Advertisement

Author: कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । दुबईमा आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए । भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।...
बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी  १३  बर्षीया लिला साउँद आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार आईतबार साँझ लिलाको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी उदयदेव माध्यमिक विद्यालय पालिगाडामा कक्षा ८ मा अध्ययनरत थिइन् ।। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज सभापति देउवा सहित काँग्रेसका नेताहरू सुदूरपश्चिम आउँदै

आज सभापति देउवा सहित काँग्रेसका नेताहरू सुदूरपश्चिम आउँदै

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम आउने भएका छन। काँग्रेसको प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवा सुदूरपश्चिम आउन लागेका हुन। काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि आज बिहान ९ः३० बजे देउवा धनगढी विमानस्थलमा पुग्ने छन्। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सोमवार बिहान सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको जानकारी दिए । धनगढी उपमहानगरपालिका–४ सहिद गेट नजिक रहेको सौराई पार्टी प्यालेसमा काँग्रेसको प्रदेश सम्मेलन हुँदैछ। पार्टी सभापति देउवाले मङ्गलवार प्रशिक्षक प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गर्ने छन्।...
बाजुरामा ट्याक्टर दुर्घटना , बुबाको मृत्युु छोरा घाइते

बाजुरामा ट्याक्टर दुर्घटना , बुबाको मृत्युु छोरा घाइते

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा चालक बुढिगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो । डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर खप्तड छेडेदह गाउँपालिका–५ को चिराल्ना कच्ची सडक खण्डको ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रावतको ट्याक्टरको ट्राली मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।...
आज दुई प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना

आज दुई प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।...
काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना

काठमाडौं महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ। सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना तोकेको हो । महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ । निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरी...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा, कप्तानीमा जोशी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिमको टोली घोषणा, कप्तानीमा जोशी

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुनिल चन्द, सौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन विक छन्। वैकल्पिक खेलाडीमा वसन्त खत्री, हिक्मत महरा, सचिन भट्ट र गजेन्द्र भण्डारी छन्। प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट र ट्रेनरमा साजन गौतम छन्। प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा हुँदैछ। रासस...
कैलालीमा मोटरसाइकल आपसमा ठोकिँए , एक जनाको मृत्यु

कैलालीमा मोटरसाइकल आपसमा ठोकिँए , एक जनाको मृत्यु

Breaking News 1, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका-१४ स्याउले बजारमा मोटरसाइकल आपसमा ठोक्किँदा कैलारी गाउँपालिका-६ का ४० वर्षीय रुपलाल चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। से २ प ३५९० नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१-००१ प १४१९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा २ जना भाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-७ पटेला बस्ने ३४ वर्षीय पञ्चराम चौधरी र मोटरसाइकल पछाडी सवार उनकी श्रीमती ३० वर्षीया हसिना चौधरी रहेका छन्। घाइते दुबै जनाको नोभा असपताल धनगढी कैलालीमा उपचार भईरहेको जनाएको छ। सोही स्थनमा से २ प ७७४९ नम्बरको म...
परिवर्तनको मोड

परिवर्तनको मोड

ताजा अपडेट, मनोरञ्जन, विचार
दिपेन्द्र धामी,बझाङ - जीवन आफैंमा एउटा चुनौतीपूर्ण यात्रा हो। सुख-दुःख, सफलता-असफलता, र निरन्तर परिवर्तनको क्रमले नै जीवनलाई गहकिलो बनाउँछ। जीवनको नयाँ अध्याय प्रारम्भ गर्दै गर्दा, यस यात्रामा आइपरेका विभिन्न कठिनाइहरू, भोगाइहरू, र सिकाइहरूले भविष्यलाई अझ परिपक्व बनाउनेछन्। यो यात्रा सधैं सहज थिएन। किशोर अवस्थादेखि नै विभिन्न सामाजिक, मानसिक, र भावनात्मक संघर्षहरूसँग जुध्नुपर्‍यो। जीवन कहिले आकाशजस्तो अग्लो लाग्थ्यो, कहिले धर्तीमा पछारिएको महसुस हुन्थ्यो। तर ती सबै भोगाइहरू नै मेरो परिवर्तनको जग बन्न पुगे। किशोरावस्था जीवनको संवेदनशील काल हो। यहि समयमा आत्मपहिचान खोज्ने प्रयास हुन्छ। यौनजन्य जिज्ञासा, सामाजिक दबाब, र व्यक्तिगत आकांक्षाहरूको संगमले जीवनलाई अझ चुनौतीपूर्ण बनाउँछ। समाजको आशा र आफ्नो चाहनाबीचको द्वन्द्व, परम्परागत मूल्य र आधुनिक सोचबीचको टकरावले कतिपय निर्णयहरू प्रभाव पा...
रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

रुसद्वारा युक्रेनमा आक्रमण, २५ जनाको मृत्यु

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- रुसले युक्रेनमा आक्रमण गरेको छ । आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु भएको जनाइएको छ, भने ३० जनाभन्दा बढी घाइते भएका छन् । युक्रेनले शुक्रबार राति दोनेत्स्क र खारकिब क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणबाट आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको थियो । बिहीबार राति पनि रुसले आक्रमण गर्दा पाँच जनाको ज्यान गएको थियो । बीबीसीका अनुसार शुक्रबार राति रुसले ब्यालेस्टिक मिसाइलबाट आक्रमण गर्दा दोनेत्स्क क्षेत्रमा मात्रै ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणबाट भवनहरुमा आगो लागेको भिडियो सार्वजनिक भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा प्रतिबन्ध र शुल्क वृद्धिबारे सोचिरहेको अभिव्यक्ति दिएलगत्तै रुसले यो आक्रमण गरेको हो ।...
सुदूरपश्चिमका दुई जिल्लामा भूकम्पीय पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइ

सुदूरपश्चिमका दुई जिल्लामा भूकम्पीय पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइ

Breaking News 1, अछाम, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार
धनगढी- सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा भूकम्पीय पुनर्निर्माण तथा पुनःर्स्थापना आयोजना कार्यान्वयन इकाईको उद्घाटन गरिएको छ । भूकम्प गएको डेढ वर्षपछि बझाङ र अछाममा भूकम्पीय पुनर्निर्माण तथा पुनः स्थापना आयोजना इकाई स्थापना गरिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थापना गरेका एकाइको गृहमन्त्री रमेश लेखकले शुक्रबार बझाङमा र सनिवार अछाममा उद्घाटन गरेका छन् । उनले भूकम्पबाट प्रभावित भएकालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले एकाइ स्थापना भएको बताए ।  नव स्थापित एकाइमार्फत पीडितलाई आवास निर्माण तथा मर्मत सम्भारका काम गरिने जनाइएको छ । भूकम्पीय पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइ बझाङको जयपृथ्वी नगरपालिका–९ देवलमा र अछामको जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरिएको छ । इकाई कार्यालयमा प्रमुख र प्राविधिकसहित चार जना कर्मचारी रहने जनाइएको छ । पुनः...
प्रधानमन्त्री ओली, सुदूरपश्चिम आउँदै भोलि

प्रधानमन्त्री ओली, सुदूरपश्चिम आउँदै भोलि

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश आउने भएका छन्। ओली आइतबार (भोली) सुदूरपश्चिम आउने भएका हुन् । सो क्रममा उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। आइतवार दिउँसो १ बजे सभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा पनि नेकपाको सरकार भएको बेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओलीले आइतबार नै सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुने कार्यक्रम छ। विश्वविद्यालयबाट एक हजार तीन सय ७७ जना दिक्षित हुनेछन् । त्यस्तै उनलेे आइतबार नै धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न भएको सिटी हलको उद्धाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज