेछ। देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो। हाल कम्पनीले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज