धनगढी- बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।
जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी १३ बर्षीया लिला साउँद आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार आईतबार साँझ लिलाको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो ।
उनी उदयदेव माध्यमिक विद्यालय पालिगाडामा कक्षा ८ मा अध्ययनरत थिइन् ।। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

