Advertisement

सोचेभन्दा बढी माया पाएँ : नयाँ नेतृत्वका लागि जनताको भरोसा बढ्दो: एमाले उपाध्यक्ष तिलक कुँवर

Advertisement

अछाम- एमाले अछाम जिल्ला पार्टी उपाध्यक्ष तिलक कुँवरले चुनावी घरदैलोका क्रममा जनताबाट सोचेभन्दा बढी माया पाएको बताएका छन् ।
जिल्लाको रामारोशन गाउँपालिका-७ सुतारमा घरदैलो कार्यक्रममा बोल्दै उनलेे यस्तो बताएका हुन् ।

कुँवरले विगत २० वर्षदेखि निरन्तर जित्दै आएका नेताहरू जनअपेक्षित काम गर्न असफल भएको आरोप लगाए ।
उनले भने,“बारम्बार जित्दै आएका नेताहरू जनताको दुःख, पीडा र मागको पक्षमा उभिएको देखिएन । जनभावनामा लात हान्दै हिँडेकाहरूलाई होइन, अब नयाँ उम्मेदवारलाई अवसर दिनुपर्ने समय आएको छ ।”
कुँवरले अछाम क्षेत्र नं. १ का एमाले उम्मेदवार दिपक साउँद कुनै पदमा नहुँदा पनि जिल्लाको शिक्षा, स्वास्थ्य, खेलकुद र सडक सञ्जाल विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।
“पदमा नभएर पनि जिल्लाका लागि काम गर्ने नेता नै आजको आवश्यकता हो,” भन्दै उनले साउँदको कार्यसम्पादनको खुलेर प्रशंसा गरे ।
उनले उपस्थित जनसमुदायसँग सूर्य चिन्हमा भोट हालेर दिपक साउँदलाई विजयी गराउन अपिल गर्दै, एमालेको जित सुनिश्चित भएको दाबी गरे ।
घरदैलो कार्यक्रममा स्थानीयको उल्लेखनीय सहभागिता रहेको जनाउँदै कुँवरले भने,
“जनता एमाले र दिपक साउँदप्रति सकारात्मक छन् । अब हाम्रो जितलाई कसैले रोक्न सक्दैन।
त्यस्तै कुँवरले झुटो प्रचारप्रसार लिएर तिनै जनअपेक्षित कार्य नगर्ने मान्छे आउने हुँदा नागरिकलाई सजग रहन आग्रह समेत गरेका छन्।
कार्यक्रममा जनसमुदायको उत्साह र समर्थनले चुनावी माहोल थप तातेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज