Advertisement

देउराली–जनताले भरतपुरमा ४७५ करोड लगानीमा अत्याधुनिक औषधि कारखाना स्थापना गर्ने

Advertisement

 

काठमाडौं । नेपालकै अग्रणी औषधि उद्योग देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले औषधि उत्पादन क्षमता विस्तार गर्ने उद्देश्यसहित चितवनको भरतपुरमा अत्याधुनिक नयाँ कारखाना स्थापना गर्ने निर्णय गरेको छ। कम्पनीले उक्त परियोजनामा थप ४७५ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ।

कम्पनीको ३५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा देउराली–जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने उक्त नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार परियोजना सम्पन्न भएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुनेछ।

देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो। हाल कम्पनीले क्याप्सुल, ट्याब्लेट, लिक्विड, ओइन्टमेन्ट, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ। अन्तर्राष्ट्रिय स्तरका WHO-GMP, ISO 9001 र ISO 14001 प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

कार्यक्रममा वितरण गरिएको प्रेस वक्तव्यअनुसार नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुने विश्वास लिइएको छ।

वक्तव्यमा उल्लेख भएअनुसार देउराली–जनता फार्मास्युटिकल्सले अत्याधुनिक प्रविधि प्रयोग गरी जीवनरक्षक तथा दीर्घ रोग उपचारमा आवश्यक पर्ने औषधिहरूको अनुसन्धान, उत्पादन र गुणस्तर परीक्षण गर्दै आएको छ। विश्वका विभिन्न मुलुकबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक तथा अन्य तहका करिब ६७५ जना कर्मचारीहरूको योगदानले देउराली–जनतालाई नेपाली औषधि उद्योगको विश्वसनीय नामका रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ।

३५ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले विगतका अनुभवलाई आत्मसात गर्दै औषधिको गुणात्मक स्तर वृद्धि गरी औषधि उत्पादन क्षेत्रमा राष्ट्रलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। देउराली–जनता अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय औषधि उत्पादन गर्ने नेपालकै पहिलो उद्योगका रूपमा परिचित रहेको पनि वक्तव्यमा उल्लेख छ।

कम्पनीले कुशल संस्थागत व्यवस्थापन, प्रशासनिक पारदर्शिता, सामाजिक उत्तरदायित्व तथा अन्तर्राष्ट्रिय स्तरको उत्पादन प्रणालीलाई प्राथमिकतामा राख्दै विज्ञानमा आधारित गुणस्तरीय औषधि उत्पादनलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

नयाँ परियोजना सफल बनाउन देउराली–जनताले नेपाल सरकार, सम्बन्धित निकाय, चिकित्सक, औषधि व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाको सहयोग र सहकार्यको अपेक्षा गरेको छ। कम्पनीले आगामी दिनमा पनि जनस्वास्थ्यको क्षेत्रमा नवीन प्रविधि र उच्च गुणस्तरका औषधि उत्पादनमार्फत अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

मिति: २०८२ माघ २० गते, मंगलबार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज